Sunday, October 25, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/एनपीएलमा डेढ अर्बको कारोबार हुने

एनपीएलमा डेढ अर्बको कारोबार हुने

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपीएलमा डेढ अर्बको कारोबार हुने

काठमाडौं । भोलिदेखि सुरू हुने नेपाल प्रिमियर लिग (एनपीएल)को कारोबार डेढ अर्ब हुने अनुमान गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा संघका कोषाध्यक्ष पदमबहादुर खड्काले भोलिदेखि सुरू हुने लिगको कारोबार १५० करोड रुपैयाँसम्मको हुने बताए ​ खड्काका अनुसार स्पोन्सर, टिकट आदिबाट २० करोड रुपैयाँको संघलाई आम्दानी हुने छ । संघले यस वर्ष ७० देखि ७५ करोड रुपैयाँसम्मको आर्थिक कारोबार गर्ने तथा सोही बराबरको रकम टिमका ओनरले पनि गर्ने हुनाले झन्डै १५० करोड रुपैयाँको कारोबार हुने उनले बताए । एनपीएल सिजन ३ विजेताले १ करोड ५० लाख रूपैयाँ पाउने The post एनपीएलमा डेढ अर्बको कारोबार हुने appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

मोटरबोट दुर्घटना अपडेट : ४ जना बेपत्ता,  ९ जना सकुशल
ताजा खबरJust now

मोटरबोट दुर्घटना अपडेट : ४ जना बेपत्ता, ९ जना सकुशल

काठमाडौँ । आइतबार सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् । धनकुटा, उदयपुर र भोजपुर जिल्लाको संगमस्थल त्रिवेणीस्थित सप्तकोसी नदीमा भएको... ...

रातोपाटी
‘राजनीतिकर्मी अनुसन्धानकर्ता पनि हुनुपर्छ’
ताजा खबरJust now

‘राजनीतिकर्मी अनुसन्धानकर्ता पनि हुनुपर्छ’

भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले राजनीतिकर्मीले राजनीति मात्रै नगरेर अनुसन्धान पनि गर्नुपर्ने बताएका छन् । भक्तपुरमा ४६औँ नेपालभाषा साहित्य तःमुंज्या तथा सांस्कृतिक ब्वज्याको समापन गर्दै उहाँले राजनीतिक क्षेत्रमा सफल हुन अरूको अनुभवबाट सिक्नुपर्ने बताए । उनले राजनीतिमा सक्रिय हुने व्यक्तिले समाजका समस्या बुझ्न, वास्तविकता पहिचान गर्न र त्यसको समाधान खोज्न आफैँले अध्ययन तथा अनुसन्धान गर्नुपर्ने बताए । ...

केन्द्रबिन्दु
अमेरिकाको फ्लोरिडामा फुटबल स्टेडियमनजिक गोलीबारी, १२ जना घाइते
ताजा खबरJust now

अमेरिकाको फ्लोरिडामा फुटबल स्टेडियमनजिक गोलीबारी, १२ जना घाइते

घटनाका बेला फ्लोरिडा A&M विश्वविद्यालयको वार्षिक उत्सवको सप्ताहान्त चलिरहेको थियो। स्थानीय प्रहरीका अनुसार घाइतेहरूमध्ये ६ जना बालबालिका छन्। ...

कान्तिपुर
२९.६ प्रतिशत सामुदायिक विद्यालयमा आइसिटी ल्याब
ताजा खबरJust now

२९.६ प्रतिशत सामुदायिक विद्यालयमा आइसिटी ल्याब

काठमाडौं । मुलुकभर सञ्चालित सामुदायिक विद्यालयमध्ये २९ दशमलव ६ प्रतिशत सामुदायिक विद्यालयमा सूचना प्रविधि प्रयोगशाला (आइसिटी ल्याब) स्थापना भएको छ । विसं २०७७ देखि सञ्चालित ‘राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम’ अन्तर्गत चार हजार ६०८ विद्यालयमा सूचना प्रविधि प्रयोगशाला ९आइसिटी ल्याब० निर्माण भएको हो । शिक्षा तथा खेलकुद मन्त्रालयको वार्षिक प्रतिवेदन, २०८२र०८३ का अनुसार पूर्वाधार विकास र सूचना प्रविधिको विस्तारले शैक्षिक गुणस्तर वृद्धिमा ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play