साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको सुपथ मूल्यमा आठ लाख रुपैयाँ बढीको खाद्यान्न बिक्री

बागमती। साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड, मकवानपुरले चाडपर्वलाई लक्षित गर्दै कार्यालयबाट गरिरहेको सुपथ मूल्यमा खाद्यान्न बिक्रीका क्रममा आठ लाख रुपैयाँ बढीको बिक्री गरिएको छ। सरकारको निर्देशनअनुसार गत असोज १ गतेदेखि कार्यालयमा उपलब्ध नुन, चिनी, तेल र मैदा तोकिएको छुट मूल्यमा बिक्री गरिएकामा दसैँ बिदाको अवधिसम्म आठ लाख रुपैयाँ बढीका खाद्यान्न सामान बिक्री भएको कार्यालय प्रमुख मधुसुधन अधिकारीले जानकारी दिए। उनका अनुसार सर्वसाधारणलाई समान रूपमा छुटको सुविधा उपलब्ध गराउने उद्देश्यले प्रतिव्यक्ति छ पोका नुन, छ किलो चिनी, पाँच लिटर तेल र पाँच किलो मैदा उपलब्ध गराइएको थियो । बजारको प्रचलित मूल्यभन्दा चिनीमा प्रतिकिलो पाँच रुपैयाँ, नुनमा दुई रुपैयाँ, मैदामा सात रुपैयाँ र तेलमा प्रतिलिटर सात रुपैयाँ छुट दिइएको उनले बताए। त्यसअनुसार यस अवधिमा ६० बोरा (प्रत्येक बोरामा ५० किलो तौल भएको) चिनी, १० क्विन्टल नुन, सात क्विन्टल पिठो/मैदा र ५०० लिटर तेल बिक्री गरिएको कार्यालयले जनाएको छ । चाडपर्व लक्षित सुपथ मूल्यमा बिक्री गर्नेक्रम कात्तिक मसान्तसम्म सञ्चालन हुने कार्यालय प्रमुख अधिकारीले जानकारी दिए। साल्ट ट्रेडिङले गत असोज १ गतेदेखि दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गरी सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको हो। साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले बिर्तामोड, विराटनगर, राजविराज, लहान, जनकपुर, वीरगञ्ज, हेटौँडा, नारायणगढ, त्रिशूली, पोखरा र बागलुङमा दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै सुपथ मूल्य पसल सञ्चालन गरेको छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

रेल दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या ६८ पुग्यो, तीन दिन राष्ट्रिय शोक
दुई तीव्र गतिका रेल आपसमा ठोक्किँदा मृत्यु हुनेको सङ्ख्या ६८ पुगेको छ। ...

नागढुंगा सुरुङमार्गमा कात्तिक १५ देखि सवारी शुल्क लाग्ने
काठमाडौं। नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आगामी कात्तिक १५ गतेदेखि सडक उपभोग दस्तुर (टोल शुल्क) संकलन सुरु हुने भएको छ। सडक बोर्ड नेपालको कार्यकारी समितिको असोज १२ गतेको निर्णय र नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार यो शुल्क लागू गर्न लागिएको हो। नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले सार्वजनिक सूचना जारी गर्दै शुल्कको दर सार्वजनिक गरेको छ। आयोजनाले सवारीसाधनलाई चार वर्गमा विभाजन गरी काठमाडौं प्रवेश ...

हरायो खेन्हुवा र खढी
धनगढी समाचारदाताधनगढी, कात्तिक १२ गते । थारू समुदायमा धान थन्क्याउने परम्परागत विधि खेन्हुवा र खढीको चलन विस्तारै हराउँदै गएको छ । आधुनिक तरिकाले छिटो धान थन्क्याउने प्रविधि आएसँगै... ...
![एनपीएल : मैदान दर्शकको हुटिङले गुन्जिन्छ, बाहिर व्यापार चम्किन्छ [भिडियो]](https://hamrakura.com/uploads/news/images/npl-byapar.jpg)
एनपीएल : मैदान दर्शकको हुटिङले गुन्जिन्छ, बाहिर व्यापार चम्किन्छ [भिडियो]
नेपाल प्रिमियर लिग (एनपीएल) ...


