Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

सिट निर्धारणको पारदर्शितामाथि निजी मेडिकल कलेजहरूको प्रश्न,मापदण्ड र स्कोर कार्डसार्वजनिक गर्न माग

Share:WhatsAppFacebookX (Twitter)Telegram
सिट निर्धारणको पारदर्शितामाथि निजी मेडिकल कलेजहरूको प्रश्न,मापदण्ड र स्कोर कार्डसार्वजनिक गर्न माग
Photo / Coverage: टक्सार

काठमाडौँ । निजी मेडिकल कलेजहरूले चिकित्सा शिक्षा आयोगको सिट निर्धारण प्रक्रियाको पारदर्शितामाथि गम्भीर प्रश्न उठाएका छन् । एसोसिएसन अफ प्राइभेट मेडिकल एन्ड डेन्टल कलेज अफ नेपालले आज एक प्रेस विज्ञप्ति जारी गर्दै सिट निर्धारणको मापदण्ड र प्रत्येक कलेजको ‘स्कोर कार्ड’ २४ घण्टाभित्र सार्वजनिक गर्न आयोगसँग माग गरेको हो । एसोसिएसनले सिट निर्धारण प्रक्रिया पारदर्शी, वस्तुनिष्ठ र वैज्ञानिक नबनाएसम्म तथा कानुनबमोजिम शिक्षण शुल्क पुनरावलोकन नभएसम्म स्नातक (युजी) र स्नातकोत्तर (पिजी) तहको भर्ना प्रक्रिया अगाडि नबढाउन समेत आयोगलाई आग्रह गरेको छ । चिकित्सा शिक्षाको गुणस्तर अभिवृद्धि तथा पूर्वाधार मूल्याङ्कनका आधारमा सिट तोक्ने आयोगको उद्देश्य सकारात्मक रहे पनि कार्यान्वयन प्रक्रिया पारदर्शी र न्यायोचित हुनुपर्ने एसोसिएसनको ठहर छ । गत असोज ३० गते आयोगले जारी गरेको सिट निर्धारणसम्बन्धी सूचनामा अवलम्बन गरिएको मापदण्ड, मूल्याङ्कनका सूचक, प्रत्येक सूचकको भार (वेटेज) र गणना विधि नखुलाइएका कारण प्रक्रियाको पारदर्शितामाथि प्रश्न उठेको विज्ञप्तिमा उल्लेख छ । आयोगसँग स्पष्ट विवरण माग गर्दै एसोसिएसनले विज्ञप्तिमा भनेको छ, “प्रत्येक शिक्षण संस्थाको ‘इन्डिभिजुअल कलेज स्कोर कार्ड’ उपलब्ध गराई प्रत्येक सूचकमा प्राप्त अङ्क, कुल प्राप्ताङ्क तथा सिट वृद्धि, यथावत् कायम वा कटौती गरिनुको स्पष्ट आधार र कारण आयोगको आधिकारिक वेबसाइटमा २४ घण्टाभित्र सार्वजनिक गर्न एसोसिएसन अनुरोध गर्दछ ।” मूल्याङ्कनको विस्तृत विवरण सार्वजनिक भएमा कलेजहरूले आफ्नो अवस्था, स्रोतसाधन, जनशक्ति र भौतिक पूर्वाधारको वस्तुनिष्ठ समीक्षा गरी कमजोरी सुधार्न सक्ने एसोसिएसनले जनाएको छ । यसले संस्थागत सुधारसँगै शैक्षिक गुणस्तर अभिवृद्धि र आयोगकै मापदण्डको प्रभावकारी कार्यान्वयनमा सघाउ पुग्ने विश्वास एसोसिएसनले व्यक्त गरेको छ । नेपालको चिकित्सा शिक्षा क्षेत्रमा पढाउने पाउने सिट सङ्ख्या निर्धारण गर्ने जिम्मेवारी चिकित्सा शिक्षा आयोगलाई छ । यसपटक शैक्षिक सत्र २०८३/८४ का लागि आयोगले असोज ३० गते सिट निर्धारण गर्दा कतिपय सरकारी संस्थामा सिट बढेको तर निजी कलेजहरूमा बढेन । यसले विवाद बढाएको छ । आयोगले कुन सूचकमा कति अङ्क दिएर सिट तोक्यो भन्ने ‘स्कोर कार्ड’ गोप्य राखेको र मूल्याङ्कन पारदर्शी नभएको निजीकल मेडिकल कलेजहरूले आरोप लगाएका हुन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
लक्ष्मी सनराइज बैंक इन्भिटेसनल गल्फ प्रतियोगिताको उपाधि कार्कीले जिते
Latest NewsJust now

लक्ष्मी सनराइज बैंक इन्भिटेसनल गल्फ प्रतियोगिताको उपाधि कार्कीले जिते

गोकर्ण गल्फ क्लबमा शनिबार सम्पन्न लक्ष्मी सनराइज बैंक इन्भिटेसनल गल्फ प्रतियोगिताको उपाधि दीपक कुमार कार्कीले जितेका छन्। १४ ह्यान्डिक्यापमा खेलेका कार्कीले ४१ स्टेबलफोर्ड अंक जोड्दै उपाधि हात पारे। दुई ह्यान्डिक्यापमा खेलेका टासी डोङ प्रतियोगितामा उपविजेता बने। नर्बु छिरिङ शेर्पाले ३७ ग्रस अंकसहित बेस्ट ग्रसको उपाधि जिते। महिलातर्फ अञ्जिला योञ्जनले ३४ अंकसहित उपाधि जित... ...

नेपालखबर
कुहिरो र सूर्योदय हेर्न मानुङकोट
Latest NewsJust now

कुहिरो र सूर्योदय हेर्न मानुङकोट

• चिसो मौसमसँगै मानुङकोटमा पर्यटकको चहलपहल बढेको छ, विशेष गरी कुहिरो र सूर्योदयको दृश्यका लागि। • दैनिक तीन÷चार सय पर्यटक यहाँ पुगेर दृश्यावलोकन गर्दै, कतिपयले रात बिताउने गरेका छन्। • स्थानीय व्यवसायमा पनि पर्यटकको आगमनले सकारात्मक प्रभाव पारेको छ, जसले होटल र अन्य व्यवसायलाई फाइदा पुर्याइरहेको छ। ...

नेपालबहस
दिल्ली उड्नुअघि प्रधानमन्त्री : प्रिय कर्णाली! दसौँ राष्ट्रिय खेलकुद सफल आयोजनाका लागि शुभकामना
Latest NewsJust now

दिल्ली उड्नुअघि प्रधानमन्त्री : प्रिय कर्णाली! दसौँ राष्ट्रिय खेलकुद सफल आयोजनाका लागि शुभकामना

प्रधानमन्त्री वालेन्द्र शाहले दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको सफल आयोजनाका लागि कर्णाली प्रदेशलाई शुभकामना दिएका छन्। राष्ट्रिय खेलकुद परिषद्ले आज आइतबार कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित प्रदेश रंगशालालगायत स्थानमा प्रतियोगिताअन्तर्गतका विभिन्न खेल हुने तालिका सार्वजनिक गरेलगत्तै प्रधानमन्त्री शाहले कर्णाली प्रदेशलाई सफलताका लागि शुभकामना दिएका हुन्।... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play