सप्तकोशीमा जेटबोट दुर्घटना : बालिकासहित तीन जनाको मृत्यु

काठमाडौं । सप्तकोशी नदीमा भोजपुरबाट चतरातर्फ आउँदै गरेको यात्रुबाहक जेटबोट दुर्घटना हुँदा एक बालिकासहित तीन जनाको मृत्यु भएको छ। धनकुटाका प्रहरी प्रमुख नारायण रञ्जितकारका अनुसार अरुण र दूधकोसीको सङ्गमस्थल त्रिवेणी क्षेत्रनजिक जेटबोटको इन्जिन अचानक फेल भएको थियो। इन्जिन फेल भएपछि जेटबोट अनियन्त्रित भई नदीमा बग्ने क्रममा दुर्घटना भएको हो। दुर्घटनामा एक बालिका, एक महिला र एक पुरुषको मृत्यु भएको छ। उनीहरूको औपचारिक पहिचान खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। जेटबोटमा कुल १६ जना यात्रु सवार रहेको खुलेको छ। यद्यपि, टिकट काट्ने यात्रुको सङ्ख्या भने १२ जना रहेको पाइएको छ। दुर्घटनामा परेका अन्य पाँच जना यात्रु सकुशल घर फर्किसकेको जनाइएको छ भने एक जना गम्भीर घाइतेलाई उद्धार गरी उपचारका लागि चतरा अस्पतालमा भर्ना गरिएको छ। घटनाको कारण पत्ता लगाउन प्रहरीले जेटबोट चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको छ। दुर्घटनामा सम्भावित लापरबाही भए–नभएको विषयमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

पर्यटकको रोजाइमा घोडेपानी–पुनहिल
म्याग्दी । पूर्वी क्षितिजमा लाली चढ्दै गर्दा पुनहिलको टाकुरा पर्यटकले भरिन थाल्छ । कोही क्यामेरा तेस्र्याउँछन्, कोही मोबाइलमा दृश्य कैद गर्न व्यस्त हुन्छन् । चराहरूको चिरबिरसँगै विस्तारै खुल्दै जान्छन् हिमाल । सूर्यको पहिलो किरण हिउँचुचुरामा पर्दा सेता हिमशृङ्खला सुनौलो रङमा चम्किन्छन् । प्रकृतिको यही अनुपम दृश्यले पर्यटकलाई मन्त्रमुग्ध बनाउँछ । मनसुन सकिएपछि खुलेको नीलो आकाश, लहरै देखिने हिमाल र चिसो मौसमसँगै ...

एनपीएलका बेला त्रिवि परिसर प्रवेश गर्न परिचयपत्र अनिवार्य
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिता सञ्चालन हुने भएपछि त्रिभुवन विश्वविद्यालय परिसरमा प्रवेश गर्ने प्राध्यापक, कर्मचारी र विद्यार्थीलाई परिचयपत्र साथमा ल्याउन अनुरोध गरिएको छ । त्रिभुवन विश्वविद्यालय, विश्वविद्यालय क्याम्पस... ...

एनपीएलमा डेढ अर्बको कारोबार हुने
काठमाडौं । भोलिदेखि सुरू हुने नेपाल प्रिमियर लिग (एनपीएल)को कारोबार डेढ अर्ब हुने अनुमान गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा संघका कोषाध्यक्ष पदमबहादुर खड्काले भोलिदेखि सुरू हुने लिगको कारोबार १५० करोड रुपैयाँसम्मको हुने बताए खड्काका अनुसार स्पोन्सर, टिकट आदिबाट २० करोड रुपैयाँको संघलाई आम्दानी हुने छ । संघले यस वर्ष ७० देखि ७५ करोड रुपैयाँसम्मको ...

हङकङमा एचकेनुट्राले गर्यो किड्स दौड प्रतियोगिता
हङकङ नेपाली अल्ट्रा-ट्रेल रनिङ संघ (एचकेनुट्रा)ले हङकङमा किड्स दौड प्रतियोगिता गरेको छ। एनआरएनजी १० किमि दौड प्रतियोगिता आइतबार बिहान ९ बजे ताइतोङ बीबीक्यू स्पोर्ट्स्‌बाट सुरु भएको थियो। दौडमा सहभागी साना नानीहरूलाई आधा दर्जन प्रशिक्षकले साथ दिएका थिए। हङकङमा नेपाली समुदायका बालबालिकालाई खेलकुदमा सक्रिय बनाउन एचकेनुट्राले बेलाबेलामा यस्ता गतिव... ...


