Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

सडकका कुकुरको व्यवस्थापन गर्न ‘कुकुर होस्टेल’

Share:WhatsAppFacebookX (Twitter)Telegram
सडकका कुकुरको व्यवस्थापन गर्न ‘कुकुर होस्टेल’
Photo / Coverage: पर्दाफास

बागलुङ नगरपालिकाले सडकमा छाडिएका तथा भुस्याहा कुकुरको व्यवस्थापनका लागि सञ्चालनमा ल्याएको ‘कुकुर होस्टेल’ प्रभावकारी बन्दै गएको छ । सडकका कुकुरको उद्धार गरी आवास, खानपान र उपचारको व्यवस्था गरिएको होस्टेल नेपालमै नमुना कार्यक्रमका रूपमा विकास हुँदै गएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले पाँच महिनादेखि सामुदायिक तथा भुस्याहा कुकुरको व्यवस्थापन गर्दै आएको छ । कुकुरको सङ्ख्या बढ्दै जाँदा बजार क्षेत्रमा समस्या देखिएपछि नगरपालिकाले उद्धार गरी होस्टेलमा राखेर स्याहारसुसार गर्न थालेको हो । नगरपालिकाको यो प्रयासबारे जानकारी लिन अन्य स्थानीय तहका प्रतिनिधिसमेत अध्ययनका लागि आउन थालेका छन् । बागलुङ बजारमा सडकका कुकुरबाट समस्या बढेपछि नगरपालिकाले दीर्घकालीन व्यवस्थापनको योजना अघि सारेको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बताए। नगरपालिकाले पहिलो चरणमा ५० वटा कुकुर राख्न सकिने क्षमताको होस्टेल निर्माण गरी ३० वटा कुकुर राखेर व्यवस्थापन सुरु गरेको छ । नगरपालिकाले लामो समयदेखि सडकमा छाडिएका कुकुर संकलन गर्ने अभियान सञ्चालन गर्दै बागलुङ नगरपालिका–३ स्थित पाँच रोपनी सार्वजनिक जग्गामा होस्टेल निर्माण गरेको हो । जग्गामा तारबारसहितको संरचना बनाउन रु एक करोड खर्च भएको नगरपालिकाको पशु शाखा प्रमुख मित्रप्रसाद सापकोटाले जानकारी दिए। नवप्रवर्तन कार्यक्रमअन्तर्गत बागलुङ नगरपालिकाले मुख्यमन्त्री कार्यालयको साझेदारीमा होस्टेल निर्माण गरेको हो । यसका लागि नगरपालिकाले ३५ लाख र मुख्यमन्त्री कार्यालयले ६५ लाख खर्च गरेका छन् । होस्टेलमा कुकुरका लागि आवास, खानपान र खुला क्षेत्रमा बस्ने व्यवस्था मिलाइएको छ । सामुदायिक कुकुरको व्यवस्थित संरक्षणका लागि नगरपालिकाले दुई वर्षअघि नै नीति तथा कार्यक्रममा होस्टेल निर्माण गर्ने लक्ष्य समावेश गरेको थियो । सडकमा छाडिएका कुकुरलाई होस्टेलमा राखेर खानपान र स्याहारको व्यवस्था गर्न थालेपछि बागलुङ बजारको समस्या क्रमशः घट्दै गएको पशु शाखा प्रमुख सापकोटाले बताए। उनका अनुसार कुकुरको टोकाइबाट हुने जोखिम कम गर्न बजारका करिब एक हजार ८०० कुकुरलाई रेबिजविरुद्धको खोप लगाइएको छ । मानिस र कुकुर दुवैको सुरक्षालाई ध्यानमा राखेर होस्टेल सञ्चालन गरिएको उनले बताए। सडकमा छाडिएका कुकुरले यात्रुलाई टोक्ने तथा सवारी दुर्घटनाको जोखिम बढाउने गरेकाले समस्या समाधानका लागि होस्टेल निर्माण गरिएको हो । होस्टेलमा रहेका कुकुरको हेरचाहका लागि एक जना कर्मचारी खटाइएको छ भने नगरपालिकाको पशु शाखाले नियमित प्राविधिक उपचारको व्यवस्था मिलाएको छ । सडकमा छाडिएका कुकुरबाट हुने जोखिम र रेबिजलगायत रोग नियन्त्रण गर्न होस्टेल सञ्चालन गरिएको नगरप्रमुख श्रेष्ठले बताए। नगर प्रहरीको सहयोगमा पशु विकास शाखाले सडकका कुकुरलाई खोप लगाउने, उद्धार गर्ने र होस्टेलमा पुर्‍याउने काम गरिरहेको छ । पहिलो चरणमा ५० वटा कुकुर व्यवस्थापन गर्ने नगरपालिकाको लक्ष्य छ । होस्टेलमा कुकुरको मेनु : बिहान दूधभात, बेलुका ‘चिकनभात’ होस्टेलमा रहेका कुकुरलाई नियमित खानपान र स्वास्थ्य उपचारको व्यवस्था गरिएको छ । बिहान दूधभात र बेलुका ‘चिकनभात’ खुवाउने गरिएको नगरपालिकाले जनाएको छ । कुकुरलाई आवश्यकताअनुसार पोषणयुक्त खाना खुवाउनुका साथै पशु शाखाबाट नियमित स्वास्थ्य परीक्षण तथा प्राविधिक उपचारसमेत भइरहेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
रोहिणी नदी कटानले शवदाहस्थल र पुल जोखिममा
OthersJust now

रोहिणी नदी कटानले शवदाहस्थल र पुल जोखिममा

२७ कात्तिक, बुटवल । रुपन्देहीको तिलोत्तमा–११ स्थित रोहिणीघाटमा नदी कटानका कारण शवदाहस्थल र नजिकै रहेको रोहिणी पुल उच्च जोखिममा परेका छन् । हरेक वर्ष वर्षायाममा आउने बाढीले नदी किनारको जमिन कटान गर्दै लगेपछि दशकौंदेखि दाहसंस्कार हुँदै आएको शवदाहस्थल र पुल दुवै भत्किने जोखिम बढेको हो । सुखौरा खोला र रोहिणी नदीको संगमस्थलमा रहेको शवदाहस्थल धार्मिक… ...

अनलाइन खबर
पूर्वप्रधानमन्त्री प्रचण्ड रुस प्रस्थान
OthersJust now

पूर्वप्रधानमन्त्री प्रचण्ड रुस प्रस्थान

२७ कात्तिक, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड रसिया प्रस्थान गरेका छन् । प्रचण्ड आज रुसको राजधानी मस्कोका लागि प्रस्थान गरेका छन् । उनको साथमा प्रमुख स्वकीय सचिव गोन्दप्रसाद आचार्य पनि सहभागी भएको सचिवालयले जनाएको छ । ...

अनलाइन खबर
नेपालद्वारा पर्वतीय क्षेत्र तथा जलवायु परिवर्तनको मुद्दालाई संस्थागत एजेन्डा बनाउन आग्रह
OthersJust now

नेपालद्वारा पर्वतीय क्षेत्र तथा जलवायु परिवर्तनको मुद्दालाई संस्थागत एजेन्डा बनाउन आग्रह

नेपालले पर्वतीय क्षेत्र र जलवायु परिवर्तनका मुद्दालाई संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि (यूएनएफसीसीसी) अन्तर्गतको वार्तामा स्थायी तथा संस्थागत एजेन्डाका रूपमा स्थापित गर्न आग्रह गरेको छ । जलवायु परिवर्तनका कारण पर्वतीय क्षेत्रमा बढ्दै गएको जोखिम, हिमताल विस्फोटजन्य विपद्, जनधनको क्षति र पारिस्थितिक प्रणालीमा परेको असर सम्बोधन गर्न छुट्टै कार्ययोजना, नियमित सं वाद र उच्चस्तरीय राजनीतिक प्रतिबद्धता आवश्यक रहेको नेपालले जनाएको छ । कोप-३१ ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play