Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

सुन र पित्तल नचिन्ने समाजमा धनको प्रभावले मूल्याङ्कनको मापदण्ड नै बदलिन्छ : चन्द्र भण्डारी

Share:WhatsAppFacebookX (Twitter)Telegram
सुन र पित्तल नचिन्ने समाजमा धनको प्रभावले मूल्याङ्कनको मापदण्ड नै बदलिन्छ : चन्द्र भण्डारी
Photo / Coverage: जनताटाइम्स

काठमाडौं, कात्तिक २३ । नेपाली कांग्रेसका उपसभापति चन्द्र भण्डारीले समाजमा मानिसको मूल्याङ्कन गर्ने मापदण्ड धन सम्पत्तिका आधारमा तय हुन थालेको भन्दै सामाजिक सञ्जालमार्फत टिप्पणी गर्नुभएको छ । उहाँले फेसबुकमार्फत समाजमा धनी र गरिबलाई हेर्ने दृष्टिकोण फरक रहेको उल्लेख गर्दै धनको प्रभावले वस्तु र व्यक्तिको वास्तविक मूल्याङ्कनसमेत प्रभावित हुने धारणा व्यक्त गर्नुभएको हो । उपसभापति भण्डारीले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “सुन र पित्तल नचिन्ने समाजमा धनको प्रभावले मूल्याङ्कनको मापदण्ड नै बदलिन्छ !” उहाँले समाजमा आर्थिक हैसियतका आधारमा मानिसको मूल्याङ्कन हुने प्रवृत्तिप्रति व्यङ्ग्य गर्दै धनी र गरिबले प्रयोग गर्ने एउटै वस्तुलाई समेत फरक दृष्टिले हेर्ने गरिएको उल्लेख गर्नुभएको छ । “धनीले लगाएको पित्तल पनि सुन ठहरिन्छ, गरिबले लगाएको सुन पनि पित्तल कहलिन्छ,” उहाँले लेख्नुभएको छ । उहाँले मानिसको मूल्य धनले होइन गुण र कर्मले निर्धारण गर्नु पर्ने बताउनुभएको छ । “वस्तुको मूल्य धातुले निर्धारण गर्छ, मानिसको मूल्य धनले होइन, गुण र कर्मले निर्धारण गर्नुपर्छ !”

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
शीतल निवासमा राष्ट्रपति पौडेलले गरे गाईको पूजा
PoliticsJust now

शीतल निवासमा राष्ट्रपति पौडेलले गरे गाईको पूजा

राष्ट्रपति रामचन्द्र पौडेलले गाईतिहारका अवसरमा गाईको पूजा गरेका छन् ।  राष्ट्रपति भवन शीतल निवासमा कात्तिक कृष्ण औँसी अर्थात् गाईतिहारका दिन आज बिहान उनले देवी लक्ष्मीको प्रतीकका रूपमा गाईको विधिपूर्वक पूजा गर्नुभएको हो । सो अवसरमा उनले गाईलाई खानेकुरा पनि खुवाए । तिहारमा समृद्धि र सौभाग्यको प्रतीकका रूपमा गाईको पूजा गरी सम्मान व्यक्त गर्ने धार्मिक तथा सांस्कृतिक परम्परा रहेको छ । ...

फरकधार
ओली भन्छन्- नेपाली संस्कृति र मौलिक चाडपर्वमाथि हमला भइरहेको छ
PoliticsJust now

ओली भन्छन्- नेपाली संस्कृति र मौलिक चाडपर्वमाथि हमला भइरहेको छ

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली संस्कृति र मौलिक चाडपर्वमाथि हमला भइरहेको भन्दै यसको संरक्षणमा सचेत हुन सबै नेपालीलाई आग्रह गरेका छन् । तिहार तथा छठ पर्वको उपलक्ष्यमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले समाज संविधान र कानुनले मात्र नभई नैतिकता, इमानदारी, सामाजिक मूल्य–मान्यता र विश्वासले चल्ने बताए । उनले समाजलाई एकताबद्ध बनाएर शान्तिपूर्ण रूपमा अघि बढाउन सामाजिक ...

फरकधार
इरानसँग वार्ता निष्कर्षविहीन, अमेरिकालाई कडा जवाफ दिने तेहरानको चेतावनी
PoliticsJust now

इरानसँग वार्ता निष्कर्षविहीन, अमेरिकालाई कडा जवाफ दिने तेहरानको चेतावनी

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले इरानसँग जारी द्वन्द्व अन्त्य गर्ने कूटनीतिक प्रयासमा कुनै ठोस प्रगति हुन नसकेको बताएका छन् । उनले तेहरानका मागहरू अस्वीकार्य, अपमानजनक र हास्यास्पद रहेको टिप्पणी गर्दै तत्काल सम्झौताको सम्भावना नरहेको स्पष्ट पारेका छन् । जी–७ विदेशमन्त्रीहरूको बैठकमा सहभागी हुन पेरिस प्रस्थान गर्नुअघि फ्लोरिडामा पत्रकारहरूसँग कुरा गर्दै रुबियोले विभिन्न मुलुकले अमेरिका र इरानबीच मध्यस्थता गरिरहेको भए पनि वार्ता सफलताको ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play