Thursday, October 29, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

Share:WhatsAppFacebookX (Twitter)Telegram
सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौँ।राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको छ। हालै नोड डट जेएस रनटाइममा नोड टु सेललगायतका गम्भीरसुरक्षा कमजोरीहरू पहिचान भएको उल्लेख गर्दै केन्द्रले सम्बन्धित निकायका प्रणाली तथा वेब एप्लिकेशनमा प्रयोग भएका नोड डट जेएस रनटाइमको भर्सन जाँच गरी नयाँ भर्सन अद्यावधिक गर्न आग्रह गरेको हो। “कमजोरीको दुरुपयोग भएमा सम्बन्धित प्रणालीमा अनधिकृत पहुँच प्राप्त हुने, सेवा अवरुद्ध हुने तथा प्रणालीमा चलिरहेका कार्यहरूमा अनधिकृत नियन्त्रण कायम हुनसक्ने जोखिम रहन्छ । यसबाट बच्न सुरक्षा उपायहरू अबलम्बन गर्न अनुरोध छ”, केन्द्रले भनेको छ। केन्द्रले आजै एक परिपत्र जारी गर्दै वेबसाइटहरू सुरक्षित गर्न वैध एसएसएल/टिएलएस प्रमाणपत्र अनिवार्य रूपमा लागू गर्न पनि निर्देशन दिएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सूचना प्रविधि तथा विद्युतीय शासन कार्यालय मातहत रहेको केन्द्रले सङ्घीय मन्त्रालय, आयोग, सचिवालय, प्रदेश मन्त्रालय, नेपाल नगरपालिका सङ्घ तथा गाउँपालिका राष्ट्रिय महासङ्घलाई पत्राचार गर्दै वेबसाइटको सुरक्षा मापदण्ड प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गरेको हो। केन्द्रले पछिल्ला दिनमा साइबर सुरक्षा जोखिम बढ्दै गएको सन्दर्भमा प्रयोगकर्ताको तथ्याङ्क सुरक्षित रूपमा आदानप्रदान गर्न वेबसाइटमा इन्क्रिप्सन व्यवस्था अनिवार्य गर्नुपर्ने जनाएको छ। त्यसका लागि टिएलएस १.२ वा टिएलएस १.३ प्रोटोकलसहितको वैध एसएसएल/टिएलएस प्रमाणपत्र प्रयोग गर्नुपर्ने निर्देशनमा उल्लेख छ । निर्देशनअनुसार सबै सरकारी निकायले आफ्ना वेबसाइटमा प्रयोग भइरहेको एसएसएल/टिएलएस प्रमाणपत्रको वैधता तत्काल जाँच गर्नुपर्नेछ । प्रमाणपत्र नभएका वा म्याद समाप्त भएका वेबसाइटमा आधिकारिक तथा विश्वसनीय निकायबाट वैध प्रमाणपत्र जारी गरी जडान र कन्फिगरेसन गर्नुपर्नेछ। त्यस्तै, वेबसाइटलाई एचटिटिपिएस माध्यमबाट मात्र सञ्चालन हुने व्यवस्था मिलाउन र टिएलएस १.२ तथा टिएलएस १.३ जस्ता पुराना तथा असुरक्षित प्रोटोकल पूर्ण रूपमा बन्द गर्न पनि केन्द्रले निर्देशन दिएको छ। एसएसएल/टिएलएस प्रमाणपत्रको म्याद समाप्त हुनुअगावै नियमित नवीकरण गर्ने व्यवस्था मिलाउन तथा वेबसाइटको सुरक्षामा देखिने कमजोरीबाट साइबर आक्रमणको जोखिम न्यूनीकरण गर्न अन्य आवश्यक सुरक्षा मापदण्डसमेत उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्न केन्द्रले आग्रह गरेको छ। सरकारी वेबसाइटको सुरक्षा सुदृढ गर्दै नागरिकका व्यक्तिगत विवरण तथा अन्य संवेदनशील सूचनाको संरक्षण गर्न यस्तो व्यवस्था आवश्यक रहेको केन्द्रले जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

सहकारीका मुद्दा हेर्न जिल्ला अदालतमा छुट्टै इजलास गठन गरिँदै
ताजा खबरJust now

सहकारीका मुद्दा हेर्न जिल्ला अदालतमा छुट्टै इजलास गठन गरिँदै

काठमाडौं । सहकारीसम्बन्धी मुद्दाहरूको सुनुवाइ छुट्टै इजलासबाट हुने भएको छ । सर्वोच्च अदालतले मुद्दाको सुनुवाइ छिटोछरितो बनाउन एक थानभन्दा बढी मुद्दा रहेका जिल्ला अदालतमा समर्पित इजलास (डेडिकेटेड बेञ्च) गठन गरी सुनुवाइको व्यवस्था गर्न निर्देशन दिएसँगै सहकारीसम्बन्धी मुद्दाहरूको सुनुवाइ छुट्टै इजलासबाट हुने भएको हो । सहकारीसम्बन्धी मुद्दाको संख्या एक सयभन्दा बढी भएका जिल्ला अदालतमा समर्पित इजलास गठन गर्ने र त्यसभन्दा कम मुद्दा ...

हिमालय टाइम्स
अमेरिकी र अस्ट्रेलियन डलरको भाउ बढ्यो, युरो र पाउन्डको घट्यो
ताजा खबरJust now

अमेरिकी र अस्ट्रेलियन डलरको भाउ बढ्यो, युरो र पाउन्डको घट्यो

नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।  आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, कुवेती र बहराइन दिनारसहित केही विदेशी मुद्रा महँगिएका छन्। तर, युरो, पाउन्ड लगायत कतिपय मुद्राको विनिमयदर भने घटेको राष्ट्र बैंकले जनाएको छ।  हिजो अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो ... ...

नेपालखबर
नेपालतिर सोझियो ‘अर्णव’ चक्रवात
ताजा खबरJust now

नेपालतिर सोझियो ‘अर्णव’ चक्रवात

काठमाडौँ, कात्तिक १२ गते । बङ्गालको खाडीमा विकसित भएको शक्तिशाली ‘अर्णव’ चक्रवात भारतको आन्ध्र प्रदेशको विशाखापट्टनम र यानमको तटीय क्षेत्रमा बुधबार प्रवेश गरेको छ । चक्रवातले भारतक... ...

गोरखापत्र
भारतमा ‘अर्नब’ चक्रवातको वितण्डा, आजदेखि नेपालमा जोखिम
ताजा खबरJust now

भारतमा ‘अर्नब’ चक्रवातको वितण्डा, आजदेखि नेपालमा जोखिम

काठमाडौं । बंगालको खाडीबाट विकसित भएर आएको ‘अर्नब’ चक्रवातले छिमेकी देश भारतको आन्ध्र प्रदेश र ओडिसाको तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ । भारतको मौसम विज्ञान विभागका अनुसार यानमको दक्षिणमा, बापटला र विशाखापट्टनमको बीचमा तटमा ठोक्किएको यस भीषण चक्रवातका कारण प्रतिघण्टा १२५ देखि १३५ किलोमिटरसम्मको तीव्र गतिमा हावा चलेको थियो । यसको असर भारतका एक दर्जनभन्दा बढी राज्यहरूमा फैलिसकेको छ ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play