Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

सिनेमा क्यामरा निर्माता एरिसँग अनरको सहकार्य, म्याजिक ९ प्रो म्याक्स सार्वजनिक

Share:WhatsAppFacebookX (Twitter)Telegram
सिनेमा क्यामरा निर्माता एरिसँग अनरको सहकार्य, म्याजिक ९ प्रो म्याक्स सार्वजनिक
Photo / Coverage: टेक्नोलोजी खबर

अनरको नयाँ स्मार्टफोन सार्वजनिक हुँदा त्यसले हलिउडसँग आफ्नो सम्बन्ध देखाउने प्रयास गर्नु सामान्यजस्तै बनेको छ। नयाँ म्याजिक ९ प्रो म्याक्स सार्वजनिक गर्दै चिनियाँ कम्पनी अनरले फेरि एकपटक मोबाइल सिनेमाटोग्राफीको परिभाषा बदल्ने दाबी गरेको छ। एरिसँगको सहकार्यबाट लाभ लिने यो अनरको पहिलो वास्तविक फ्ल्यागसिप फोन हो। यसअघि रोबोट फोनले मात्रै यस्तो सहकार्यको लाभ पाएको थियो। जर्मनीको एरि कम्पनीले एलेक्सा सिनेमा क्यामेरा निर्माण गर्छ। यस क्यामेराबाट छायाङ्कन गरिएका कम्तीमा छवटा चलचित्रले छायाङ्कन विधातर्फ एकेडेमी अवार्ड जितेका छन्। त्यसैले तपाईंले खिचेको इन्स्टाग्राम रिल्सले कम्तीमा अवार्डको मनोनयनमा स्थान पाएन भने त्यसको दोष क्यामेराको हार्डवेयरलाई दिनुपर्ने छैन। म्याजिक ९ प्रो म्याक्स अनरको पहिलो फ्ल्यागसिप फोन हो, जसमा कम्पनीले यसअघि कम मूल्यका एन सिरिजका मोडलमा प्रयोग गरेको नयाँ औद्योगिक डिजाइन अपनाएको छ। यसमा नयाँ क्यामेरा प्लेटो र फ्रेम वरिपरि फरक रङको कन्ट्रास्टसहितको पछाडिको प्यानल राखिएको छ। इन्ग्याजेटका अनुसार त्यस्तै ‘प्रो म्याक्स’ नाम पाउने यो अनरको पहिलो फ्ल्यागसिप फोन हो। मोबाइल उद्योगका अन्य कम्पनीले यो नाम प्रयोग गरेको खासै देखिएको छैन। तर यसको नाम यति आकर्षक छ कि अन्य कम्पनीले पनि यसलाई पछ्याउन सक्छन्। फोनभित्र स्न्यापड्रागन ८ एलिट एक्स्ट्रिम जेन ६ सिस्टम अन चिप राखिएको छ। यसमा १२ जीबी वा १६ जीबी र्‍याम तथा २५६ जीबी, ५१२ जीबी वा १ टीबी स्टोरेजको विकल्प उपलब्ध छ। फोनको अगाडिपट्टि ६.८ इन्चको २,८६८ × १,३२० पिक्सेल रिजोल्युसनयुक्त एलटीपीओ ओएलईडी डिस्प्ले छ। यसले १ देखि १२० हर्जसम्मको रिफ्रेस रेट र अधिकतम १० हजार निट्स ब्राइटनेस प्रदान गर्छ। यसमा ८,००० एमएएच क्षमताको ब्याट्री राखिएको छ, जसले १०० वाटसम्मको तारयुक्त र ८० वाटसम्मको वायरलेस चार्जिङ समर्थन गर्छ। अन्य सुविधामा वाइफाइ ७, दुईवटा सिम कार्ड र एउटा ई-सिम प्रयोग गर्न मिल्ने व्यवस्था तथा ५५ मेगापिक्सेलको फ्रन्ट क्यामेरा छन्। तर यी सबै विशेषता फोनको मुख्य आकर्षण अर्थात् पछाडिपट्टि रहेको एरिफ्लेक्सबाट प्रेरित तीनवटा क्यामेराको तुलनामा सहायक पक्ष मात्रै हुन्। यसमा एफ/१.५७ अपर्चर र अप्टिकल इमेज स्ट्याबिलाइजेसन (ओआईएस) सहितको २०० मेगापिक्सेल मुख्य क्यामेरा, एफ/२.६ अपर्चर र ओआईएससहितको २०० मेगापिक्सेल टेलिफोटो क्यामेरा तथा एफ/२.० अपर्चरको ५० मेगापिक्सेल अल्ट्रा-वाइड क्यामेरा छन्। अनरका अनुसार मुख्य क्यामेरामा ‘गिम्बल’ स्तरको अप्टिकल स्ट्याबिलाइजेसन सुविधा छ। यसले फोन जुनसुकै अवस्थामा राखेर खिच्दा पनि भिडियो र तस्बिरलाई सकेसम्म स्थिर राख्न सहयोग गर्छ। यी सबै मेगापिक्सेल क्षमताको उपयोग गर्न अनरले पहिलोपटक आफ्नै इमेजिङ प्रोसेसर एच१ सार्वजनिक गरेको छ। साथै, कम्पनीले एरिसँगको सहकार्यबाट प्राप्त प्रविधिगत अनुभव पनि प्रयोग गरेको छ। अनरका अनुसार म्याजिक ९ प्रो म्याक्समा सुरुदेखि अन्त्यसम्म सिनेमाटिक कार्यप्रवाह अपनाइएको छ। यसबाट एरिकै लग फर्म्याट लगसी३ मा उच्च गुणस्तरको भिडियो खिच्न सकिन्छ। यो एरिले विकास गरेको लग फर्म्याट हो। भिडियोमा प्रयोग गर्न एरिले तयार पारेका विभिन्न फिल्टर र कलर प्रोफाइल पनि उपलब्ध छन्। भिडियोमा प्रयोग गर्न ८७ वटासम्म एरि लुक्समध्ये छनोट गर्न सकिन्छ। यसमा २.३९:१ जस्ता सिनेमाका आस्पेक्ट रेसियोमा समेत भिडियो खिच्न सकिने सुविधा छ। यस क्षेत्रमा आफ्नो क्षमता थप विस्तार गर्न अनरले स्मलरिगसँगको सहकार्यमा विभिन्न एसेसरिज पनि सार्वजनिक गर्दैछ। फोनमा स्मलरिग क्यामेरा केज जडान गरेपछि अनर ब्रान्डका टेलिकन्भर्टर जी२०० वा टेलिकन्भर्टर जी५०० जोड्न सकिन्छ। यी उपकरणले फोनको फोकल लेन्थ क्रमशः २०० मिलिमिटर वा ५०० मिलिमिटरसम्म बढाउँछन्। यसबाट कृत्रिम बुद्धिमतामा आधारित इमेजिङ प्रविधिको सहायताले पनि खिच्न कठिन हुने टाढाका दृश्य खिच्न सकिन्छ। अनर म्याजिक ९ प्रो म्याक्स मलेसियामा पहिलोपटक सार्वजनिक भएको छ। १२ जीबी र्‍याम र ५१२ जीबी स्टोरेज भएको मोडलको मूल्य ५ हजार ९९९ मलेसियन रिंगिट (करिब १ हजार ४५५ अमेरिकी डलर) तोकिएको छ। यो फोन अर्को महिना मध्यपूर्वका बजारमा उपलब्ध हुनेछ भने जनवरी महिनामा पहिलोपटक पश्चिमी बजारमा सार्वजनिक गरिनेछ। The post सिनेमा क्यामरा निर्माता एरिसँग अनरको सहकार्य, म्याजिक ९ प्रो म्याक्स सार्वजनिक appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
एनभिडियामा जेन्सेन हुआङको पुनरागमनले एआई क्षेत्रमा के प्रमाणित गर्यो?
TechnologyJust now

एनभिडियामा जेन्सेन हुआङको पुनरागमनले एआई क्षेत्रमा के प्रमाणित गर्यो?

चिनियाँ जासुस भएको आरोप लागेकी महिलासँगको सम्बन्धसहित विवाहबाहिरका सम्बन्ध सार्वजनिक भएपछि प्रमुख कार्यकारी अधिकृत पदबाट राजीनामा दिएका जेन्सेन हुआङ दुई साताभन्दा कम समयमै सोमबार एनभिडियाको क्यालिफोर्नियास्थित सान्ता क्लाराको मुख्यालयमा पुनः फर्किएका छन्। आफ्नो पहिचान बनेको कालो छालाको ज्याकेट लगाएका ६३ वर्षीय हुआङले मुख्यालयको एट्रियममा भेला भएका र माथिल्ला तलाका बाल्कोनीमा उभिएका कर्मचारीको स्वागतमा मुस्कुराउँदै छातीमा हात राखेर अभिवादन गरे। रोयटर्सका अनुसार हुआङको ...

टेक्नोलोजी खबर
बुटवल बहुमुखी क्याम्पसलाई राष्ट्रिय ह्याकाथनको उपाधि
TechnologyJust now

बुटवल बहुमुखी क्याम्पसलाई राष्ट्रिय ह्याकाथनको उपाधि

काठमाडौं । राष्ट्रिय ह्याकाथन प्रतियोगिताको उपाधि बुटवल बहुमुखी क्याम्पसको सीएसआईटी एबीएमसी टिमले जितेको छ । सुदूरपश्चिम विश्वविद्यालयमा आयोजित प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उक्त टोलीले उपाधिसहित ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको हो ।प्रतियोगितामा काठमाडौं विश्वविद्यालय, स्कुल अफ साइन्सको ‘द मर्ज कन्फ्लिक्ट’ टिम दोस्रो भएको छ । दोस्रो स्थान हासिल गरेको उक्त टोलीले २५ हजार रुपैयाँ पुरस्कार पाएको छ । ...

आइसिटी समाचार
न उमेर बाधक बन्यो, न भूगोल : १७ वर्षीय हिमालले जर्मनीमा बेचे सफ्टवेयर
TechnologyJust now

न उमेर बाधक बन्यो, न भूगोल : १७ वर्षीय हिमालले जर्मनीमा बेचे सफ्टवेयर

काठमाडौं । दार्चुलाका १७ वर्षीय युवा हिमाल बडुले आफूले विकास गरेको सफ्टवेयर जर्मनीको एक कम्पनीलाई एक लाख अमेरिकी डलरमा बिक्री गरेका छन् । कलिलो उमेरमै अन्तर्राष्ट्रिय बजारमा आफ्नो प्राविधिक सीप र क्षमता प्रमाणित गरेका बडु अब कृत्रिम बौद्धिकता (एआई) को क्षेत्रमा नयाँ यात्रा सुरु गर्ने तयारीमा छन् ।विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले सामाजिक सञ्जालमार्फत बडुको यो उपलब्धिबारे जानकारी ...

आइसिटी समाचार
टिकटकद्वारा फ्यामिली पेयरिङको नयाँ स्वरूप सार्वजनिक
TechnologyJust now

टिकटकद्वारा फ्यामिली पेयरिङको नयाँ स्वरूप सार्वजनिक

टिकटकले आफ्नो फ्यामिली पेयरिङ सुविधालाई नयाँ स्वरूपमा सार्वजनिक गरेको छ। यसमा थपिएका नयाँ फिचरले टिन्स (किशोरकिशोरी)ले यो प्लेटफर्म कसरी प्रयोग गरिरहेका छन् भन्नेबारे अभिभावकलाई थप जानकारी उपलब्ध गराउनेछ। यो नयाँ फिचर किशोरकिशोरीका लागि टिकटकले यसअघि नै लागू गरेका सुरक्षा उपायहरूको निरन्तरता हो। टिकटकका अनुसार, नयाँ स्वरूपको फ्यामिली पेयरिङ ड्यासबोर्डमा चार प्रमुख विषयसँग सम्बन्धित जानकारी एकै ठाउँमा उपलब्ध हुनेछ। यसमा स्क्रिन टाइम, अनलाइन ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement