काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको अवस्था आफूले अपेक्षा गरेअनुसार अघि नबढे पुनः सैन्य कारबाही गर्न नहिचकिचाउने चेतावनी दिएका छन् । बिहीबार सेलम न्युज नेटवर्कलाई दिएको अन्तर्वार्तामा ट्रम्पले आवश्यक परे तत्कालै पनि आक्रमण गर्न सक्ने बताएका हुन् । “यदि, मलाई अवस्था गलत दिशातर्फ गइरहेको लाग्यो भने म फेरि आक्रमण गर्नेछु । सम्भवतः अहिले पनि त्यस्तो गर्न सक्छु । यसमा मलाई कुनै हिचकिचाहट हुने छैन,” उनले भने । ट्रम्पलाई आफ्नो राष्ट्रपतीय कार्यकाल सकिँदासम्म इरानको वर्तमान सरकार सत्तामा कायम रहेमा त्यसलाई उनको पराजय मान्ने कि नमान्ने भनेर सोधिएको थियो । जवाफमा उनले त्यसलाई निश्चित रूपमा आफ्नो हार मानिने बताएका थिए । अन्तर्वार्ताका क्रममा पत्रकार ह्यु हेविटले इरानले कुनै वरिष्ठ अमेरिकी अधिकारीको हत्या गरेमा वासिङ्टनको प्रतिक्रिया कस्तो हुनेछ भनेर सोधेका थिए । जवाफमा ट्रम्पले त्यस्तो अवस्थामा इरानको केही पनि बाँकी नरहने चेतावनी दिए । बहराइनमा अमेरिकी सेनाको चेतावनी दिने राडार नष्ट इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी)ले बहराइनमा अमेरिकी सेनाको एउटा प्रारम्भिक चेतावनी दिने राडार प्रणाली नष्ट गरेको दाबी गरेको छ । इरानी सरकारी मिडियाले शुक्रबार बिहानै आईआरजीसीको विज्ञप्ति सार्वजनिक गरेका थिए । दक्षिणी इरानको सिरिक क्षेत्रमा मध्यरातमा भएको अमेरिकी हवाई आक्रमणको जवाफस्वरूप राडारलाई निसाना बनाइएको विज्ञप्तिमा उल्लेख छ । आईआरजीसीले उक्त कारबाहीलाई अमेरिकाका निम्ति गम्भीर चेतावनी भन्दै होर्मुज जलमार्ग क्षेत्रमा हवाई गतिविधि र तेल तस्करीसँग सम्बन्धित गतिविधि बन्द गर्न आग्रह गरेको छ । यस्ता उल्लंघन र आक्रमण दोहोरिएमा आईआरजीसीको एयरोस्पेस फोर्स विश्वका जुनसुकै स्थानमा पनि जवाफी कारबाही गर्न तयार रहेको विज्ञप्तिमा उल्लेख छ । शत्रु पक्षको उक्साहटमा नियम उल्लंघन गर्ने कम्पनीले अझ कडा कारबाही भोग्नुपर्ने चेतावनी समेत इरानले दिएको छ । बहराइनमा अमेरिकी राडार नष्ट भएको इरानी दाबीको स्वतन्त्र पुष्टि भने भएको छैन ।
इरानमाथि फेरि आक्रमण गर्न पछि नहट्ने ट्रम्पको चेतावनी

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु



_JezBqOx6nJ.webp)


