Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

तेस्रो जितपछि लुम्बिनीको प्लेअफ होड बलियो

Share:WhatsAppFacebookX (Twitter)Telegram
तेस्रो जितपछि लुम्बिनीको प्लेअफ होड बलियो
Photo / Coverage: टक्सार

काठमाडाैँ । उत्कृष्ट बलिङले निरन्तरता दिँदा लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा लगातार तेस्रो जित निकालेको छ । कीर्तिपुरमा भएको आफ्नो चौथो खेलमा पनि उत्कष्ट बलिङ साथ पाउँदा लुम्बिनीले जनकपुर बोल्ट्समाथि १६ रनको जित रचेको हो । चौथो खेलसम्म अपराजित लुम्बिनीले प्लेअफको सम्भावना पनि बलियो बनाएको छ । चार खेलबाट लुम्बिनी सात अंक जोड्दै शिर्ष स्थानमा छ । यस सिजनमा लुम्बिनी अपराजित एक मात्र टोली पनि हो । कप्तान रोहितले ब्याटिङसँगै किफायती बलिङ पनि गरे । जनकपुरले इङ्लिस ब्याटर तथा ओपनर मोइन अलीको अभाव महसुस ग¥यो । शुरुमै विकेट गुमाउँदा समालिन सकेन । बलरले उत्कृष्ट प्रदर्शन गरेपछि लुम्बिनी भने बलियो स्थितिमा पुगेको छ । त्रिवि क्रिकेट स्टेडियममा लुम्बिनीले १५० रनको लक्ष्य दियो । तर, जनकपुरले पूरै ओभरमा जनकपुरले आठ विकेट गुमाउँदै १३३ रन मात्र जोड्न सक्यो । मध्यक्रमका ब्याटर तथा कप्तान हरमीत सिंहले ३३ रन जोडे । यो नै सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो । सइफ हसनले २८ रन, ओपनर तृतराज दासले १८ रन र तल्लो क्रमका ब्याटर आदित्य महताले ३० रन बनाए । कुनैपनि ब्याटर लामो समय क्रिजमा टिक्न नसक्दा जनकपुरले हार बेहो¥यो । पहिलो खेलमा सुदूरपश्चिम रोयल्सलाई ७ विकेटले हराएको लुम्बिनीले दोस्रो खेलमा भने चितवन राइनोजसँग वर्षाका कारण अंक बाँडेको थियो । तेस्रो खेलमा लुम्बिनीले पोखरा एभेन्जर्सविरुद्ध आठ विकेटको हराउँदै सबैभन्दा बलियो टोलीका रूपमा उभियो । तीनै खेलमा उत्कृष्ट बलिङ लुम्बिनी अपराजित छ । पहिले बलिङमा उत्कृष्ट प्रदर्शनसँगै लुम्बिनीले झिनो लक्ष्य पछ्याउँदै आएको थियो । तर चौथो खेलमा पहिले ब्याटिङ ग¥यो र लुम्बिनीको ब्याटिङ परीक्षण भयो । यस सिजन पहिलोपल्ट ब्याटिङमा परीक्षण हुँदा उसले सन्तोषजनक प्रदर्शन ग¥यो । तर बलिङको उत्कृष्ट प्रदर्शन निरन्तरता पाउँदा लुम्बिनीले विजयीयात्रा कायमै राख्यो । जनकपुरको भने यो पाँचौं खेलमा तेस्रो हार हो । जनकपुरले पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनको हार बेहोरेको थियो । दोस्रो खेलमा काठमाडौं गोर्खाजलाई आठ विकेट र तेस्रो खेलमा पोखरा एभेन्जर्सलाई ९ रनले हराएको थियो । चौथो खेलमा विराटनगर किङ्ससँग २ रनले पराजित जनकपुरले पाँचौं खेलमा पनि हार टार्न सकेन । मध्यम लक्ष्य पछ्याएको जनकपुरले पहिलो बलदेखि नै दबाबमा रहेर ब्याटिङ ग¥यो । दोस्रो ओभरको पहिलो बलमै पहिलो विकेट गुमाउन पुग्यो । रुबेन ट्रम्पलमेनले विकेटकिपर पर्भेज हुसेनलाई १ रनमै एलबिडब्लु शिकार बनाए । जनकपुरका तृतराज र सइफले दोस्रो विकेटका लागि ३६ रन र आठौं विकेटका लागि कप्तान हरमीत र आदित्यबीच ४३ रनको साझेदारी बनाए । आठौं विकेटको साझेदारीले जनकपुरको जित आशा देखिएको थियो । १८औं ओभरमा हरमीत आउट भएसँगै जनकपुर हारको संघारमा पुग्यो । लुम्बिनीको बलिङमा डार्सी सटले तीन शेर मल्ल र तिलक भण्डारी समान दुई विकेट लिए । ट्रम्पलमेनको नाममा समान एक विकेट रह्यो । टस हारेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित ओभरमा सात विकेटको क्षतिमा १४९ रनको योगफल बनायो । कप्तान रोहित पौडेलले सर्वाधिक ३४ रन बनाए । यो नै सर्वाधिक ठूलो व्यक्तिगत न रह्यो । उनले ३० बलमा तीन चौका र एक छक्का हिर्काए । इनिङको पहिलो बलमै विकेत पतनपछि लुम्बिनीको सुरुआत राम्रो हुन सकेन । ओपनर डार्सी सर्ट गोल्डेन डक भए । स्पिनर ललित राजवंशीले अस्ट्रेलियन अलराउन्डर डार्सीलाई बोल्ड गर्दै उत्कृष्ट सुरुआत दिलाए । तर, दोस्रो विकेटका लागि ओपनर आसिफ शेख र विकेटकिपर निरोसन डिकवेलाले ४२ रनको साझेदारी गर्दै इनिङ समाले । पावरप्लेमा लुम्बिनीले ३९ रन मात्र जोड्यो । सातौं ओभरमा ओपनर आसिफ पनि २१ रनमै पभेलियन फर्किए । उनी जनकपुरका कप्तान हरमीतको बलमा एलबिडब्लु धरापमा परे । यो विकेटपछि लुम्बिनीले समालिएर ब्याटिङ ग¥यो । नवौं ओभरमा निरोसान पनि आउट भए । डिकवेल्लाले २७ बलमा २७ रन बनाए । विशाल सुस्लिङले उनलाई पभेलियन फर्काएका हुन् । डिकवेलाको इनिङमा दुई चौका र एक छक्का रह्यो । त्यसपछि दीलिप नाथ १६ बलमा २५ रन जोड्दा क्याच भए । उनले समान समान दुई चौका र छक्का हिर्काए । १३.२ ओभरमा ८७÷४ को अवस्थामा थियो । तर पाँचौं विकेटका लागि कप्तान रोहितले समिम हुसेनसँग ३० रनको साझेदारी गर्दै सय रनको आँकडा पार गराए । समिम १३ रनमा आउट भए । राहुल यादवको बलमा उनी अभिषेक तिवारीको हातमा क्याच हुन पुगे । त्यसपछि सन्दीप जोराले ९ रन बनाए । तर अन्तिम ओभरमा ट्रम्पलमेनले १४ रन जोड्दै इनिङ १५० रनको आँकडानजिक पु¥याए । ट्रम्पलमेन १५ रनमा रनआउट भए । उनले आठ बलमा तीन छक्का हिर्काए । जनकपुर बोल्ट्सको बलिङमा विशाल सुस्लिङ र राहुल यादवले समान दुई विकेट लिए । हरमीत, ललित राजवंशी र अभिषेकले समान एक विकेट लिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पत्रकार महासङ्घले गर्‍यो चरणबद्ध आन्दोलनको घोषणा
Latest NewsJust now

