काठमाडौं।नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विश्व सम्मेलनमा सहभागी हुन शुक्रबार बिहान रुस प्रस्थान गरेका छन्। अखिल रुसी राजनीतिक दलको आयोजनामा नोभेम्बर १४ देखि १७ सम्म मस्कोमा आयोजना हुने सम्मेलनमा सहभागी हुन उनी त्यसतर्फ गएका हुन्। प्रचण्ड शुक्रबार बिहान ९ः२० बजे काठमाडौंबाट दुबई हुँदै मस्कोतर्फ प्रस्थान गरेका हुन्। भ्रमण टोलीमा उनका प्रमुख स्वकीय सचिव गोविन्दप्रसाद आचार्य पनि सहभागी छन्। मस्कोमा हुने सम्मेलनमा सहभागी भएपछि प्रचण्ड नोभेम्बर १८ गते बिहान स्वदेश फर्कने कार्यक्रम रहेको छ।
चार दिने भ्रमणका लागि प्रचण्ड रुस प्रस्थान

Read Complete Original Article
Published originally on नेपालन्युज



_JezBqOx6nJ.webp)


