Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

सात महिनादेखि बासविहीन सुकुमवासी, अब होल्डिङ सेन्टरबाट पनि हटाउने तयारी

Share:WhatsAppFacebookX (Twitter)Telegram
सात महिनादेखि बासविहीन सुकुमवासी, अब होल्डिङ सेन्टरबाट पनि हटाउने तयारी
Photo / Coverage: जनताटाइम्स

काठमाडौँ, मङ्सिर १० । खोला किनारका बस्तीबाट विस्थापित भएका सुकुमवासीले सात महिना बितिसक्दा पनि स्थायी आवास पाउन सकेका छैनन्। थापाथली, मनोहरा र सिनामंगललगायत क्षेत्रबाट हटाइएका उनीहरू अझै विभिन्न होल्डिङ सेन्टरमा कष्टकर जीवन बिताउन बाध्य छन्। त्यसमाथि भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा रहेका १९ परिवारलाई शुक्रबारसम्म ठाउँ खाली गर्न प्रशासनले निर्देशन दिएको छ। गत वैशाख १२ गते सरकारले थापाथली, मनोहरा र सिनामंगललगायतका खोला किनारका बस्तीमा डोजर चलाएको थियो। त्यसपछि १५ दिनभित्र वैकल्पिक व्यवस्था गर्ने प्रतिबद्धता जनाएको विस्थापितहरूको भनाइ छ। तर सात महिना बित्दा पनि उनीहरूले न लालपुर्जा पाएका छन्, न स्थायी बसोबासको व्यवस्था। अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अनुसार सुरुमा २ हजार ६०८ घरधुरीका ११ हजार १०५ जनाले सुकुमवासीका रूपमा नाम टिपाएका थिए। डिजिटल लगत सङ्कलन गर्दा भने २ हजार ८२ परिवारको विवरण मात्रै सङ्कलन भएको थियो। अहिले ३८८ घरधुरीका १ हजार ४८८ जना समितिको सम्पर्कमा छन्। तीमध्ये इचंगुनारायणमा ४५, खरिबोटमा ३२ र बोडेमा १९ गरी ९६ परिवार होल्डिङ सेन्टरमा बसिरहेका छन्। त्यहाँ अधिकांश वृद्धवृद्धा, अशक्त, दीर्घरोगी र अपांगता भएका व्यक्ति छन्। होल्डिङ सेन्टरमा बस्नेहरूले खानपान, स्वास्थ्य उपचार र सरसफाइको अवस्था दयनीय रहेको गुनासो गरेका छन्। बिरामीका लागि आवश्यक पोषणयुक्त खाना उपलब्ध नभएको र नियमित औषधि तथा उपचारमा समेत समस्या भइरहेको उनीहरूको भनाइ छ। इचंगुनारायणमा बस्दै आएका ६१ वर्षीय प्रतापबहादुर लामा मिर्गौलाका बिरामी हुन्। उहाँले सातामा दुई पटक डायलासिस गर्नुपर्ने भए पनि नियमित उपचार पाउन नसकेको परिवारको गुनासो छ। ह्विलचेयरको सहायताबिना हिँड्न नसक्ने उहाँलाई अस्पताल लैजान प्रत्येक पटक ३ हजार ५०० रुपैयाँभन्दा बढी खर्च लाग्ने गरेको छ। त्यस्तै, मनोहराबाट विस्थापित कमला योञ्जनले हातमा राखिएको स्टिल निकाल्न तत्काल शल्यक्रिया गर्नुपर्ने भए पनि गाडी भाडासमेत नहुँदा उपचार गराउन नसकेको बताउनुभएको छ। अन्य विस्थापितले पनि बास, गाँस र उपचारको समस्या झेलिरहेको बताएका छन्। बोडेस्थित होल्डिङ सेन्टरमा थापाथलीबाट ल्याइएका १९ परिवारका ५९ जना बसिरहेका छन्। तीमध्ये १७ जना बालबालिका छन्। जिल्ला प्रशासन कार्यालय भक्तपुरले बुधबार सूचना टाँस्दै उनीहरूलाई शुक्रबार मङ्सिर ११ गते दिउँसो २ बजेसम्म सेन्टर खाली गर्न निर्देशन दिएको हो। प्रशासनको सूचनामा भूमि व्यवस्थापन तथा अभिलेख विभाग र स्थानीय तहबाट प्राप्त विवरणका आधारमा केही परिवारका घरमूली वा सदस्यको नाममा जग्गा देखिएको उल्लेख छ। तर विस्थापितहरूले आफूहरूको अन्यत्र जाने व्यवस्था नभएको भन्दै सेन्टर छाड्न नसक्ने बताएका छन्। यसअघि गत जेठ ५ गते बसेको मन्त्रिपरिषद् बैठकले आफैँ वैकल्पिक बसोबासको व्यवस्था गर्न चाहने विस्थापित परिवारलाई एकमुष्ट २५ हजार रुपैयाँ पुनःस्थापना खर्च र मासिक १५ हजार रुपैयाँ राहत दिने निर्णय गरेको थियो। पाँच जनाभन्दा बढी सदस्य भएको परिवारलाई थप प्रत्येक सदस्यबापत मासिक २ हजार रुपैयाँ उपलब्ध गराउने भनिएको थियो। तर धेरै परिवारले अहिलेसम्म उक्त रकमसमेत नपाएको गुनासो गरेका छन्। वृद्ध, अशक्त, असहाय र आफ्नो व्यवस्थापन गर्न नसक्ने व्यक्तिलाई होल्डिङ सेन्टरमा राख्ने तथा बालबालिकाको शिक्षा र स्वास्थ्य सेवा सुनिश्चित गर्ने निर्णय पनि भएको थियो। तर विस्थापित परिवारले ती सुविधा व्यवहारमा नपाएको बताएका छन्। उनीहरूको व्यवस्थापनको जिम्मेवारीबारे सरकारी निकायबीच पनि स्पष्टता देखिएको छैन। बागमती सभ्यता एकीकृत विकास समितिले बाँकी काम महिला, बालबालिका तथा सामाजिक सुरक्षा मन्त्रालय र भूमि व्यवस्था मन्त्रालयको जिम्मेवारी भएको बताएको छ। महिला मन्त्रालयले भने ज्येष्ठ नागरिक, महिला र बालबालिकाका लागि आवश्यक सामग्री व्यवस्थापन आफ्नो जिम्मेवारी भए पनि सुकुमवासी व्यवस्थापन भूमि व्यवस्था मन्त्रालयको क्षेत्राधिकार भएको जनाएको छ। भूमि व्यवस्था मन्त्रालयले समन्वयकारी भूमिका मात्रै निर्वाह गरिरहेको बताएको छ। मन्त्रालयका अनुसार वास्तविक सुकुमवासी पहिचान गर्ने, जग्गा खोज्ने र वितरण गर्ने जिम्मेवारी भूमि समस्या समाधान समितिको हो। समितिले भने विवरण स्थानीय तहमा पठाइएको र पहिचान प्रक्रिया अघि बढिरहेको जनाएको छ। राष्ट्रिय मानवअधिकार आयोगका सदस्य मिहिर ठाकुरले वास्तविक सुकुमवासीको आवास तथा अन्य अधिकार सुनिश्चित गर्नु सरकारको दायित्व भएको बताउनुभएको छ। उहाँले अनधिकृत बसोबास हटाउने सरकारको अधिकार भए पनि विस्थापितका लागि सुरक्षित वैकल्पिक व्यवस्था गर्नुपर्नेमा जोड दिनुभएको छ। सात महिनादेखि अस्थायी आश्रयमा बसिरहेका विस्थापित परिवारको स्थायी व्यवस्थापन अझै टुङ्गिएको छैन। उनीहरूका लागि आवास, स्वास्थ्य उपचार, पोषण र बालबालिकाको शिक्षाको व्यवस्था कहिले हुन्छ भन्ने प्रश्न अनुत्तरित छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि
PoliticsJust now

नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक आज पनि

काठमाडौं, मंसिर १०। नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज (बिहीबार) पनि बस्ने भएको छ । बैठक बिहान ११ बजेदेखि पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको हो । कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार मंगलबारदेखि सुरु भएको बैठकमा केन्द्रीय सदस्यहरूले आ–आफ्नो धारणा राख्ने क्रम जारी छ । यसअघि बुधबार बसेको बैठकमा ४९ जना केन्द्रीय सदस्यले आफ्नो धारणा राखेका थिए । बैठकमा सदस्यहरूले बोल्ने क्रम ...

जनताटाइम्स
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
PoliticsJust now

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । बजारमा विभिन्न तरकारी, फलफूल, सागसब्जी, च्याउ तथा माछाको मूल्य फरक–फरक रहेको छ । बजारमा रातो मूला र सेतो मूलाको औसत मूल्य प्रतिकिलो २५ रुपैयाँ रहेको छ । त्यस्तै, लाम्चो भन्टा ३३ रुपैयाँ ३३ पैसा, डल्लो भन्टा ४५ रुपैयाँ, बोडी ९५ रुपैयाँ, मटरकोशा १३० रुपैयाँ र ...

फरकधार
लिबरल पार्टी छाड्दै सिनेटर लिआ ब्लिथ वान नेशनमा, अस्ट्रेलियाली राजनीतिमा उथलपुथल
PoliticsJust now

लिबरल पार्टी छाड्दै सिनेटर लिआ ब्लिथ वान नेशनमा, अस्ट्रेलियाली राजनीतिमा उथलपुथल

अस्ट्रेलियाको विपक्षी राजनीतिमा नयाँ हलचल पैदा गर्दै दक्षिण अस्ट्रेलियाकी सिनेटर लिआ ब्लिथले लिबरल पार्टी छाडेर पाउलिन ह्यान्सन नेतृत्वको वान नेशन पार्टी रोजेकी छन् । लिबरल पार्टीबाट निर्वाचित ब्लिथले बिहीबार आफ्नो राजनीतिक दल परिवर्तनको घोषणा गरेकी हुन् । उनको यो निर्णयसँगै संघीय संसद्को माथिल्लो सदन सिनेटमा वान नेशनको उपस्थिति थप बलियो बनेको छ । ब्लिथको पार्टी परिवर्तनलाई लिबरल पार्टीका लागि अर्को राजनीतिक चुनौतीका ...

फरकधार
ट्रम्पको व्यापार युद्ध फेरि चर्किँदै, चीन-भारतसहित १४ देश निशानामा
PoliticsJust now

ट्रम्पको व्यापार युद्ध फेरि चर्किँदै, चीन-भारतसहित १४ देश निशानामा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रमुख व्यापार नीतिलाई अघि बढाउँदै चीन, युरोपेली संघसहित १४ देश तथा क्षेत्रबाट आयात हुने वस्तुमा नयाँ भन्सार शुल्क लगाउने घोषणा गरेका छन् । प्रस्तावित शुल्कमध्ये चीनमाथि सबैभन्दा बढी ४० प्रतिशतसम्म, भियतनाममाथि ३५ प्रतिशतसम्म तथा अन्य देशमाथि २० देखि २५ प्रतिशतसम्म शुल्क लगाइनेछ । नयाँ शुल्क आगामी वर्षदेखि लागू हुने अपेक्षा गरिएको छ । अमेरिकी सर्वोच्च अदालतले ट्रम्पले ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement