भारतमा ‘अर्नब’ चक्रवातको वितण्डा, आजदेखि नेपालमा जोखिम

काठमाडौं । बंगालको खाडीबाट विकसित भएर आएको ‘अर्नब’ चक्रवातले छिमेकी देश भारतको आन्ध्र प्रदेश र ओडिसाको तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएको छ । भारतको मौसम विज्ञान विभागका अनुसार यानमको दक्षिणमा, बापटला र विशाखापट्टनमको बीचमा तटमा ठोक्किएको यस भीषण चक्रवातका कारण प्रतिघण्टा १२५ देखि १३५ किलोमिटरसम्मको तीव्र गतिमा हावा चलेको थियो । यसको असर भारतका एक दर्जनभन्दा बढी राज्यहरूमा फैलिसकेको छ र यसले जनजीवन नराम्ररी प्रभावित पारेको छ । चक्रवातको प्रभावले ती क्षेत्रमा लगातार भारी वर्षा भइरहेको छ । भारतको आन्ध्र प्रदेशमा यस आँधीका कारण तीन जनाको ज्यान गएको छ भने ३० वटा घरमा क्षति पुगेको छ । त्यहाँका ७१४ वटा गाउँ प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । भारतीय सञ्चार माध्यमहरूले जनाएअनुसार सम्भावित जोखिमलाई मध्यनजर गर्दै चार हजार चक्रवात आश्रयस्थलहरू तयार पारिएका छन् । ओडिसामा १६ जिल्लाका विद्यालयहरू बन्द गरिएका छन् भने ३० हजारभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ । चक्रवातका कारण ५० वटा रेल सेवा र विजयवाडा तथा विशाखापट्टनम विमानस्थलबाट हुने २१ वटा उडानहरू रद्द गरिएका छन् । प्रभावित क्षेत्रमा धानबालीहरू पूर्णरूपमा डुबानमा परेका छन् भने १६७ वटा गाउँमा बाढीको उच्च चेतावनी जारी गरिएको छ । चक्रवात जमिनमा प्रवेश गरेसँगै यसको गति केही सुस्त हुँदै गएको छ र यसलाई सुरुवाती ‘अत्यन्त भीषण चक्रवाती आँधी’को श्रेणीबाट घटाएर ‘भीषण चक्रवाती आँधी’को रूपमा राखिएको छ । मौसम अधिकारीहरूका अनुसार यसको प्रभाव आगामी शुक्रबारसम्म रहनेछ । यसैबीच, ‘अर्नब’ नामले पनि धेरैको ध्यान खिचेको छ । मौसमसम्बन्धी विज्ञहरूका अनुसार यस चक्रवातको नाम बंगलादेशले प्रस्ताव गरेको थियो । यो एक बंगाली शब्द हो जसको अर्थ ‘महासागर’ वा ‘समुद्र’ हुन्छ । उत्तरी हिन्द महासागरमा हुने उष्णकटिबन्धीय चक्रवातहरूको नामकरण प्रणालीअन्तर्गत १३ वटा देशले दिएका ५२ वटा नामको सूचीबाट यो नाम राखिएको हो । यो सूची अप्रिल २०२० मा अपनाइएको थियो । देशैभर उच्च सतर्कता अपनाउन आग्रहभारतीय तटीय क्षेत्रमा मच्चिएको वितण्डापछि अब यो चक्रवातको बाहिरी घेराका बादलहरू नेपालतर्फ सरिरहेका छन् । बुधबारदेखि नै काठमाडौंसहित देशका विभिन्न भागमा उच्च बादल देखिन थालेको छ । यसले नेपालमा पार्नसक्ने प्रभावलाई लिएर जनमानस तहमा ठूलो चासो र चिन्ता बढेको छ । जल तथा मौसम विज्ञान विभागकी मौसमविद् बिनु महर्जनका अनुसार १४० किलोमिटर प्रतिघण्टाको वेगमा विकसित भएको चक्रवातको असर भारतका राज्यहरूमा फैलिँदै नेपालको मौसम प्रणालीमा समेत जोडिन पुगेको छ । मौसमविद् विभूति पोखरेलले विशाखापट्टनमको जमिनमा ठोक्किएको यो आँधी नेपालनजिक आइपुग्दा धेरै कमजोर भइसक्ने स्पष्ट पार्नुभएको छ । उहाँले भन्नुभएको छ कि चक्रवात धेरै कमजोर भएर न्यूनचापीय क्षेत्रको रूपमा रहने देखिएको छ र हाम्रोमा आइपुग्दा यो अझै कमजोर हुने सम्भावना छ । तर, यसको ट्र्याक अर्थात् बाटो लगभग नेपालतर्फ देखिएको हुनाले सबैले गम्भीरतापूर्वक सतर्कता अपनाउनुपर्ने हुन्छ । राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख एवं विपत् विज्ञ डा. धर्मराज उप्रेतीले पनि मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार बिहीबार रातिदेखि शनिबारसम्मका लागि देशैभर उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको छ । गएको असोज महिनामा पनि यस्तै चक्रवात बन्ने आँकलन गरिएको थियो र त्यसले चक्रवातको रूप नलिए पनि नेपालमा वर्षा गराएको थियो । अहिलेको चक्रवातले भने केही स्थानमा त्यसबेलाको भन्दा धेरै वर्षा र हिमपात गराउन सक्ने आँकलन गरिएको छ । शुक्रबार र शनिबार भने नेपालमा तुलनात्मक रूपमा बढी असर देखिने अनुमान गरिएको छ । लुम्बिनी प्रदेशसहित देशका विभिन्न भागमा उच्च जोखिमअर्नब चक्रवातको प्रभावले लुम्बिनी प्रदेशका सातवटा जिल्लाहरू बढी प्रभावित हुने पूर्वानुमान गरिएको छ । प्रदेश सरकारका अनुसार अर्घाखाँची, पाल्पा, कपिलवस्तु, प्युठान, रुकुमपूर्व, रोल्पा र नवलपरासी पश्चिममा बढी जोखिम रहेको छ । आन्तरिक मामिला, कानुन तथा यातायात मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै १३ र १४ गते विशेष सावधानी अपनाउन आग्रह गरेको छ । मन्त्रालयले १२ गतेअघि नै धानबाली काट्ने र भित्र्याउने काम सम्पन्न गर्न किसानहरूलाई अनुरोध गरेको छ । साथै, नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई सुरक्षित स्थानमा रहन र स्थानीय सुरक्षा निकायलाई उद्धारका लागि तयारी अवस्थामा रहन निर्देशन दिइएको छ । यसैबीच, पर्यटन विभागले कात्तिक ११ देखि १५ गतेसम्म भारी वर्षा, हिमपात र हिमपहिरोको उच्च जोखिम रहेको औँल्याउँदै पर्यटक तथा पर्वतारोहीहरूलाई उच्च हिमाली क्षेत्रमा नजान आग्रह गरेको छ । मौसम बुलेटिनअनुसार उक्त अवधिमा मेघगर्जन, चट्याङ र हुरी बताससहित भारी वर्षा हुन सक्नेछ । यसबाट बाढी, पहिरो र भूक्षयको जोखिम बढ्ने तथा उच्च हिमाली क्षेत्रमा हिमआँधी जानसक्ने पूर्वानुमान गरिएको छ । विभागले खुम्बु, मनाङ लगायतका हिमाली क्षेत्र तथा काठमाडौं र पोखराका स्वास्थ्य संस्थामा उच्च हिमाली क्षेत्रमा देखिने लेक लाग्ने समस्याको उपचार सेवा सहज रूपमा उपलब्ध गराउन सम्बन्धित निकायलाई अनुरोध गरेको छ । बुधबारदेखि नै नेपालका विभिन्न भागमा यसको प्रभावको संकेत देखिन थालेको छ भने बिहीबार रातिदेखि उच्च हिमाली भेगमा हिमपात र अन्य स्थानमा वर्षा हुनेछ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ । मौसम प्रतिकूल बन्ने देखिएकाले आधिकारिक निकायबाट जारी हुने सूचनालाई नियमित रूपमा पालना गर्न र अनावश्यक यात्रा नगर्न सबैमा विशेष अनुरोध गरिएको छ ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

विश्वकै दुर्लभ मानिने ‘राज गोमन’ सर्पको उद्धार
पुरुषोत्तम सुवेदीपश्चिम नवलपरासी, कात्तिक १२ गते । पश्चिम नवलपरासीको सरावल गाउँपालिकामा विश्वमै दुर्लभ मानिने लामो विषालु सर्प दुर्लभ ‘राज गोमन’को उद्धार गरिएको छ ।सरावल गाउँपालिका... ...

आज कांग्रेसका पदाधिकारी र सदस्यको शपथग्रहण, केन्द्रीय कार्यसमितिको पहिलो बैठक आजै बस्ने
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आज कात्तिक १२ गतेदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित केन्द्रीय कार्यालय (बीपी स्मृति भवन) मा आज दिउँसो २ बजे आयोजना हुने विशेष समारोहमा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले शपथ ग्रहण गरेर जिम्मेवारी सम्हाल्न लागेका हुन्। केन्द्रीय निर्वाचन समितिका अनुसार आजको समारोहमा पार्टी सभापतिबाहेक बाँकी सम्पूर्ण पदाधिकारी तथा ...

साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्यमा आठ लाख रुपैयाँ बढीको खाद्यान्न बिक्री
बागमती। साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड, मकवानपुरले चाडपर्वलाई लक्षित गर्दै कार्यालयबाट गरिरहेको सुपथ मूल्यमा खाद्यान्न बिक्रीका क्रममा आठ लाख रुपैयाँ बढीको बिक्री गरिएको छ। सरकारको निर्देशनअनुसार गत असोज १ गतेदेखि कार्यालयमा उपलब्ध नुन, चिनी, तेल र मैदा तोकिएको छुट मूल्यमा बिक्री गरिएकामा दसैँ बिदाको अवधिसम्म आठ लाख रुपैयाँ बढीका खाद्यान्न सामान बिक्री भएको कार्यालय प्रमुख मधुसुधन अधिकारीले जानकारी दिए। उनका अनुसार सर्वसाधारणलाई समान ...

साल्ट ट्रेडिङले मकवानपुरमा बेच्यो दसैँको बेला ८ लाख रुपैयाँको खाद्यान्न
साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड, मकवानपुरले चाडपर्वलाई लक्षित गर्दै कार्यालयबाट गरिरहेको सुपथ मूल्यमा खाद्यान्न बिक्रीका क्रममा आठ लाख रुपैयाँ बढीको बिक्री गरेको छ। सरकारको निर्देशनअनुसार गत असोज १ गतेदेखि कार्यालयमा उपलब्ध नुन, चिनी, तेल र मैदा तोकिएको छुट मूल्यमा बिक्री गरिएकामा दसैँ बिदाको अवधिसम्म आठ लाख रुपैयाँ बढीका खाद्यान्न सामान बिक्री भएको कार्यालय प्रमुख ... ...


