Thursday, November 5, 2026||
MultiKhabarMultiKhabar

एनपिएलमा सट्टेबाजी गर्ने भारतीय युवक पक्राऊ

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपिएलमा सट्टेबाजी गर्ने भारतीय युवक पक्राऊ
Photo / Coverage: टेक्नोलोजी खबर

नेपाल प्रिमियर लिग (एनपिएल) तेस्रो संस्करणमा सट्टेबाजी गराएको अभियोगमा एक भारतीय युवक पक्राउ परेका छन्। काठमाडौं महानगरपालिका–१७ ठमेल बस्ने भारतको बिहार राज्य भोजपुर थानाका ३२ वर्षीय सोनुकुमार सिन्हालाई प्रहरीले पक्राऊ गरेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ। काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सञ्चालन भइरहेको एनपिएल २०२६ मा केही व्यक्तिहरूले अनलाइन मार्फत सट्टेबाजी गर्ने/गराउने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। प्रारम्भिक अनुसन्धानका क्रममा उनले विभिन्न अनलाइन बेटिङ साइटबाट ८९ लाख ८१ हजार ७२९ बराबरको कारोबार गरेको खुल्न आएको छ। निजलाई जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।–रासस The post एनपिएलमा सट्टेबाजी गर्ने भारतीय युवक पक्राऊ appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एन्टिबायोटिकको अनियन्त्रित प्रयोग रोक्न तथ्याङ्कमा आधारित नियमनमा जोड : मन्त्री मेहता
TechnologyJust now

एन्टिबायोटिकको अनियन्त्रित प्रयोग रोक्न तथ्याङ्कमा आधारित नियमनमा जोड : मन्त्री मेहता

१९ कात्तिक, काठमाडौं। एन्टिमाइक्रोबियल औषधिको अनावश्यक तथा अनियन्त्रित प्रयोग नियन्त्रण गर्न उपभोगसम्बन्धी तथ्याङ्कको नियमित विश्लेषण र त्यसका आधारमा नियामकीय तथा नीतिगत निर्णय लिनुपर्नेमा स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले जोड दिइन्। एन्टिमाइक्रोबियल औषधि उपभोगसम्बन्धी तथ्याङ्क सङ्कलन तथा प्रसारसम्बन्धी कार्यशालालाई सम्बोधन गर्दै मन्त्री मेहताले औषधिको उपभोगसम्बन्धी तथ्याङ्कलाई नियमन, खरिद, वितरण र प्रयोग व्यवस्थापनसँग जोड्नुपर्ने बताइन्। चिकित्सकको […] The post एन्टिबायोटिकको अनियन्त्रित प्रयोग ...

आइसिटी फ्रेम
स्टार्टअप आइसिटी अवार्ड २०२६ का उत्कृष्ट १० सेमिफाइनलिस्ट : प्रविधिबाट सम्भावनाको खोजी गर्दै नेपाली स्टार्टअप
TechnologyJust now

स्टार्टअप आइसिटी अवार्ड २०२६ का उत्कृष्ट १० सेमिफाइनलिस्ट : प्रविधिबाट सम्भावनाको खोजी गर्दै नेपाली स्टार्टअप

काठमाडौं । नेपालमा सूचना प्रविधिको प्रयोग र विस्तारसँगै नयाँ सोच, नवीन उत्पादन तथा प्रविधिमा आधारित व्यवसायको विकास पनि तीव्र बन्दै गएको छ । स्वास्थ्य सेवा, इन्जिनियरिङ, शिक्षा, यातायात, व्यापार, मानव संसाधन व्यवस्थापनदेखि डिजिटल वाणिज्यसम्मका क्षेत्रमा नेपाली स्टार्टअपहरूले नयाँ सम्भावना खोजिरहेका छन् । यही नवीन सोच र प्रविधिमा आधारित उद्यमशीलतालाई प्रोत्साहन गर्ने उद्देश्यसहित आयोजना हुँदै आएको आइसिटी अवार्ड २०२६ को स्टार्टअप ...

आइसिटी समाचार
काठमाडौंमा राहदानी आवेदनको अनलाइन स्लट खुल्ने समय परिवर्तन
TechnologyJust now

काठमाडौंमा राहदानी आवेदनको अनलाइन स्लट खुल्ने समय परिवर्तन

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले राहदानी आवेदनका लागि अनलाइन अपोइन्टमेन्ट स्लट खुल्ने समय परिवर्तन गरेको छ । कार्यालयले जारी गरेको सूचनाअनुसार यसअघि दिउँसो ३:३० बजे खुल्दै आएको अनलाइन स्लट अब दिउँसो ३ बजे नै खुला गरिनेछ ।नयाँ व्यवस्था आगामी २०८३ मंसिर १ गतेदेखि लागू हुनेछ । सो मितिदेखि राहदानीका लागि आवेदन दिन चाहने सेवाग्राहीले दैनिक दिउँसो ३ बजे अनलाइनमार्फत ...

आइसिटी समाचार
भारतले दूरसञ्चार क्षेत्रका लागि एआई सुशासनसम्बन्धी नियमहरू ल्याउँदै, मस्यौदामा सुझाव तथा प्रतिक्रिया माग्दै नियामक
TechnologyJust now

भारतले दूरसञ्चार क्षेत्रका लागि एआई सुशासनसम्बन्धी नियमहरू ल्याउँदै, मस्यौदामा सुझाव तथा प्रतिक्रिया माग्दै नियामक

भारतीय नियामक निकाय ‘ट्राई’ ले दूरसञ्चार सञ्जाल र सेवा प्रवाहमा एआईको जिम्मेवारपूर्ण प्रयोगसम्बन्धी निर्देशिकाको मस्यौदा सार्वजनिक गरेको छ। यस विषयमा उद्योग क्षेत्रका सरोकारवालाहरूबाट २७ नोभेम्बरसम्ममा सुझाव तथा प्रतिक्रिया मागिएको छ। प्रस्तावित यी निर्देशिकाहरूको उद्देश्य दूरसञ्चार क्षेत्रमा भारत सरकारद्वारा फेब्रुअरी २०२६ मा जारी गरिएको ‘एआई सुशासन निर्देशिका’ को कार्यान्वयनमा सहयोग पुर्‍याउनु हो। फेब्रुअरी २०२६ मा, भारत सरकारले ‘इन्डिया एआई गभर्नेन्स गाइडलाइन्स’ (India AI Governance ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play