Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

एआई जोखिम नियन्त्रण गर्न अन्तर्राष्ट्रिय ढाँचा बनाउन गुटेरेसको आह्वान

Share:WhatsAppFacebookX (Twitter)Telegram
एआई जोखिम नियन्त्रण गर्न अन्तर्राष्ट्रिय ढाँचा बनाउन गुटेरेसको आह्वान
Photo / Coverage: टेक्नोलोजी खबर

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले कृत्रिम बौद्धिकता (एआई) को बढ्दो जोखिम व्यवस्थापन गर्न स्वतन्त्र र विश्वसनीय निगरानीसहितको अन्तर्राष्ट्रिय ढाँचा निर्माण गर्न आह्वान गरेका छन्। उनले एआई प्रणालीको सुरक्षा मूल्याङ्कन तथा यसको सुरक्षित र जिम्मेवार प्रयोग सुनिश्चित गर्न अन्तर्राष्ट्रिय सहकार्य आवश्यक रहेको बताए। बार्बाडोसको राजधानी ब्रिजटाउनमा आयोजित एआई सुरक्षा सम्बन्धी विशेष शिखर सम्मेलनमा बोल्दै महासचिव गुटेरेसले एआईले स्वास्थ्य, शिक्षा र वैज्ञानिक अनुसन्धानका क्षेत्रमा ठूलो सम्भावना बोकेको उल्लेख गरे। तर, यस प्रविधिको तीव्र विकाससँगै उत्पन्न भइरहेका जोखिमको सामना गर्न साझा अन्तर्राष्ट्रिय प्रयास आवश्यक रहेको उनको भनाइ थियो। संयुक्त राष्ट्रसङ्घ र बार्बाडोस सरकारले आयोजना गरेको सम्मेलनमा प्रधानमन्त्री मिया मोटलीसहित विभिन्न देशका सरकारी अधिकारी, प्रविधि कम्पनीका प्रतिनिधि, वैज्ञानिक, नागरिक समाजका सदस्य तथा अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधिहरू सहभागी थिए। महासचिव गुटेरेसले एआईका जोखिम पहिचान र उन्नत प्रणालीको निगरानी गर्ने विषयमा विभिन्न देशको क्षमता समान नरहेको उल्लेख गर्दै त्यसलाई ध्यानमा राखेर अन्तर्राष्ट्रिय सहकार्य अघि बढाउनुपर्ने बताए। उनले एआई प्रणालीको सुरक्षा परीक्षणका लागि साझा विधि विकास गर्ने, स्वतन्त्र निगरानी संयन्त्र बलियो बनाउने र अनुभव आदानप्रदान गर्ने आवश्यकतामा जोड दिए। त्यस्तै, एआई प्रविधिको सुरक्षित प्रयोगका लागि आवश्यक प्राविधिक तथा संस्थागत क्षमता नभएका देशलाई सहयोग गर्नुपर्ने उनको भनाइ थियो। सम्मेलनमा बार्बाडोसकी प्रधानमन्त्री मोटलीले एआई प्रणाली विकास गर्ने कम्पनीलाई त्यसबाट उत्पन्न हुन सक्ने सम्भावित क्षतिप्रति जवाफदेही बनाउनुपर्ने बताइन। एआई प्रणालीले व्यक्ति वा संस्थालाई जोखिममा पारेको अवस्थामा सरकारले आवश्यक हस्तक्षेप गर्न सक्ने अधिकार सुरक्षित राख्नुपर्नेमा पनि जोड दिइन्। सम्मेलनको मुख्य उद्देश्य एआईका जोखिम व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय समन्वय बढाउनु र साझा नियम निर्माणका उपायबारे छलफल गर्नु रहेको थियो। एआईको सम्भावनालाई मानवहितमा उपयोग गर्दै यसबाट उत्पन्न हुन सक्ने नकारात्मक प्रभाव न्यूनीकरण गर्ने विषयमा पनि सम्मेलन केन्द्रित रहेको थियो।–रासस The post एआई जोखिम नियन्त्रण गर्न अन्तर्राष्ट्रिय ढाँचा बनाउन गुटेरेसको आह्वान appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
१३औँ क्रिएटिभ अवार्डका निर्णायक मण्डल गठन, एआई विज्ञ पनि समेटिए
TechnologyJust now

१३औँ क्रिएटिभ अवार्डका निर्णायक मण्डल गठन, एआई विज्ञ पनि समेटिए

नेपाल विज्ञापन संघ (आन) ले रेड बुल १३औँ क्रिएटिभ अवार्ड २०८३ का लागि निर्णायक मण्डल गठन गरेको छ। विज्ञापन, बजार व्यवस्थापन, डिजिटल मार्केटिङलगायत विभिन्न क्षेत्रका विज्ञहरू समेटेर निर्णायक मण्डल गठन गरिएको संघले जनाएको छ। संघका अनुसार निर्णायक मण्डलको अध्यक्षमा प्रा. डा. विजय कुमारी केसी तथा बाह्य निर्णायकका रूपमा रविन्द्रमान श्रेष्ठ र भारती सिग्देल निरौला रहेका छन्। यस वर्षको क्रिएटिभ अवार्डका लागि विज्ञापन, ...

टेक्नोलोजी खबर
सिनेमा क्यामरा निर्माता एरिसँग अनरको सहकार्य, म्याजिक ९ प्रो म्याक्स सार्वजनिक
TechnologyJust now

सिनेमा क्यामरा निर्माता एरिसँग अनरको सहकार्य, म्याजिक ९ प्रो म्याक्स सार्वजनिक

अनरको नयाँ स्मार्टफोन सार्वजनिक हुँदा त्यसले हलिउडसँग आफ्नो सम्बन्ध देखाउने प्रयास गर्नु सामान्यजस्तै बनेको छ। नयाँ म्याजिक ९ प्रो म्याक्स सार्वजनिक गर्दै चिनियाँ कम्पनी अनरले फेरि एकपटक मोबाइल सिनेमाटोग्राफीको परिभाषा बदल्ने दाबी गरेको छ। एरिसँगको सहकार्यबाट लाभ लिने यो अनरको पहिलो वास्तविक फ्ल्यागसिप फोन हो। यसअघि रोबोट फोनले मात्रै यस्तो सहकार्यको लाभ पाएको थियो। जर्मनीको एरि कम्पनीले एलेक्सा सिनेमा क्यामेरा निर्माण ...

टेक्नोलोजी खबर
एनभिडियामा जेन्सेन हुआङको पुनरागमनले एआई क्षेत्रमा के प्रमाणित गर्यो?
TechnologyJust now

एनभिडियामा जेन्सेन हुआङको पुनरागमनले एआई क्षेत्रमा के प्रमाणित गर्यो?

चिनियाँ जासुस भएको आरोप लागेकी महिलासँगको सम्बन्धसहित विवाहबाहिरका सम्बन्ध सार्वजनिक भएपछि प्रमुख कार्यकारी अधिकृत पदबाट राजीनामा दिएका जेन्सेन हुआङ दुई साताभन्दा कम समयमै सोमबार एनभिडियाको क्यालिफोर्नियास्थित सान्ता क्लाराको मुख्यालयमा पुनः फर्किएका छन्। आफ्नो पहिचान बनेको कालो छालाको ज्याकेट लगाएका ६३ वर्षीय हुआङले मुख्यालयको एट्रियममा भेला भएका र माथिल्ला तलाका बाल्कोनीमा उभिएका कर्मचारीको स्वागतमा मुस्कुराउँदै छातीमा हात राखेर अभिवादन गरे। रोयटर्सका अनुसार हुआङको ...

टेक्नोलोजी खबर
बुटवल बहुमुखी क्याम्पसलाई राष्ट्रिय ह्याकाथनको उपाधि
TechnologyJust now

बुटवल बहुमुखी क्याम्पसलाई राष्ट्रिय ह्याकाथनको उपाधि

काठमाडौं । राष्ट्रिय ह्याकाथन प्रतियोगिताको उपाधि बुटवल बहुमुखी क्याम्पसको सीएसआईटी एबीएमसी टिमले जितेको छ । सुदूरपश्चिम विश्वविद्यालयमा आयोजित प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उक्त टोलीले उपाधिसहित ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको हो ।प्रतियोगितामा काठमाडौं विश्वविद्यालय, स्कुल अफ साइन्सको ‘द मर्ज कन्फ्लिक्ट’ टिम दोस्रो भएको छ । दोस्रो स्थान हासिल गरेको उक्त टोलीले २५ हजार रुपैयाँ पुरस्कार पाएको छ । ...

आइसिटी समाचार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement