सञ्चारकर्मीमाथिको धरपकड फासिवादी चरित्र हो: एमाले

काठमाडौं। नेकपा (एमाले) ले सञ्चारकर्मीमाथि भइरहेको धरपकड सरकारको फासिवादी चरित्र भएको आरोप लगाएको छ। शुक्रबार एक विज्ञप्ति जारी गर्दै एमाले नेता निरज आचार्यले सरकारले सञ्चारगृहमा छापा मार्ने र सञ्चारकर्मीलाई पक्राउ गर्ने कार्य निन्दनीय र अलोकतान्त्रिक भएको बताएका छन्। विज्ञप्तिमा भनिएको छ, ‘सरकारले नेपाली सञ्चारगृहहरूमा छापा मार्ने, सञ्चारकर्मीमाथि धरपकड गर्ने र भय तथा त्रासको वातावरण सिर्जना गर्ने जुन कार्य गरिरहेको छ, त्यो अत्यन्तै निन्दनीय, अलोकतान्त्रिक र फाँसीवादी प्रवृत्तिको द्योतक हो।’ एमालेले प्रेस स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ भएको उल्लेख गर्दै यस्तो हस्तक्षेप नागरिकको अभिव्यक्ति स्वतन्त्रता र सूचनाको हकमाथिको प्रहार भएको जनाएको छ। राज्यका निकायहरू कानुनी शासनको मर्यादामा रहनुपर्नेमा सरकार आफैँले लोकतान्त्रिक मान्यताविपरीत दमनकारी व्यवहार प्रदर्शन गर्नु गम्भीर चिन्ताको विषय भएको एमालेको भनाइ छ। सुशासनको नाममा दमन र लोकतन्त्रको नाममा निरङ्कुशता स्वीकार्य हुन नसक्ने पार्टीले स्पष्ट पारेको छ। एमालेले सञ्चारमाध्यममाथि भइरहेको गैरकानुनी हस्तक्षेप तत्काल बन्द गर्न र सञ्चारकर्मीको संवैधानिक अधिकारको प्रत्याभूति गर्न माग गरेको छ। साथै, सरकारको यस्तो कदमको निन्दा गर्दै गिरफ्तार गरिएका सञ्चारकर्मीलाई बिनासर्त रिहा गर्न माग गरिएको छ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

म्याग्दीमा निजी आवास पुनः निर्माण कार्ययोजना तयार
म्याग्दी । गत असोजको बाढी पहिरोबाट प्रभावित जिल्लामा निजी आवास प्रबलीकरण, पुनः निर्माण तथा पुनः स्थापनाका लागि कार्ययोजना तयार पारिएको छ । जिल्ला प्रशासन कार्यालयले तयार पारेको कार्ययोजना विपद् व्यवस्थापन समितिको... ...

ठेक्का लगाउने पूर्वसन्ध्यामा सुनकोशी–मरिनका आयोजना प्रमुख र महानिर्देशक सुरक्षा नियन्त्रणमा, के हो स्वार्थ ?
काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको सुनकोशी–मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजनाको ठेक्का प्रक्रिया अन्तिम चरण छ । आयोजनाले ठेक्का प्रक्रियाका लागि कात्तिक १६ गते आर्थिक प्रस्ताव खोल्ने तयारी गरेको थियो... ...

दुई महिनामै १०२ बोलपत्र, मनसुनअघि ८० भन्दा बढी आपतकालीन ठेक्का
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले चालु आर्थिक वर्ष २०८३-८४ को सुरुवाती महिनामै सिँचाइ विस्तार, नदी नियन्त्रण र जल उत्पन्न विपद् व्यवस्थापनका काममा उल्लेखनीय गति लिएको छ । विभागको प्रगति विवरण अनुसार भदौ मसान्तसम्म राष्ट्रिय गौरवका आयोजना, सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, सिँचाइ व्यवस्थापन कार्यालय र भूमिगत जल सिँचाइ आयोजनाहरूबाट गरी १०२ वटा बोलपत्र आह्वान ...

तापक्रम वृद्धिका विषयमा नेपाल–भुटानको संयुक्त प्रस्ताव
काठमाडौं । नेपाल र भुटानले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण उत्पन्न जोखिमलाई अन्तरराष्ट्रिय जलवायु वार्ताको प्रमुख विषय बनाउन संयुक्त प्रस्ताव अघि सारेका छन् । आगामी नोभेम्बर ९ देखि २० सम्म टर्कीको अन्ताल्यामा आयोजना हुने जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) मा ‘हिमाली क्षेत्रमा १.५ डिग्री तापक्रम वृद्धि’ शीर्षकको छुट्टै एजेन्डा समावेश गर्न दुई देशले प्रस्ताव गरेका हुन् । कृषि, वन तथा पर्यावरणमन्त्री ...


