Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

लक्ष्मीपूजाको दिन एक हजार ८१३ मेगावाट विद्युत् माग

Share:WhatsAppFacebookX (Twitter)Telegram
लक्ष्मीपूजाको दिन एक हजार ८१३ मेगावाट विद्युत् माग
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाको दिन विद्युतको उच्चतम माग सफलतापूर्वक व्यवस्थापन गरिएको जनाएको छ । आन्तरिक विद्युत् माग पूरा गर्दै भारततर्फ विद्युत् निर्यात भएको छ । आइतबार साँझ ६:१५ बजे राष्ट्रिय विद्युत् प्रणालीको उच्चतम माग एक हजार ८१३ मेगावाट पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । उक्त समयमा कुल प्रणालीको पिक भार दुई हजार ४०० मेगावाट रहेको थियो । यस्तै, ५८७ मेगावाट विद्युत् भारत निर्यात गरिएको थियो । प्रणालीमा विद्युत् आपूर्ति अवरोध शून्य मेगावाट रहेको थियो । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले प्राकृतिक विपद्का कारण प्रणालीमा ठूलो क्षति पुगेको अवस्थामा पनि विद्युतको उच्चतम माग व्यवस्थापन गर्न सफल भएकामा प्राधिकरणका कर्मचारी, व्यवस्थापन र आम उपभोक्तालाई धन्यवाद दिएका थिए । मन्त्री श्रेष्ठ आइतबार साँझ ऊर्जा सचिव, प्राधिकरण सञ्चालक समितिका सदस्य तथा प्राधिकरणका उच्च व्यवस्थापन टोलीसहित प्राधिकरणको भार प्रेषण केन्द्रमा पुगेर विद्युतको माग र आपूर्तिको अवस्थाबारे जानकारी लिएका थिए । उनले विगत तीन वर्षको लक्ष्मीपूजाको दिनको विद्युत् माग र आपूर्तिको तथ्याङ्क विश्लेषण गर्दै यस वर्ष चुनौतीपूर्ण परिस्थितिमा माग व्यवस्थापन हुनु सकारात्मक उपलब्धि भएको बताए । उनले विद्युतको सुरक्षित र मितव्ययी प्रयोग गर्दै उज्यालोको पर्व मनाएकामा उपभोक्तालाई धन्यवाद दिँदै नियमित र भरपर्दो विद्युत् आपूर्तिका लागि अहोरात्र खटिने कर्मचारीको योगदानको प्रशंसा गरे । आगामी दिनमा पनि विद्युत् आपूर्तिलाई सुरक्षित, भरपर्दो र नियमित बनाउन उत्तिकै प्रतिबद्धताका साथ काम गर्न उनले सम्बन्धित निकायलाई आग्रह गरे । प्राधिकरणका अनुसार यस वर्षको लक्ष्मीपूजामा स्वतन्त्र ऊर्जा उत्पादकबाट एक हजार ५३६ मेगावाट, प्राधिकरणका सहायक कम्पनीबाट ४९९ मेगावाट, प्राधिकरणका नदी प्रवाही तथा अर्धजलाशययुक्त आयोजनाबाट ३४२ मेगावाट र जलाशययुक्त आयोजनाबाट २२.३० मेगावाट विद्युत् प्रणालीमा उपलब्ध भएको थियो । प्राकृतिक विपद्का कारण रसुवा क्षेत्रका करिब ४५० मेगावाट विद्युत् उत्पादन प्रणालीबाट बाहिर रहेको अवस्थामा पनि माग व्यवस्थापन गरिएको प्राधिकरणले जनाएको छ । प्राधिकरणको तथ्याङ्कअनुसार २०८२ सालको लक्ष्मीपूजामा विद्युतको उच्चतम माग एक हजार ७४५ मेगावाट पुगेको थियो । यस्तै, २०८१ सालमा एक हजार ६०२ मेगावाट थियो । यस वर्षको उच्चतम माग गत वर्षको तुलनामा ६८ मेगावाट बढी हो । त्यस्तै काठमाडौँ उपत्यकाको विद्युत माग ४८९ मेगावाट पुगेको छ । गत वर्ष ४०२ मेगावाट थियो । प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठका अनुसार विद्युत् प्रणालीलाई अविच्छिन्न राख्न देशभरका सम्बन्धित निकाय तथा प्राविधिक टोलीलाई तयारी अवस्थामा राखिएको थियो । सम्भावित प्राविधिक समस्या तत्काल समाधान गर्न ट्रान्सफर्मरसहितका आवश्यक उपकरण र प्राविधिक जनशक्ति परिचालन गरिएको थियो । कुनै स्थानमा समस्या देखिए १५ मिनेटभित्र समाधान गर्नेगरी टोलीलाई तयारी अवस्थामा राखिएको उनले बताए । The post लक्ष्मीपूजाको दिन एक हजार ८१३ मेगावाट विद्युत् माग appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
घोप्टेभिरको पहिरो पन्छाएर सडक सञ्चालन गर्ने तयारी
Latest NewsJust now

घोप्टेभिरको पहिरो पन्छाएर सडक सञ्चालन गर्ने तयारी

चितवन, कात्तिक २३ गते । पृथ्वी राजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभिरमा आज बिहान खसेको पहिरो पन्छाएर सडक दुईतर्फी सञ्चालन गर्ने तयारीसहित काम तीव्र पारिएको छ । पह... ...

गोरखापत्र
घोप्टेभीरको पहिरो हटाउन दुवैतर्फबाट उपकरण परिचालन, दिउँसो १ बजेसम्म यातायात सञ्चालनको तयारी
Latest NewsJust now

घोप्टेभीरको पहिरो हटाउन दुवैतर्फबाट उपकरण परिचालन, दिउँसो १ बजेसम्म यातायात सञ्चालनको तयारी

इच्छाकामना गाउँपालिका–४ स्थित घोप्टेभीरमा खसेको पहिरो पन्छाउन दुवैतर्फबाट उपकरण परिचालन गरी दिउँसो १ बजेसम्म सडक खोल्ने तयारी छ। ...

कान्तिपुर
भारतीयसँग मिलेर श्रीमानको हत्या, श्रीमतीसहित २ जना पक्राउ
Latest NewsJust now

भारतीयसँग मिलेर श्रीमानको हत्या, श्रीमतीसहित २ जना पक्राउ

काठमाडौं । मोरङमा भारतीय नागरिकसँग मिलेर श्रीमानको हत्या गर्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ । मोरङको जहदा गाउँपालिका २ मोहनपुरमा गएराति ४० वर्षीय बुधराम सोरेनको रड प्रहार गरी हत्या भएको थियो । हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले मृतककी श्रीमती ३५ वर्षीया कमली बास्के र भारतको बिहार घर भएका २७ वर्षीय सुनिल मिश्रलाई प्रहरीले पक्राउ गरेको […] ...

लोकपथ
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ एकैदिन १ प्रतिशतभन्दा बढीले बढ्यो, कारण यस्तो
Latest NewsJust now

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ एकैदिन १ प्रतिशतभन्दा बढीले बढ्यो, कारण यस्तो

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य सोमबार १ प्रतिशतभन्दा धेरैले बढेको छ । कच्चा तेलको मूल्य घटेसँगै मुद्रास्फीति बढ्ने चिन्ता कम हुनु र अमेरिकी डलर कमजोर बन्नुले सुनको मूल्यमा वृद्धि... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play