पत्रकार महासङ्घले गर्‍यो चरणबद्ध आन्दोलनको घोषणा

काठमाडौँ। नेपाल पत्रकार महासङ्घले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता तथा संविधानको संरक्षणका लागि पापडलाई सक्रिय बनाई चरणबद्ध आन्दोलनको घोषणा गर्ने भएको छ। मिडिया काउन्सिल विधेयक आम सञ्चार कानुन र प्रेस स्वतन्त्रताको रक्षा विषयमा... ...

रातोपाटी
क्रिस्टियानो रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
Latest NewsJust now

क्रिस्टियानो रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा

एजेन्सी । पोर्चुगलका महान् फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट औपचारिक रूपमा सन्न्यास लिएका छन् । योसँगै पुर्तगालको राष्ट्रिय टोलीबाट उनको दुई दशक लामो ऐतिहासिक खेल यात्राको अन्त्य भएको छ । ४० वर्षीय... ...

रातोपाटी
लुम्बिनीको अपराजित यात्रा कायमै
Latest NewsJust now

लुम्बिनीको अपराजित यात्रा कायमै

काठमाडौं।जनकपुर बोल्ट्सलाई पराजित गर्दै लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यायल क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा लुम्बिनीले जनकपुरलाई १६ रनले पराजित गर्दै आफनो अपराजित यात्रालाई निरन्तरता दिएको हो। पछिल्लो जितसँगै ४ खेलमा ७ अंक जोडेको लुम्बिनी अंक तालिकाको शीर्ष स्थानमा छ। साविक विजेता समेत रहेको लुम्बिनीले यसअघि पहिलो खेलमा सुदुरपश्चिम रोयल्सलाई ...

नेपालन्युज
प्रधानमन्त्री बालेनसँग भारतका विदेश सचिव मिस्रीले के–के राखे कुरा ?
Latest NewsJust now

प्रधानमन्त्री बालेनसँग भारतका विदेश सचिव मिस्रीले के–के राखे कुरा ?

काठमाडौँ। परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपाल भ्रमणमा आएका भारतका विदेश सचिव विक्रम मिस्रीले बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री वालेन्द्र शाहसँग भेटवार्ता गरेका छन् । भेटका क्रममा विदेश सचिव... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play