Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

सुरक्षाको प्रमाण दिनेअनौठो तरिका: यो चिनियाँ कम्पनीले कारलाई भीरबाट खसाल्यो

Share:WhatsAppFacebookX (Twitter)Telegram
सुरक्षाको प्रमाण दिनेअनौठो तरिका: यो चिनियाँ कम्पनीले कारलाई भीरबाट खसाल्यो
Photo / Coverage: टेक्नोलोजी खबर

सन् २०२६ नोभेम्बरको सुरुवातमा बीवाईडीले आफ्नो यू९ एक्सट्रिम मोडलमार्फत उत्पादन कारको गति रेकर्ड तोडेर ध्यान आकर्षित गरेको थियो। करिब ३ हजार हर्सपावर क्षमताको उक्त कारले प्रतिघण्टा ५०३.१७ किलोमिटरको गति हासिल गरेको थियो। अहिले अर्को चिनियाँ कम्पनी जिलीले आफ्नो नयाँ लिन्क एन्ड कम्पनी ०७ जीटी मोडलको प्रचारका लागि त्यस्तै चकित पार्ने तरिका अपनाएको छ। कम्पनीले कारको टिकाउपन र सुरक्षा प्रमाणित गर्ने भन्दै उक्त कारलाई भीरबाट खसाएको छ। टेलिग्राफका अनुसार चीनको झाङजियाकोउमा उत्पादन भइसकेको कार प्रयोग गरेर यो असामान्य दुर्घटना परीक्षण गरिएको थियो। सार्वजनिक भिडियोमा कारलाई प्रतिघण्टा ७० किलोमिटरको गतिमा र्‍याम्पबाट उफारिएको देखिन्छ। त्यसपछि कार भीरको किनार नाघेर हावामा उड्दै अगाडिको भागले जमिनमा बजारिन्छ। जमिनमा ठोक्किएपछि कार उफ्रिँदै र पटक–पटक घुम्दै अन्ततः आफ्नै पाङ्ग्रामा अडिएर रोकिन्छ। भिडियोको अन्त्यमा कारका चारवटै ढोका कुनै समस्या बिना खुल्छन्। साइडका सिसा र अगाडिको विन्डसिल्ड पनि सुरक्षित देखिन्छन्। कारको सिसाको छत भने चर्किएको छ, तर भत्किएको छैन। जिलीले दुर्घटनापछि साइड एयरब्यागमा छ सेकेन्डभन्दा बढी समयसम्म हावाको चाप कायम रहेको पनि जनाएको छ। यद्यपि, यो परीक्षणले यस्तै दुर्घटना हुँदा लिन्क एन्ड कम्पनी ०७ जीटीका सबै कारले उस्तै प्रतिक्रिया दिन्छन् भन्ने सुनिश्चित गर्दैन। यसका साथै, यो मोडलको स्वतन्त्र निकायबाट दुर्घटना सुरक्षा परीक्षणसमेत भइसकेको छैन। The post सुरक्षाको प्रमाण दिनेअनौठो तरिका: यो चिनियाँ कम्पनीले कारलाई भीरबाट खसाल्यो appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
पोखरामा शाओमीले ल्यायो स्मार्ट होमअप्लायन्सेस सहितको अपग्रेडेड एक्सक्लुसिभ स्टोर
TechnologyJust now

पोखरामा शाओमीले ल्यायो स्मार्ट होमअप्लायन्सेस सहितको अपग्रेडेड एक्सक्लुसिभ स्टोर

शाओमीले पोखरामा आफ्नो पहिलो एक्सक्लुसिभ स्टोर सञ्चालनमा ल्याएको छ। नेपालमा आफ्नो बजार तथा सेवा विस्तार गर्ने उद्देश्यले खोलिएको उक्त स्टोर टेलिडाइरेक्ट प्राइभेट लिमिटेडले सञ्चालनमा ल्याएको हो। स्टोरमा शाओमीका स्मार्टफोन, विभिन्न एसेसरिज, स्मार्ट टिभी, भान्सामा प्रयोग हुने विद्युतीय उपकरण, व्यक्तिगत स्याहारका सामग्री, हावा शुद्धीकरण गर्ने उपकरण, मनिटरलगायत स्मार्ट होमसम्बन्धी विभिन्न उत्पादन उपलब्ध छन्। स्मार्टफोन खरिदमा मात्र सीमित नभई ग्राहकलाई शाओमीका विभिन्न प्रविधि र ...

टेक्नोलोजी खबर
कागजको एआई गभर्नेन्सबाट कार्यान्वयनको एआई गभर्नेन्सतर्फ: एउटै कन्ट्रोल सेट, ९० भन्दा बढी आधिकारिक स्रोतहरू
TechnologyJust now

कागजको एआई गभर्नेन्सबाट कार्यान्वयनको एआई गभर्नेन्सतर्फ: एउटै कन्ट्रोल सेट, ९० भन्दा बढी आधिकारिक स्रोतहरू

कृत्रिम बौद्धिकता (एआई) साधारण च्याटबटबाट अगाडि बढ्दै आफैँ निर्णय लिन र कार्य सम्पादन गर्न सक्ने ‘एजेन्टिक एआई’ युगमा प्रवेश गरेसँगै दक्षिण एसियाली संस्थाहरूमा कागजी नीति र वास्तविक सुरक्षा कार्यान्वयनबीचको खाडल चुनौतीका रूपमा देखिएको छ। यही चुनौतीलाई सम्बोधन गर्दै ईसी-काउन्सिल र दक्षिण एसिया क्षेत्रको समर्पित साइबर सुरक्षा कम्पनी वान कभर प्रा.लि.ले संस्थाहरूलाई कागजको एआई गभर्नेन्सबाट कार्यान्वयनको एआई गभर्नेन्सतर्फ लैजान रणनीतिक पहल सुरु ...

टेक्नोलोजी खबर
एआई जोखिम नियन्त्रण गर्न अन्तर्राष्ट्रिय ढाँचा बनाउन गुटेरेसको आह्वान
TechnologyJust now

एआई जोखिम नियन्त्रण गर्न अन्तर्राष्ट्रिय ढाँचा बनाउन गुटेरेसको आह्वान

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को बढ्दो जोखिम व्यवस्थापन गर्न स्वतन्त्र र विश्वसनीय निगरानीसहितको अन्तर्राष्ट्रिय ढाँचा निर्माण गर्न आह्वान गरेका छन्। उनले एआई प्रणालीको सुरक्षा मूल्याङ्कन तथा यसको सुरक्षित र जिम्मेवार प्रयोग सुनिश्चित गर्न अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताए। बार्बाडोसको राजधानी ब्रिजटाउनमा आयोजित एआई सुरक्षा सम्बन्धी विशेष शिखर सम्मेलनमा बोल्दै महासचिव गुटेरेसले एआईले स्वास्थ्य, शिक्षा र वैज्ञानिक अनुसन्धानका ...

टेक्नोलोजी खबर
१३औँ क्रिएटिभ अवार्डका निर्णायक मण्डल गठन, एआई विज्ञ पनि समेटिए
TechnologyJust now

१३औँ क्रिएटिभ अवार्डका निर्णायक मण्डल गठन, एआई विज्ञ पनि समेटिए

नेपाल विज्ञापन संघ (आन) ले रेड बुल १३औँ क्रिएटिभ अवार्ड २०८३ का लागि निर्णायक मण्डल गठन गरेको छ। विज्ञापन, बजार व्यवस्थापन, डिजिटल मार्केटिङलगायत विभिन्न क्षेत्रका विज्ञहरू समेटेर निर्णायक मण्डल गठन गरिएको संघले जनाएको छ। संघका अनुसार निर्णायक मण्डलको अध्यक्षमा प्रा. डा. विजय कुमारी केसी तथा बाह्य निर्णायकका रूपमा रविन्द्रमान श्रेष्ठ र भारती सिग्देल निरौला रहेका छन्। यस वर्षको क्रिएटिभ अवार्डका लागि विज्ञापन, ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement