Sunday, November 1, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/सांग्रिला बैंक २३औँ वर्षमा प्रवेश

सांग्रिला बैंक २३औँ वर्षमा प्रवेश

Share:WhatsAppFacebookX (Twitter)Telegram
सांग्रिला बैंक २३औँ वर्षमा प्रवेश

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक २३औँ वर्षमा प्रवेश गरेको छ । बैंकले आफ्नो २२औँ वार्षिकोत्सव शुक्रबार काठमाडौंमा सम्पन्न गरेको छ । उक्त कार्यक्रममा बैंक सञ्चालक समितिका अध्यक्ष उज्ज्वल सत्यालले बैंकको २२ वर्षे यात्रामा साथ र सहयोग गर्ने संस्थापक, सञ्चालक, ग्राहक, सेयरधनी, कर्मचारी तथा नियमनकारी निकायप्रति आभार गर्नुभयो भने बैंकका प्रमुख कार्यकारी अधिकृत रवीन सिजापतिले आगामी दिनमा बैंकका सेवा थप स्मार्ट, आधुनिक र उत्कृष्ट बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो । बैंकले वार्षिकोत्सवको अवसरमा विभिन्न सामाजिक उत्तरदायित्वका कार्यक्रमसमेत घोषणा गरेको छ । हुम्लाको सिमकोटस्थित डाँडाफया स्वास्थ्यचौकीमा महिलाका लागि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिने, सिमकोटस्थित श्री रामदेव माध्यमिक विद्यालयका एकसय तीनजना विद्यार्थीलाई विद्यालय पोशाक तथा शैक्षिक सामग्री वितरण गरिने, रोल्पाको सुनिलस्मृति गाउँपालिकास्थित खुद्री स्वास्थ्यचौकीलाई एक थान बेबी वार्मर र एक थान अटोक्लेभ ड्रम सेट उपलब्ध गराइने बैंकले घोषणा गरेको हो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

पोखराबाट काठमाडौँ आउँदै गरेको गाडी धादिङमा पल्टियो, १ को मृत्यु, ९ जना घाइते
ताजा खबरJust now

पोखराबाट काठमाडौँ आउँदै गरेको गाडी धादिङमा पल्टियो, १ को मृत्यु, ९ जना घाइते

धादिङमा दुर्घटनामा परेको माइक्रो बसले किच्दा एक जना पैदलयात्रीको मृत्यु भएको छ।  घटनामा माइक्रोमा सवार अन्य ९ जना यात्रु पनि घाइते भएका प्रहरीले जनाएको छ।  गल्छी गाउँपालिका–६ महेश दोभानस्थित पृथ्वी राजमार्गमा शनिबार साँझ पोखराबाट काठमाडौँ आउँदै गरेको बा।प्र।०१(००६ ख ७७९२ नम्बरको हाइस अनियन्त्रित भई सडकबाट करिब ३ मिटर तल कल्भर्टमा खसेको हो।&n... ...

नेपालखबर
अनावश्यक विलम्ब हट्दै
ताजा खबरJust now

अनावश्यक विलम्ब हट्दै

काठमाडौँ, कात्तिक १५ गते । सबै सरकारी कार्यालयहरूमा यस अगाडि हुने ढिलासुस्ती, निर्णय प्रक्रियामा हुने अनावश्यक विलम्ब र नागरिकले भोग्नुपर्ने समस्या क्रमिक रूपमा न्यूनीकरण हुँदै गएक... ...

गोरखापत्र
गजल
ताजा खबरJust now

गजल

गर्न त यी नेताका दलका के कुरा गर्छौ ?राजनीतिमा हुने हल्चलका के कुरा गर्छौ ? उभो लाग्ने समय जति खुट्टा तान्दै ठिक्क छशुभकामना र सफलका के कुरा गर्छौ ? प्रेममा प्रिया नरम श्रीमती कडा देखिन्छिन्आखिर ! एउटै धरातलका के कुरा गर्छौ ? ज्युँदो छउजेल भोक नदेख्ने समाजलेमरेपछि माना चामलका के कुरा गर्छौं ? तिमी बिना त स्वर्ग पनि चाहिन्न मलाईसंगमरमरको महलका के कुरा गर्छौं ...

हिमालय टाइम्स
पौडेल : मार्क्सवादी अर्थशास्त्र र कठोर यथार्थता-२
ताजा खबरJust now

पौडेल : मार्क्सवादी अर्थशास्त्र र कठोर यथार्थता-२

गत १३ गते शुक्रबारको अंकबाट क्रमशःकम्युनिष्ट असफलताको प्रश्न : मार्क्सवाद असफल भयो कि मार्क्सवादीहरू ?मार्क्सवाद र कम्युनिष्ट आन्दोलनको आलोचना गर्दा कम्तीमा तीनवटा अलग तह छुट्याउनुपर्छ । पहिलो, मार्क्सवाद एउटा सामाजिक, आर्थिक र दार्शनिक सिद्धान्त हो । यसको विश्लेषण उत्पादन सम्बन्ध, वर्गीय शक्ति, पुँजीसञ्चय, असमानता र सामाजिक परिवर्तनका प्रश्नसँग सम्बन्धित छ । व्याख्या, सीमितता र समकालीन उपयोगिता बारे बहस गर्न सकिन्छ ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play