Thursday, October 22, 2026||
MultiKhabarMultiKhabar
Home/Others/न्युयोर्कका मेयरले हिन्दूहरुसँग मनाए दशैं

न्युयोर्कका मेयरले हिन्दूहरुसँग मनाए दशैं

10/22/2026, 12:12:42 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
न्युयोर्कका मेयरले हिन्दूहरुसँग मनाए दशैं

अमेरिकाको न्युयोर्क सहरका मेयर जोहरान मम्दानीले गत साता इलिनोय राज्यस्थित एउटा हिन्दू मन्दिरमा भएको सामूहिक गोलीकाण्डको प्रयासपछि घृणाविरुद्ध एकता र ऐक्यबद्धताको आह्वान गर्दै क्विन्समा हिन्दू समुदायका सदस्यहरूसँग नवरात्री, दुर्गा पूजा, दशैं र विजयादशमी मनाएका छन्। बुधबार (स्थानीय समय) सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै मम्दानीले हिन्दू समुदायका सदस्यहरूसँग यी पर्व मनाउन र धार्मिक तथा सांस्कृतिक परम्परामा सहभागी हुन पाउँदा आफू सम्मानित महसुस गरेको बताएका छन्। ‘यस साता क्विन्समा हिन्दू न्युयोर्कवासीहरूसँग नवरात्रि, दुर्गा पूजा, दशैं र विजयादशमी मनाउन पाउँदा म धन्य भएको छु। हामीले नृत्य ग¥यौँ, आरती ग¥यौँ, सिन्दूर खेला अवलोकन ग¥यौँ र देवी दुर्गाको सम्मान गर्यौँ,’ उनले भने। मम्दानीले थपे, ‘हाम्रो सहरका विभिन्न मन्दिरहरूमा आनन्द, आस्था र सामुदायिक भावनाका साथ एकै ठाउँमा भेला हुन पाउनु सम्मानको कुरा थियो। विशेषगरी गत साता इलिनोयस्थित एउटा हिन्दू मन्दिरमा सामूहिक गोलीकाण्ड गर्ने प्रयास भएको घटनापछि यस्तो जमघटको महत्त्व अझ बढेको छ।’ घृणाविरुद्ध सामूहिक रूपमा अघि बढ्न आह्वान गर्दै मेयरले भने, ‘घृणाविरुद्ध उभिने र एकअर्काको ख्याल राख्ने हाम्रो साझा जिम्मेवारी पूरा गर्न सबै एकजुट होऔँ। जय माता की।’ देवी दुर्गा र उहाँका नौ स्वरूपलाई समर्पित नौ रातसम्म मनाइने हिन्दू पर्व नवरात्रि यस वर्ष अक्टोबर ११ देखि अक्टोबर १९ सम्म मनाइएको थियो भने विजयादशमी अक्टोबर २० मा परेको थियो। यसैबीच, इलिनोयका कंग्रेस सदस्य राजा कृष्णमूर्तिले एफबीआई निर्देशक काश पटेललाई इलिनोयको अरोरा सहरस्थित श्री वेंकटेश्वर स्वामी (बालाजी)हिन्दू मन्दिरमा भएको गोली प्रहारको प्रयासलाई सम्भावित संघीय घृणाजन्य अपराधका रूपमा अनुसन्धान गर्न आग्रह गर्दै १०५ जना कंग्रेस सदस्यको नेतृत्व गरेका छन्। अक्टोबर ११ मा घटना हुँदा कृष्णमूर्ति र उनको परिवार उक्त मन्दिरमा पूजा गरिरहेका थिए। अभियोजनकर्ताहरूका अनुसार, १९ वर्षीय अलेक्जान्ड्रोस पापोराकिसले मन्दिरबाहिर एक व्यक्तिलाई गोली हान्ने प्रयास गरेको आरोप छ। तर उनको राइफलमा खराबी आएपछि गोली चल्न सकेन। त्यसपछि उनले पुनः घटनास्थलमा फर्कने योजना बनाएकोबारे कुराकानी गरेको आरोप छ। उनका एक सहकर्मीले प्रहरीलाई जानकारी दिएपछि उनलाई पक्राउ गरिएको थियो। अनुसन्धानकर्ताहरूले एउटा राइफल, सयौँ राउन्ड गोली, शरीरको सुरक्षा गर्ने कवच र श्वेत सर्वोच्चतावादी विचारधारासँग सम्बन्धित सामग्री बरामद गरेको बताइएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

रातभर मनाएर सकियो तलेजुको जात्रा
OthersJust now

रातभर मनाएर सकियो तलेजुको जात्रा

विजयादशमीका दिन मध्यरातिबाट भक्तपुरमा सुरु भएको पायःद्यो अर्थात् खड्ग जात्रासहित तलेजुको बाहन सेता घोडा जात्रा एकादशीको दिन आज बिहान सम्पन्न भएको छ । विजयादशमीको दिनभर ब्रह्मायणी मन्दिरमा जात्रारत नवदुर्गा भवानीका देवगण ब्रह्मयणीबाट राति भक्तपुरको विभिन्न टोल घुमेर जात्रा गर्दै दरबारस्क्वायर आएपछि बहिनी ब्रम्हायणीले दिदी तलेजु भवानीलाई दर्शन एवं ढोग गरी मन्त्रसिद्धि गरिने परम्पराअनुसार जात्रा सम्पन्न भएको हो । राति नै नवदुर्गा देवगृहतर्फ ...

पर्दाफास
निमोनियाका कारण १५ महिने शिशुको मृ*त्यु
OthersJust now

निमोनियाका कारण १५ महिने शिशुको मृ*त्यु

५ कात्तिक, खोटाङ । निमोनियाका कारण खोटाङमा १५ महिने शिशुको ज्यान गएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्माका रियाना दाहालको जिल्ला अस्पताल दिक्तेलमा उपचारको क्रममा ज्यान गएको हो । अधिक ज्वरो आएपछि शिशुलाई कात्तिक ४ गते बिहान अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याइएपछि शिशुलाई डेंगु पूष्टि भएको थियो । त्यसमाथि श्वासप्रश्वासको समस्या थपिएपछि शिशुको ज्यान… ...

अनलाइन खबर
दशैं नमान्ने आठपहरिया समुदाय : रामलिहाङ–रिदामालाई सांस्कृतिक शहीद घोषणा गर्न माग
OthersJust now

दशैं नमान्ने आठपहरिया समुदाय : रामलिहाङ–रिदामालाई सांस्कृतिक शहीद घोषणा गर्न माग

५ कात्तिक, धनकुटा । यतिबेला मुलुकभर दशैंको रौनक छ । हिन्दु धर्मावलम्बीहरू दशैं मनाउन व्यस्त छन् । तर, धनकुटामा मुख्य रूपमा बसोबास गर्ने आठपहरिया समुदायका लागि दशैंको विशेष सांस्कृतिक महत्व छैन । आफ्नै मौलिक भाषा, संस्कृति र परम्परा रहेको यो समुदायले दशैंको सट्टा आफ्नै चाडपर्वलाई प्राथमिकता दिँदै आएको छ । राणाकालमा शासकले दशैं मनाउन दिएको… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play