Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

१३औँ क्रिएटिभ अवार्डका निर्णायक मण्डल गठन, एआई विज्ञ पनि समेटिए

Share:WhatsAppFacebookX (Twitter)Telegram
१३औँ क्रिएटिभ अवार्डका निर्णायक मण्डल गठन, एआई विज्ञ पनि समेटिए
Photo / Coverage: टेक्नोलोजी खबर

नेपाल विज्ञापन संघ (आन) ले रेड बुल १३औँ क्रिएटिभ अवार्ड २०८३ का लागि निर्णायक मण्डल गठन गरेको छ। विज्ञापन, बजार व्यवस्थापन, डिजिटल मार्केटिङलगायत विभिन्न क्षेत्रका विज्ञहरू समेटेर निर्णायक मण्डल गठन गरिएको संघले जनाएको छ। संघका अनुसार निर्णायक मण्डलको अध्यक्षमा प्रा. डा. विजय कुमारी केसी तथा बाह्य निर्णायकका रूपमा रविन्द्रमान श्रेष्ठ र भारती सिग्देल निरौला रहेका छन्। यस वर्षको क्रिएटिभ अवार्डका लागि विज्ञापन, बजार व्यवस्थापन, डिजिटल मार्केटिङ र बजार सञ्चारका विभिन्न विधाका विज्ञहरू निर्णायक मण्डलमा समावेश गरिएको छ। त्यसैगरी संगीत, कला तथा साहित्य, ग्राफिक डिजाइन, डिजिटल प्रविधि र वर्तमान समयको उदाउँदो विषय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) लगायत सिर्जनात्मक तथा प्राविधिक क्षेत्रका व्यक्तित्वहरूलाई पनि निर्णायक मण्डलमा समेटिएको छ। आनको कार्यसमितिको कार्यादेशअनुसार सम्बन्धित विधामा पुर्‍याएको योगदान र विज्ञताका आधारमा निर्णायकहरू छनोट गरिएको विज्ञप्तिमा उल्लेख छ। उनीहरूले अवार्डका लागि प्राप्त मनोनयनहरूको मूल्यांकन गर्नेछन्। अवार्डलाई मर्यादित, निष्पक्ष, विश्वसनीय र प्रभावमुक्त बनाउन निर्णायक छनोट प्रक्रिया कार्यसमितिको निर्णय प्रक्रियाभन्दा पूर्ण रूपमा अलग राखिएको संघले जनाएको छ। निर्णायक छनोट तथा मूल्यांकन प्रक्रियामा कार्यसमितिका कुनै पनि पदाधिकारी वा सदस्यको संलग्नता नरहेको पनि विज्ञप्तिमा स्पष्ट पारिएको छ। The post १३औँ क्रिएटिभ अवार्डका निर्णायक मण्डल गठन, एआई विज्ञ पनि समेटिए appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
सिनेमा क्यामरा निर्माता एरिसँग अनरको सहकार्य, म्याजिक ९ प्रो म्याक्स सार्वजनिक
TechnologyJust now

सिनेमा क्यामरा निर्माता एरिसँग अनरको सहकार्य, म्याजिक ९ प्रो म्याक्स सार्वजनिक

अनरको नयाँ स्मार्टफोन सार्वजनिक हुँदा त्यसले हलिउडसँग आफ्नो सम्बन्ध देखाउने प्रयास गर्नु सामान्यजस्तै बनेको छ। नयाँ म्याजिक ९ प्रो म्याक्स सार्वजनिक गर्दै चिनियाँ कम्पनी अनरले फेरि एकपटक मोबाइल सिनेमाटोग्राफीको परिभाषा बदल्ने दाबी गरेको छ। एरिसँगको सहकार्यबाट लाभ लिने यो अनरको पहिलो वास्तविक फ्ल्यागसिप फोन हो। यसअघि रोबोट फोनले मात्रै यस्तो सहकार्यको लाभ पाएको थियो। जर्मनीको एरि कम्पनीले एलेक्सा सिनेमा क्यामेरा निर्माण ...

टेक्नोलोजी खबर
एनभिडियामा जेन्सेन हुआङको पुनरागमनले एआई क्षेत्रमा के प्रमाणित गर्यो?
TechnologyJust now

एनभिडियामा जेन्सेन हुआङको पुनरागमनले एआई क्षेत्रमा के प्रमाणित गर्यो?

चिनियाँ जासुस भएको आरोप लागेकी महिलासँगको सम्बन्धसहित विवाहबाहिरका सम्बन्ध सार्वजनिक भएपछि प्रमुख कार्यकारी अधिकृत पदबाट राजीनामा दिएका जेन्सेन हुआङ दुई साताभन्दा कम समयमै सोमबार एनभिडियाको क्यालिफोर्नियास्थित सान्ता क्लाराको मुख्यालयमा पुनः फर्किएका छन्। आफ्नो पहिचान बनेको कालो छालाको ज्याकेट लगाएका ६३ वर्षीय हुआङले मुख्यालयको एट्रियममा भेला भएका र माथिल्ला तलाका बाल्कोनीमा उभिएका कर्मचारीको स्वागतमा मुस्कुराउँदै छातीमा हात राखेर अभिवादन गरे। रोयटर्सका अनुसार हुआङको ...

टेक्नोलोजी खबर
बुटवल बहुमुखी क्याम्पसलाई राष्ट्रिय ह्याकाथनको उपाधि
TechnologyJust now

बुटवल बहुमुखी क्याम्पसलाई राष्ट्रिय ह्याकाथनको उपाधि

काठमाडौं । राष्ट्रिय ह्याकाथन प्रतियोगिताको उपाधि बुटवल बहुमुखी क्याम्पसको सीएसआईटी एबीएमसी टिमले जितेको छ । सुदूरपश्चिम विश्वविद्यालयमा आयोजित प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उक्त टोलीले उपाधिसहित ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको हो ।प्रतियोगितामा काठमाडौं विश्वविद्यालय, स्कुल अफ साइन्सको ‘द मर्ज कन्फ्लिक्ट’ टिम दोस्रो भएको छ । दोस्रो स्थान हासिल गरेको उक्त टोलीले २५ हजार रुपैयाँ पुरस्कार पाएको छ । ...

आइसिटी समाचार
न उमेर बाधक बन्यो, न भूगोल : १७ वर्षीय हिमालले जर्मनीमा बेचे सफ्टवेयर
TechnologyJust now

न उमेर बाधक बन्यो, न भूगोल : १७ वर्षीय हिमालले जर्मनीमा बेचे सफ्टवेयर

काठमाडौं । दार्चुलाका १७ वर्षीय युवा हिमाल बडुले आफूले विकास गरेको सफ्टवेयर जर्मनीको एक कम्पनीलाई एक लाख अमेरिकी डलरमा बिक्री गरेका छन् । कलिलो उमेरमै अन्तर्राष्ट्रिय बजारमा आफ्नो प्राविधिक सीप र क्षमता प्रमाणित गरेका बडु अब कृत्रिम बौद्धिकता (एआई) को क्षेत्रमा नयाँ यात्रा सुरु गर्ने तयारीमा छन् ।विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले सामाजिक सञ्जालमार्फत बडुको यो उपलब्धिबारे जानकारी ...

आइसिटी समाचार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement