Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

सन् २०३५ को महिला विश्वकप बेलायतमा, चार देशका १९ रंगशालामा प्रतिस्पर्धा

Share:WhatsAppFacebookX (Twitter)Telegram
सन् २०३५ को महिला विश्वकप बेलायतमा, चार देशका १९ रंगशालामा प्रतिस्पर्धा
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सन् २०३५ मा आयोजना हुने महिला विश्वकप फुटबलको जिम्मेवारी संयुक्त अधिराज्य (बेलायत) लाई सुम्पिएको छ । बेलायतका चार देश इंग्ल्याण्ड, स्कटल्याण्ड, वेल्स र नर्दन आयरल्याण्डले संयुक्तरूपमा प्रतियोगिता आयोजना गर्ने भएका छन् । फिफाले जुरिचबाट भर्चुअल माध्यममा बसेको विशेष बैठकमार्फत् आयोजनाको अधिकार प्रदान गर्ने निर्णय गरेको हो ।यससँगै झण्डै सात दशकपछि बेलायतमा पुनः फुटबल विश्वकप आयोजना हुने भएको छ । यसअघि सन् १९६६ मा पुरुष विश्वकप आयोजना गरेको बेलायतले अब पहिलोपटक महिला विश्वकपको आतिथ्यता गर्नेछ । विश्व फुटबलमा महिला खेलाडीको बढ्दो लोकप्रियता र महिला फुटबलको विस्तारका दृष्टिले पनि यो प्रतियोगितालाई महत्त्वपूर्ण रूपमा हेरिएको छ । सन् २०३५ को महिला विश्वकप आयोजना गर्न बेलायतका चार देशको संयुक्त प्रस्तावबाहेक अन्य कुनै राष्ट्रले औपचारिक दाबी पेश गरेका थिएनन् । प्रतिस्पर्धी प्रस्ताव नआएपछि फिफाले बेलायतको प्रस्तावलाई स्वीकृति दिँदै आयोजनाको जिम्मेवारी प्रदान गरेको हो । सन् २०३५ को महिला विश्वकपमा पहिलोपटक ४८ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । विस्तारित स्वरूपमा आयोजना हुने प्रतियोगितामा कुल १०४ खेल खेलाइनेछ । प्रतियोगिता ३९ दिनसम्म सञ्चालन हुनेछ । बेलायतले प्रतियोगिताका खेल सञ्चालन गर्न चार देशका १९ वटा रंगशाला प्रस्ताव गरेको छ । प्रस्तावित योजनाअनुसार सबैभन्दा बढी खेल इंग्ल्याण्डमा हुनेछन् । इंग्ल्याण्डका १४ रंगशालामा प्रतियोगिताका खेल सञ्चालन गर्ने योजना छ । त्यस्तै, स्कटल्याण्ड र वेल्सका दुई-दुई तथा नर्दन आयरल्याण्डको एउटा रंगशालामा खेल आयोजना गरिने प्रस्ताव गरिएको छ । यसरी चार देशका प्रमुख शहर र रंगशालालाई समेटेर महिला फुटबलको विश्वव्यापी महाकुम्भ सञ्चालन गर्ने तयारी बेलायतको छ । १९ रंगशालामा खेल सञ्चालन गर्ने योजनाले प्रतियोगितालाई भौगोलिकरूपमा व्यापक बनाउनेमात्र नभई चारै देशमा महिला फुटबलको विकास, पूर्वाधार विस्तार र खेल पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । फिफाको विशेष साधारणसभाले सन् २०३१ मा आयोजना हुने महिला विश्वकपको आयोजकसमेत टुंगो लगाएको छ । उक्त विश्वकप संयुक्तरूपमा मेक्सिको, अमेरिका, कोस्टारिका र जमैकाले आयोजना गर्ने भएका छन् । यससँगै सन् २०३१ देखि महिला विश्वकपमा सहभागी टोलीको संख्या ४८ पुग्नेछ । यसअघि सीमित टोलीबीच हुँदै आएको प्रतियोगिता अब अझ ठूलो स्वरूपमा सञ्चालन हुनेछ । टोलीको संख्या विस्तारसँगै विभिन्न महादेशका राष्ट्रले विश्वकपमा स्थान बनाउने अवसरसमेत बढ्ने अपेक्षा गरिएको छ । महिला विश्वकपलाई थप प्रतिस्पर्धात्मक, समावेशी र विश्वव्यापी बनाउने उद्देश्यले फिफाले प्रतियोगिताको स्वरूप विस्तार गरेको हो । सन् २०३१ र २०३५ का दुई संस्करणले महिला फुटबलको विकासमा नयाँ अध्याय थप्ने विश्वास गरिएको छ । पछिल्ला वर्षमा महिला फुटबलले विश्वभर उल्लेखनीय लोकप्रियता हासिल गर्दै आएको छ । दर्शकको आकर्षण, व्यावसायिक लगानी, प्रायोजन तथा प्रसारण अधिकारको बजार विस्तार हुँदै जाँदा महिला फुटबल अन्तर्राष्ट्रिय खेलकुदको महत्त्वपूर्ण हिस्साका रूपमा स्थापित हुँदै गएको छ । ४८ टोलीको सहभागितामा हुने आगामी दुई विश्वकपले यस खेलको दायरा अझ फराकिलो बनाउने अपेक्षा गरिएको छ । विशेषगरी एसिया, अफ्रिका, उत्तर अमेरिका र अन्य क्षेत्रमा महिला फुटबलको विकास गरिरहेका राष्ट्रका लागि विश्वकपमा पुग्ने सम्भावना थप बढ्नेछ । बेलायतजस्तो फुटबलको लामो इतिहास र बलियो पूर्वाधार भएको क्षेत्रमा सन् २०३५ को महिला विश्वकप आयोजना हुनु प्रतियोगिताको व्यावसायिक तथा खेलकुदीय महत्त्वका दृष्टिले पनि विशेष रहनेछ । चार देशको संयुक्त आयोजनाले महिला फुटबललाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
प्रियांश आर्यले तोडे क्रिस गेलको १३ वर्ष पुरानो कीर्तिमान
Latest NewsJust now

प्रियांश आर्यले तोडे क्रिस गेलको १३ वर्ष पुरानो कीर्तिमान

एजेन्सी । भारतका युवा ब्याटर प्रियांश आर्यले घरेलु टी-२० क्रिकेटमा ऐतिहासिक ब्याटिङ गर्दै नयाँ कीर्तिमान बनाउनुभएको छ । सैयद मुस्ताक अली ट्रफीअन्तर्गत मंगलबार तमिलनाडुविरुद्ध दिल्लीका कप्तान आर्यले मात्र ६८ बलमा १८१ रनको विस्फोटक इनिङ्स खेल्नुभयो । २५ वर्षीय ओपनर आर्यको यो स्कोर पुरुष टी-२० क्रिकेट इतिहासकै दोस्रो ठूलो व्यक्तिगत स्कोर हो । यससँगै उहाँ टी-२० क्रिकेटमा सर्वाधिक व्यक्तिगत रन बनाउने ...

हिमालय टाइम्स
कालापानी मिनी गोल्डकप मंसिर १२ देखि, आठ टोलीबीच उपाधि भिडन्त
Latest NewsJust now

कालापानी मिनी गोल्डकप मंसिर १२ देखि, आठ टोलीबीच उपाधि भिडन्त

विराटनगर । मोरङको पथरीशनिश्चरेमा फुटबलको रौनक बढ्ने भएको छ । स्थानीय खेलकुदको विकास र फुटबल प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यसहित आयोजना गर्न लागिएको प्रथम ऐतिहासिक कालापानी मिनी गोल्डकप-२०८३ आगामी मंसिर १२ गतेदेखि सुरु हुने भएको छ । कालापानी युनाइटेड क्लबको आयोजनामा हुने प्रतियोगितामा मोरङ, सुनसरी, झापा र आसपासका क्षेत्रका आठ फुटबल टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको उद्घाटन खेलमा मंसिर १२ ...

हिमालय टाइम्स
सिद्धार्थनगरको फोहोर व्यवस्थापन पाँच वर्षका लागि निजी कम्पनीलाई
Latest NewsJust now

सिद्धार्थनगरको फोहोर व्यवस्थापन पाँच वर्षका लागि निजी कम्पनीलाई

रुपन्देही । सिद्धार्थनगर नगरपालिकाले नगर क्षेत्रको फोहोरमैला सङ्कलन, ढुवानी र व्यवस्थापनको जिम्मेवारी पाँच वर्षका लागि निजी कम्पनीलाई दिएको छ । नगरपालिकाले रुपन्देहीको मायादेवी गाउँपालिका–७ स्थित वातावरणीय सुन्दर सरसफाइ तथा कृषि प्रवर्द्धन... ...

रातोपाटी
बाढी प्रभावित ९७० परिवारलाई घरभाडा रकम वितरण सुरु
Latest NewsJust now

बाढी प्रभावित ९७० परिवारलाई घरभाडा रकम वितरण सुरु

नुवाकोट । भोटेकोसी बाढीबाट प्रभावित विदुर नगरपालिकाका परिवारलाई घरभाडाबापतको रकम वितरण सुरु गरिएको छ । सङ्घीय सरकारले बाढी प्रभावित परिवारलाई घर भाडाबापत नगद सहयोग उपलब्ध गराउने घोषणा गरेअनुसार विदुर नगरपालिकाका ९७०... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement