Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

शिक्षण अस्पतालमा अत्याधुनिक उपकरण प्रयोगमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
शिक्षण अस्पतालमा अत्याधुनिक उपकरण प्रयोगमा
Photo / Coverage: टेक्नोलोजी खबर

नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जले अत्याधुनिक प्रयोगशाला उपकरण प्रयोगमा ल्याएको छ। बिरामीको स्वास्थ्य परीक्षण सेवालाई थप आधुनिक, प्रभावकारी, छिटो र विश्वसनीय बनाउन सहयोग पु¥याउने उद्देश्यले उक्त प्रयोगशाला उपकरण प्रयोगमा ल्याएको हो। अस्पतालका सूचना अधिकारी विराज किशोरका अनुसार प्रविधिमा आधारित उक्त उपकरणले जैविक रासायनिक परीक्षण, शरीरमा रहेका विभिन्न लवण तथा खनिज तत्त्वको परीक्षण र प्रतिरक्षासम्बन्धी परीक्षण गरी तीन महत्त्वपूर्ण परीक्षण प्रणालीलाई एउटै उपकरणमा एकीकृत गरेको छ। एकै प्रयोगशालाबाट विभिन्न प्रकारका स्वास्थ्य परीक्षण सहज रूपमा सञ्चालन गर्न सकिने सुविधा प्रदान गरेको छ। यो उपकरण मधेस प्रदेशमै पहिलो पटक जडान गरिएको अस्पतालको भनाइ छ। प्रविधिको प्रयोगबाट परीक्षण प्रक्रियालाई थप व्यवस्थित बनाउनुका साथै बिरामीले प्रयोगशालाको प्रतिवेदन प्राप्त गर्न लाग्ने समय कम हुने भएको छ। मुख्यगरी जैविक रासायनिक परीक्षण प्रणाली अन्तर्गत कलेजो, मिर्गौला, मधुमेह तथा अन्य विभिन्न प्रक्रियासँग सम्बन्धित परीक्षण गर्नुका साथै विद्युतीय प्रणालीमार्फत सोडियम, पोटासियम तथा क्लोराइडजस्ता शरीरका लवण तथा खनिज तत्त्वको परीक्षण गर्न सकिने वरिष्ठ प्रयोगशाला प्राविधिक शर्माको भनाइ छ। यसअघि विभिन्न जटिल तथा विशेष प्रकृतिका परीक्षणका लागि अन्य ठूला सहर वा सुविधासम्पन्न प्रयोगशालामा निर्भर हुनुपर्ने बाध्यता अब कम गर्न सहयोग पुग्ने उनले बताए। वीरगञ्ज महानगरपालिका–१५ मा अवस्थित र विसं २०५८ मा स्थापना भएको सो अस्पताल त्रिभुवन विश्वविद्यालयसँग सम्बद्ध छ।–रासस The post शिक्षण अस्पतालमा अत्याधुनिक उपकरण प्रयोगमा appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नेपाल प्रिमियर लिगमा अनलाइन बेटिङ : ८९ लाखभन्दा बढीको कारोबार गर्ने व्यक्ति पक्राउ
TechnologyJust now

नेपाल प्रिमियर लिगमा अनलाइन बेटिङ : ८९ लाखभन्दा बढीको कारोबार गर्ने व्यक्ति पक्राउ

काठमाडौं । नेपाल प्रिमियर लिगमा सट्टेबाजी खेल्ने/खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा काठमाडौं महानगरपालिका १७ ठमेल बस्ने भारत बिहार राज्य भोजपुर टाउन थाना घर भएका ३२ वर्षीय सोनु कुमार सिन्हालाई प्रहरीले पक्राउ गरेको छ ।काठमाडौं कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा संचालन भएको तेस्रो संस्करणको नेपाल प्रमियर लिग २०२६ मा केही व्यक्तिहरूले अनलाइन मार्फत सट्टेबाजी गर्ने/गराउने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध ...

आइसिटी समाचार
आर्थिक वर्ष २०८२/८३ मा विभिन्न फिसिङ वेबसाइटसहित २६ वटा बेटिङ एपहरू बन्द
TechnologyJust now

आर्थिक वर्ष २०८२/८३ मा विभिन्न फिसिङ वेबसाइटसहित २६ वटा बेटिङ एपहरू बन्द

आर्थिक वर्ष २०८२/८३ मा नेपाल दूरसञ्चार प्राधिकरणले आर्थिक वर्ष २०८२/८३ मा विभिन्न फिसिङ वेबसाइट सहित २६ वटा बेटिङ एपहरू बन्द गराएको छ। प्राधिकरणले हालै सार्वजनिक गरेको उक्त अवधिको प्रतिवेदन अनुसार संस्थाले निर्वाचन आयोग नेपालको अनुरोधमा निर्वाचन आचार संहिता, २०८२ को निर्देशन तथा निर्णयहरु उल्लघन हुने कार्य गरेका वेबसाइटहरू बन्द गर्न सेवा प्रदायकहरूलाई निर्देशन दिएको थियो। प्राधिकरणले नेपाल क्लियरिङ् हाउस लिमिटेडको अनुरोधमा कनेक्ट ...

टेक्नोलोजी खबर
यामाहाको ‘चङ्गा चेट’ अभियान : बुटवलकी सरस्वतीले स्कुटर खरिद गर्दा जितिन् १० लाख
TechnologyJust now

यामाहाको ‘चङ्गा चेट’ अभियान : बुटवलकी सरस्वतीले स्कुटर खरिद गर्दा जितिन् १० लाख

बुटवल । यामाहाको नयाँ स्कुटर खरिद गरेकी बुटवलकी सरस्वती खनाल रायमाझीले १० लाख ३ हजार रुपैयाँको भारी नगद पुरस्कार जितेकी छन् । यामाहा नेपालले चाडपर्वलाई लक्षित गरी सञ्चालन गरिरहेको ‘चङ्गा चेट, जितको नयाँ अपग्रेड’ योजनाअन्तर्गत उनले यो ग्रान्ड प्राइज हात पारेकी हुन् ।रायमाझीले बुटवलस्थित यामाहाको आधिकारिक शोरुम ‘बाइकर्ज बुटवल प्रा. लि.’ बाट Yamaha RayZR 125-FI Street Rally Hybrid स्कुटर खरिद ...

आइसिटी समाचार
एनपिएलमा सट्टेबाजी गर्ने भारतीय युवक पक्राऊ
TechnologyJust now

एनपिएलमा सट्टेबाजी गर्ने भारतीय युवक पक्राऊ

नेपाल प्रिमियर लिग (एनपिएल) तेस्रो संस्करणमा सट्टेबाजी गराएको अभियोगमा एक भारतीय युवक पक्राउ परेका छन्। काठमाडौं महानगरपालिका–१७ ठमेल बस्ने भारतको बिहार राज्य भोजपुर थानाका ३२ वर्षीय सोनुकुमार सिन्हालाई प्रहरीले पक्राऊ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ। काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन भइरहेको एनपिएल २०२६ मा केही व्यक्तिहरूले अनलाइन मार्फत सट्टेबाजी गर्ने/गराउने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play