Thursday, October 22, 2026||
MultiKhabarMultiKhabar
Home/Others/साउदीको विमानस्थलमा ड्रोन आक्रमण : भारत र अमेरिकाले के भने ?

साउदीको विमानस्थलमा ड्रोन आक्रमण : भारत र अमेरिकाले के भने ?

10/22/2026, 12:01:33 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
साउदीको विमानस्थलमा ड्रोन आक्रमण : भारत र अमेरिकाले के भने ?

साउदी अरबको दमामस्थित किङ फहद अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरी बुधबार साँझ भएको आक्रमणमा कम्तीमा एक जनाको मृत्यु भएको छ भने अन्य आठ जना घाइते भएका छन्। साउदी अरबको नागरिक उड्डयन महानिर्देशनालय (जीएसीए) ले यसको पुष्टि गरेको हो। जीएसीएले जारी गरेको आधिकारिक विज्ञप्तिअनुसार घाइते आठ जनाको अवस्था सामान्यदेखि गम्भीरसम्म रहेको छ । उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको छ। एक्समा पोस्ट गरिएको विज्ञप्तिमा जीएसीएले भनेको छ, ‘नागरिक उड्डयन महानिर्देशनालय (जीएसीए) ले सन् २०२६ अक्टोबर २१, बुधबार साँझ (इस्लामिक पात्रोअनुसार १० जमाद अल(अव्वल १४४८ हिजरी) दमामस्थित किङ फहद अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरी आक्रमण भएको जानकारी गराउँछ।’ नागरिक उड्डयन प्राधिकरणका अनुसार आक्रमणबाट भौतिक सम्पत्तिमा समेत क्षति पुगेको छ। क्षतिको वास्तविक अवस्थाबारे मूल्याङ्कन भइरहेको छ। ‘आक्रमणमा एक जना आवासीय व्यक्तिको मृत्यु भएको छ। साथै, सामान्यदेखि गम्भीर अवस्थासम्मका आठ जना घाइते भएका छन्। सबै घाइतेलाई आवश्यक उपचारका लागि तत्काल अस्पताल पु¥याइएको छ। आक्रमणबाट भौतिक सम्पत्तिमा पनि क्षति पुगेको छ, जसको मूल्याङ्कन भइरहेको छ। यसबारे थप जानकारी पछि उपलब्ध गराइनेछ,’ विज्ञप्तिमा भनिएको छ। यसैबीच, अमेरिकी विदेश मन्त्रालयले साउदी अरबमा कार्यरत अत्यावश्यकबाहेकका अमेरिकी सरकारी कर्मचारी र उनीहरूका परिवारका सदस्यलाई साउदी अरबबाट फिर्ता गर्न आदेश दिएको छ। अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता टोमी पिगोटले एक्समा लेखेका छन्, ‘इरानको समर्थन प्राप्त हुथीहरूले साउदी अरबविरुद्धका शत्रुतापूर्ण गतिविधि बढाउँदै लगेका छन्। यसमा नागरिक विमानस्थल र अन्य महत्त्वपूर्ण पूर्वाधारमाथिका आक्रमणसमेत समावेश छन्, जसका कारण सर्वसाधारणको ज्यान जाने र हवाई यात्रामा गम्भीर अवरोध उत्पन्न हुने गरेको छ। विदेश मन्त्रालयका कर्मचारी र उनीहरूका परिवारको सुरक्षा हाम्रो सर्वोच्च प्राथमिकता हो। उनीहरूको संरक्षण र सहयोगका लागि हामी आवश्यक सबै कदम चालिरहनेछौँ।’ अल जजिराका अनुसार यमनी सेनाका सैन्य प्रवक्ता कर्णेल माजिद अल नाजिलीले हुथी सेनाले एकै दिनमा चौथोपटक अल रय्यान विमानस्थललाई लक्षित गरी आक्रमण गरेको पुष्टि गरेका छन्। नागरिक उड्डयन पूर्वाधारमाथि निरन्तर भइरहेको आक्रमणको निन्दा गर्दै कर्णेल अल नाजिलीले विमानस्थललाई निशाना बनाउनु यमनी जनताको अत्यावश्यक सम्पत्तिमाथिको आक्रमण भएको बताएका छन्। उनले यसलाई यमनी जनतामाथि नाकाबन्दी लगाउने उद्देश्यले गरिएको योजनाबद्ध कदमका रूपमा व्याख्या गरेका छन्। उनका अनुसार विमानस्थलमाथिको आक्रमणले यमनी जनताको हितमा प्रत्यक्ष असर पार्नुका साथै उनीहरूको आवतजावत गर्ने स्वतन्त्रतामा गम्भीर प्रतिबन्ध लगाउँछ। अल जजिराले छुट्टै समाचारमा साउदी नेतृत्वको यमन गठबन्धनका प्रवक्ता ब्रिगेडियर जनरल तुर्की अलमालिकीलाई उद्धृत गर्दै साउदी अरबको पूर्वी प्रान्तलाई लक्षित गरी आएका चारवटा मानवरहित हवाई यान (ड्रोन) लाई गठबन्धनको हवाई प्रतिरक्षा प्रणालीले सफलतापूर्वक अवरोध गरी नष्ट गरेको जनाएको छ। क्षेत्रीय तनाव बढिरहेका बेला विमानस्थलका पूर्वाधारमाथि भएका पछिल्ला आक्रमणपछि यो घटना भएको हो। यसअघि अक्टोबर १० मा किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको घातक आक्रमणमा एक भारतीय नागरिकसहित १३ जनाको मृत्यु भएको थियो भने सयौँ मानिस घाइते भएका थिए। साउदी अरबको नागरिक उड्डयन महानिर्देशनालय (जीएसीए)ले अक्टोबर ११ मा जारी गरेको विज्ञप्तिमा उक्त घटनामा १२ जनाको मृत्यु भएको र ३०९ जना घाइते भएको जनाएको थियो। त्यसपछि रियादस्थित भारतीय दूतावासले आक्रमणमा घाइते भएका एक भारतीय नागरिकको मृत्यु भएको पुष्टि गरेको थियो। यसैगरी, अक्टोबर ६ र ७ मा किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थल र अभा अन्तर्राष्ट्रिय विमानस्थललाई लक्षित गरी शृङ्खलाबद्ध आक्रमण भएका थिए। जीएसीएका अनुसार ती घटनामा तीन जनाको मृत्यु भएको थियो भने ३६ जना घाइते भएका थिए। क्षतिको मूल्याङ्कन गर्न र सम्बन्धित निकायसँग समन्वय गरी सुरक्षा जाँच गर्न अधिकारीहरूले विमानस्थलको सञ्चालन अस्थायी रूपमा बन्द गरेका थिए। यसैबीच, भारतका विदेशमन्त्री एस.जयशंकरले मंगलबार पश्चिम एसियाको क्षेत्रीय अवस्था ‘गम्भीर चिन्ताको विषय’ रहेको बताएका छन्। संयुक्त अरब इमिरेट्स (यूएई)का विदेशमन्त्री शेख अब्दुल्लाह बिन जायद अल नाह्यानसँगको छलफलका क्रममा जयशंकरले भारतले संवाद र कूटनीतिमार्फत शान्ति प्रवद्र्धन गर्ने हरेक पहललाई समर्थन गर्ने बताए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

