Thursday, October 29, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/नागढुंगा सुरुङमार्गमा कात्तिक १५ देखि सवारी शुल्क लाग्ने

नागढुंगा सुरुङमार्गमा कात्तिक १५ देखि सवारी शुल्क लाग्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
नागढुंगा सुरुङमार्गमा कात्तिक १५ देखि सवारी शुल्क लाग्ने

काठमाडौं। नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट आगामी कात्तिक १५ गतेदेखि सडक उपभोग दस्तुर (टोल शुल्क) संकलन सुरु हुने भएको छ। सडक बोर्ड नेपालको कार्यकारी समितिको असोज १२ गतेको निर्णय र नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार यो शुल्क लागू गर्न लागिएको हो। नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाले सार्वजनिक सूचना जारी गर्दै शुल्कको दर सार्वजनिक गरेको छ। आयोजनाले सवारीसाधनलाई चार वर्गमा विभाजन गरी काठमाडौं प्रवेश र प्रस्थानका लागि फरक-फरक शुल्क निर्धारण गरेको छ। जसअनुसार कार, भ्यान, पिकअप, ट्याक्टर र माइक्रो बसजस्ता हलुका सवारीसाधनले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र प्रस्थान गर्दा ६० रुपैयाँ शुल्क तिर्नुपर्नेछ। मिनी बस र मिनी टिपर-ट्रकका लागि काठमाडौं प्रवेश गर्दा ११५ रुपैयाँ र प्रस्थान गर्दा ८० रुपैयाँ शुल्क तोकिएको छ। त्यस्तै, बस र सिंगल रियर एक्सल भएका ट्रकका लागि प्रवेश शुल्क २६० रुपैयाँ र प्रस्थान शुल्क २०० रुपैयाँ कायम गरिएको छ। सबैभन्दा बढी शुल्क मल्टी एक्सल ट्रक र भारी उपकरणका लागि तोकिएको छ। यस्ता सवारीसाधनले काठमाडौं प्रवेश गर्दा ६०० रुपैयाँ र प्रस्थान गर्दा २५० रुपैयाँ शुल्क तिर्नुपर्ने आयोजनाले जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

काभ्रेका दुई पालिकाद्वारा जग्गा अतिक्रमण रोक्न सीमाङ्कन
ताजा खबरJust now

काभ्रेका दुई पालिकाद्वारा जग्गा अतिक्रमण रोक्न सीमाङ्कन

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकका नमोबुद्ध र मण्डनदेउपुर नगरपालिकाले सरकारी, सार्वजनिक तथा वन क्षेत्रको अतिक्रमण रोक्न जग्गाको सीमाङ्कन सुरु गरेका छन् । नमोबुद्ध नगरपालिकाले वडा नं ३ र ४ का सामुदायिक वनमा भएको... ...

रातोपाटी
सलिको गल्फ प्रतियोगिता गोकर्ण फरेस्ट रिसोर्टमा आयोजना हुने
ताजा खबरJust now

सलिको गल्फ प्रतियोगिता गोकर्ण फरेस्ट रिसोर्टमा आयोजना हुने

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले आगामी शनिबार गोकर्ण फरेस्ट रिसोर्टको गल्फ कोर्समा “सलिको गल्फ प्रतियोगिता २०२६” आयोजना गर्ने भएको छ । व्यक्तिगत ग्राहक, व्यवसाय तथा कर्पोरेट क्षेत्रका ग्राहकहरूलाई लक्षित गर्दै विभिन्न प्रकारका निर्जीवन बीमा सेवा प्रदान गर्दै आएको सगरमाथा लुम्बिनी इन्स्योरेन्सले यस वर्षको प्रतियोगिता गोकर्ण फरेस्ट रिसोर्टको १८ होलको च्याम्पियनसिप स्तरको पार–७२ गल्फ कोर्समा आयोजना गर्न लागेको ...

कर्पोरट खबर
हवाई फायर गरेर खैरो हिरोइनसहित सिरहाको मार्डरबाट दुई जना लागुऔषध कारोबारी पक्राउ
ताजा खबरJust now

हवाई फायर गरेर खैरो हिरोइनसहित सिरहाको मार्डरबाट दुई जना लागुऔषध कारोबारी पक्राउ

• सिरहामा प्रहरीले हवाई फायर गरेर दुई जना भारतीय लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ। • पक्राउ गरिएका व्यक्तिहरूसँग ३०० ग्राम खैरो हेरोइन र एउटा मोटरसाइकल बरामद भएको छ। • घटनाबारे थप अनुसन्धान भइरहेको छ। ...

नेपालबहस
नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ देखि सवारी शुल्क लाग्ने
ताजा खबरJust now

नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ देखि सवारी शुल्क लाग्ने

काठमाडौँ, कात्तिक १२ गते । नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाले यही कात्तिक १५ गतेदेखि सुरुङमार्ग सडकको उपयोग गर्ने सवारीसाधनलाई दस्तुर (टोल शुल्क) लगाउने भएको छ ।आयोजनाले आज सार्... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play