Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

लुम्बिनीको अपराजित यात्रा कायमै

Share:WhatsAppFacebookX (Twitter)Telegram
लुम्बिनीको अपराजित यात्रा कायमै
Photo / Coverage: नेपालन्युज

काठमाडौं।जनकपुर बोल्ट्सलाई पराजित गर्दै लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यायल क्रिकेट मैदानमा आज भएको पहिलो खेलमा लुम्बिनीले जनकपुरलाई १६ रनले पराजित गर्दै आफनो अपराजित यात्रालाई निरन्तरता दिएको हो। पछिल्लो जितसँगै ४ खेलमा ७ अंक जोडेको लुम्बिनी अंक तालिकाको शीर्ष स्थानमा छ। साविक विजेता समेत रहेको लुम्बिनीले यसअघि पहिलो खेलमा सुदुरपश्चिम रोयल्सलाई ७ विकेटले पराजित गरेको थियो। त्यस्तै दोस्रो खेल बर्षाका कारण रद्द भएपछि चितवन राईनोजसँग अंक बाडेको थियो भने तेस्रो खेलमा पोखरा एभेन्जर्सलाई ८ विकेटले हराएको थियो। लुम्बिनीले जितको लागि दिएको १५० रनको लक्ष्य पन्छाएको जनकपुर निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १३३ रनमा समेटियो।जनकपुरका लागि कप्तान हरमित सिंहले सर्वाधिक ३३ रन बनाए। त्यस्तै सैफ हसनले २८ तथा आदित्य महताले ३० रनमा अविजित रहे। त्यस्तै त्रितराज दासले १८ रन बनाए। बलिङतर्फ लुम्बिनीका बलर डिआर्सी शर्टले उत्कृष्ट प्रदर्शन गर्दै ३ विकेट लिए। त्यस्तै शेर मल्ल र तिलक भण्डारीले समान २-२ विकेट हात पारे भने रुबेन ट्रम्पेलम्यानले १ विकेट त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४९ रनको योगफल बनाएको थियो। लुम्बिनीको लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३४ रनको योगदान दिए। उनले ३० बलमा ३ चौका र १ छक्का प्रहार गरे। त्यस्तै निरोशन डिक्वेलाले २७, दिलीप नाथले २५, आसिफ शेखले २१ तथा रुबेन ट्रम्पलम्यानले १५ रनको योगदान दिए। बलिङतर्फ जनकपुरका लागि विशाल सुस्लिङ र राहुल यादवले समान २-२ विकेट लिए। त्यस्तै ललित राजवंशी, हरमित सिंह र अभिषेक तिवारीले समान १-१ विकेट हात पारे। यस हारसँगै पहिलो संस्करणको विजेता जनकपुरले ५ खेलमध्ये २ खेलमा जित तथा तीन खेलमा हार बेहोरेको छ। अहिले जनकपुरको ४ अंक छ। काठमाडौँ गोर्खाजलाई ८ विकेट र पोखरा एभेन्जर्सलाई ९ रनले हराएको जनकपुर कर्णाली याक्ससँग १९ रन तथा विराटनगर किङ्ग्ससँग दुई रनले पराजित भएको थियो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
तेस्रो जितपछि लुम्बिनीको प्लेअफ होड बलियो
Latest NewsJust now

तेस्रो जितपछि लुम्बिनीको प्लेअफ होड बलियो

काठमाडाैँ । उत्कृष्ट बलिङले निरन्तरता दिँदा लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो सिजनमा लगातार तेस्रो जित निकालेको छ । कीर्तिपुरमा भएको आफ्नो चौथो खेलमा पनि उत्कष्ट बलिङ साथ पाउँदा लुम्बिनीले जनकपुर बोल्ट्समाथि १६ रनको जित रचेको हो । चौथो खेलसम्म अपराजित लुम्बिनीले प्लेअफको सम्भावना पनि बलियो बनाएको छ । चार खेलबाट लुम्बिनी सात अंक जोड्दै शिर्ष स्थानमा छ ...

टक्सार
पत्रकार महासङ्घले गर्‍यो चरणबद्ध आन्दोलनको घोषणा
Latest NewsJust now

पत्रकार महासङ्घले गर्‍यो चरणबद्ध आन्दोलनको घोषणा

काठमाडौँ। नेपाल पत्रकार महासङ्घले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता तथा संविधानको संरक्षणका लागि पापडलाई सक्रिय बनाई चरणबद्ध आन्दोलनको घोषणा गर्ने भएको छ। मिडिया काउन्सिल विधेयक आम सञ्चार कानुन र प्रेस स्वतन्त्रताको रक्षा विषयमा... ...

रातोपाटी
क्रिस्टियानो रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा
Latest NewsJust now

क्रिस्टियानो रोनाल्डोद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा

एजेन्सी । पोर्चुगलका महान् फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट औपचारिक रूपमा सन्न्यास लिएका छन् । योसँगै पुर्तगालको राष्ट्रिय टोलीबाट उनको दुई दशक लामो ऐतिहासिक खेल यात्राको अन्त्य भएको छ । ४० वर्षीय... ...

रातोपाटी
प्रधानमन्त्री बालेनसँग भारतका विदेश सचिव मिस्रीले के–के राखे कुरा ?
Latest NewsJust now

प्रधानमन्त्री बालेनसँग भारतका विदेश सचिव मिस्रीले के–के राखे कुरा ?

काठमाडौँ। परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपाल भ्रमणमा आएका भारतका विदेश सचिव विक्रम मिस्रीले बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री वालेन्द्र शाहसँग भेटवार्ता गरेका छन् । भेटका क्रममा विदेश सचिव... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play