सशस्त्र प्रहरीले गर्यो निशान, मौलो तथा कोत पूजा

बडादशैँ २०८३ को अवसरमा सशस्त्र प्रहरी बलले नेपालको निशान, मौलो तथा कोत पूजा गरेको छ । कार्तिक ३ गते महानवमीका दिन सशस्त्र प्रहरी बलले नेपालको निशान, मौलो तथा कोत पूजा हलचोक स्वयम्भूस्थित नम्बर १९ बगलामुखी विशेष कार्यदल गणमा आयोजना गरेको हो । संगठन प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलको प्रमुख आतिथ्यतामा बिहान ७ बजेर ३५ मिनेटको पूजाको संकल्प साइतमा सुरु भएको पूजा कार्यक्रममा महानिरीक्षक पौडेलले सशस्त्र प्रहरी बल, नेपालको निशानमा विधिपूर्वक पञ्जाछाप लगाएका थिए । सशस्त्र प्रहरी बल, नेपालले बडादशैँको अवसरमा हरेक वर्ष आफ्नो साङ्गठनिक परम्परा अनुसार निशान, मौलो तथा कोत पूजा अर्चना गर्दै आएको छ। समारोहमा सशस्त्र प्रहरी बल, नेपालको सलामी टोलीले निशान भगवती सलामी अर्पण गरेको थियो भने सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक, प्रधान कार्यालय तथा उपत्यकास्थित इकाईहरूबाट प्रतिनिधित्व गर्नुहुने वरिष्ठ अधिकृतहरू,सिनियर अधिकृतहरू, अधिकृतहरू एवं बिल्लादार जवानहरूद्वारा पूजाअर्चना तथा मौलो परिक्रमा गरिएको थियो। समारोहको समापनका अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलले मौलो पूजा व्यवस्थापन एवं सञ्चालनमा उत्कृष्ट कार्य गर्ने सशस्त्र प्रहरी कर्मचारीहरूलाई पगरी तथा नगद समेत पुरस्कार प्रदान गरेका थिए ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

कैलालीबाट अछाम जाँदै गरेको मिनी बस सुर्खेतमा दुर्घटना, ९ जना घाइते
३ कातिक, सुर्खेत । सुर्खेतको पञ्चपुरी नगरपालिका–३ लगाम डाँडामोडमा आज (भदौ ३ गते) मिनीबस (फोर्स गाडी) दुर्घटना हुँदा नौ जना घाइते भएका छन्। कैलालीको लम्कीबाट अछामतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ ज ०८४४ नम्बरको फोर्स गाडी बिहान करिब १०ः३० बजे अनियन्त्रित भई सडकमा पल्टिएको हो। जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार दुर्घटनामा घाइते भएका नौ जनालाई… ...

सडक सम्पर्क विच्छेद भएका बस्तीमा ड्रोनबाट राहत सामग्री
बाढीका कारण सडक सम्पर्क विच्छेद भएका गोरखाका दुर्गम बस्तीमा ड्रोनमार्फत राहत सामग्री पुर्याइएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सडक सम्पर्क टुटेका बस्तीमा राहत सामग्री पुर्याउन ड्रोनको प्रयोग गरिरहेको जनाएको छ। दसैँका समयमा समेत प्रभावित नागरिकलाई आवश्यक राहत उपलब्ध गराउन ड्रोन प्रयोग गरिएको प्राधिकरणले जनाएको हो। प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले सडक सम्पर्क विच्छेद भएका र भौगोलिक रूपमा विकट ...

चाडपर्व लक्षित ‘प्रोएक्टिभ’ सुरक्षा रणनीति प्रभावकारी, ठूला दुर्घटना र अपराधमा कमी
चाडपर्व केन्द्रित सक्रिय प्रहरी परिचालन र आधुनिक प्रविधिको प्रयोगका कारण यस वर्षको बडादशैँ अवधिमा देशभरको शान्ति सुरक्षा सुदृढ रहेको नेपाल प्रहरीले जनाएको छ । सिन्धुलीको सुनकोशी नदीमा भएको यात्रुवाहक सुमो दुर्घटनाबाहेक ठूलो जनधनको क्षति हुने अन्य गम्भीर घटनाको जानकारी प्राप्त नभएको प्रहरीले जनाएको हो । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) अविनारायण काफ्लेले दशैँलाई सुरक्षित र मर्यादित बनाउन प्रहरीले ‘प्रोएक्टिभ ...

गुल्मीका शक्तिपीठमा भक्तजनको घुइँचो
३ कात्तिक, गुल्मी । बडादसैँको नवौँ दिन महानवमीका अवसरमा गुल्मीका विभिन्न शक्तिपीठ तथा ऐतिहासिक मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । जिल्लाका मुसिकोट, इस्माकोट, धुर्कोट, अर्जै, चारपाला दरबार, उजुङ्गकोट, जोगिथुम, चोयगा, शान्तिपुर र तम्घासलगायतका मन्दिरमा भक्तजनले नवदुर्गाको पूजाआराधना गर्नुका साथै पशुबलि तथा फलफूल चढाएर महानवमी मनाएका छन् । मनोकामना पूरा हुने तथा परिवारमा सुख, शान्ति… ...