रातभर मनाएर सकियो तलेजुको जात्रा
OthersJust now

रातभर मनाएर सकियो तलेजुको जात्रा

विजयादशमीका दिन मध्यरातिबाट भक्तपुरमा सुरु भएको पायःद्यो अर्थात् खड्ग जात्रासहित तलेजुको बाहन सेता घोडा जात्रा एकादशीको दिन आज बिहान सम्पन्न भएको छ । विजयादशमीको दिनभर ब्रह्मायणी मन्दिरमा जात्रारत नवदुर्गा भवानीका देवगण ब्रह्मयणीबाट राति भक्तपुरको विभिन्न टोल घुमेर जात्रा गर्दै दरबारस्क्वायर आएपछि बहिनी ब्रम्हायणीले दिदी तलेजु भवानीलाई दर्शन एवं ढोग गरी मन्त्रसिद्धि गरिने परम्पराअनुसार जात्रा सम्पन्न भएको हो । राति नै नवदुर्गा देवगृहतर्फ ...

पर्दाफास
निमोनियाका कारण १५ महिने शिशुको मृ*त्यु
OthersJust now

निमोनियाका कारण १५ महिने शिशुको मृ*त्यु

५ कात्तिक, खोटाङ । निमोनियाका कारण खोटाङमा १५ महिने शिशुको ज्यान गएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्माका रियाना दाहालको जिल्ला अस्पताल दिक्तेलमा उपचारको क्रममा ज्यान गएको हो । अधिक ज्वरो आएपछि शिशुलाई कात्तिक ४ गते बिहान अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याइएपछि शिशुलाई डेंगु पूष्टि भएको थियो । त्यसमाथि श्वासप्रश्वासको समस्या थपिएपछि शिशुको ज्यान… ...

अनलाइन खबर
दशैं नमान्ने आठपहरिया समुदाय : रामलिहाङ–रिदामालाई सांस्कृतिक शहीद घोषणा गर्न माग
OthersJust now

दशैं नमान्ने आठपहरिया समुदाय : रामलिहाङ–रिदामालाई सांस्कृतिक शहीद घोषणा गर्न माग

५ कात्तिक, धनकुटा । यतिबेला मुलुकभर दशैंको रौनक छ । हिन्दु धर्मावलम्बीहरू दशैं मनाउन व्यस्त छन् । तर, धनकुटामा मुख्य रूपमा बसोबास गर्ने आठपहरिया समुदायका लागि दशैंको विशेष सांस्कृतिक महत्व छैन । आफ्नै मौलिक भाषा, संस्कृति र परम्परा रहेको यो समुदायले दशैंको सट्टा आफ्नै चाडपर्वलाई प्राथमिकता दिँदै आएको छ । राणाकालमा शासकले दशैं मनाउन दिएको… ...

अनलाइन खबर
न्युयोर्कका मेयरले हिन्दूहरुसँग मनाए दशैं
OthersJust now

न्युयोर्कका मेयरले हिन्दूहरुसँग मनाए दशैं

अमेरिकाको न्युयोर्क सहरका मेयर जोहरान मम्दानीले गत साता इलिनोय राज्यस्थित एउटा हिन्दू मन्दिरमा भएको सामूहिक गोलीकाण्डको प्रयासपछि घृणाविरुद्ध एकता र ऐक्यबद्धताको आह्वान गर्दै क्विन्समा हिन्दू समुदायका सदस्यहरूसँग नवरात्री, दुर्गा पूजा, दशैं र विजयादशमी मनाएका छन्। बुधबार (स्थानीय समय) सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै मम्दानीले हिन्दू समुदायका सदस्यहरूसँग यी पर्व मनाउन र धार्मिक तथा सांस्कृतिक परम्परामा सहभागी हुन पाउँदा आफू सम्मानित महसुस ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play