वेष्ट इण्डिजका अलराउण्डर एलेन सुदूरपश्चिममा

काठमाडौं । वेष्ट इण्डिजका अलराउण्डर फेबियन एलेन नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध हुनुभएको छ । ३१ वर्षीय एलेन बायाँहाते ब्याटर तथा बायाँहाते स्पिनर हुनुहुन्छ । तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उहाँ टी-२० क्रिकेटका अनुभवी खेलाडी हुनुहुन्छ । उहाँले विश्वका विभिन्न फ्रेन्चाइज लिगमा खेलिसक्नुभएको छ । एलेनले वेष्ट इण्डिजका लागि २० एकदिवसीय र ४२ टी-२० अन्तर्राष्ट्रिय खेल खेल्नुभएको छ । एकदिवसीयमा उहाँले २०० रन बनाउनुका साथै सात विकेट लिनुभएको छ । टी-२० अन्तर्राष्ट्रियमा उहाँको नाममा २९८ रन र २४ विकेट छ । सबैखाले टी–२० क्रिकेटमा एलेनले १७८ खेल खेल्दै एक हजार ६३४ रन बनाउनुभएको छ भने १०९ विकेट लिनुभएको छ । यस प्रारूपमा उहाँको ब्याटिङ स्ट्राइक रेट १३९.८९ छ । उहाँले १०६ छक्का प्रहार गर्नुभएको छ । एलेनले सन् २०१६ मा जमैकाबाट प्रथम श्रेणी क्रिकेटमा पदार्पण गर्नुभएको थियो । सन् २०१८ मा भारत भ्रमणका क्रममा उहाँले वेष्ट इण्डिजको एकदिवसीय र टी-२० अन्तर्राष्ट्रिय टोलीमा स्थान बनाउनुभएको थियो । सन् २०२२ को सुरुवातमा व्यक्तिगत कारणले क्रिकेटबाट केही समय टाढिनुभएका उहाँ सोही वर्ष अगस्टमा पुनः खेलमा फर्किनुभएको थियो । त्यसपछि उहाँले वेष्ट इण्डिजका लागि सीमित अवसर पाए पनि क्यारेबियन, युएई, दक्षिण अफ्रिका, क्यानडा, पाकिस्तान, भारत, श्रीलंका र बंगलादेशका विभिन्न टी-२० लिगमा खेल्नुभएको छ । सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले एलेनको आगमनले टोलीको स्पिन बलिङ र तल्लो क्रमको ब्याटिङलाई थप बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो । ‘फेबियन एलेन अनुभवी टी-२० खेलाडी हुनुहुन्छ । उहाँको अलराउण्ड क्षमताले टोलीलाई बलियो बनाउने विश्वास लिएका छौँ । विशेष गरी स्पिन बलिङ र तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न सक्ने उहाँको क्षमताबाट टोलीले फाइदा लिने अपेक्षा गरेका छौँ’, खड्काले भन्नुभयो । टोलीमा अनुबन्ध भएपछि एलेनले सुदूरपश्चिम रोयल्सबाट एनपिएल खेल्न उत्साहित रहेको बताउनुभयो । ‘सुदूरपश्चिम रोयल्सको हिस्सा बन्न पाउँदा खुसी छु । नेपालमा आएर एनपिएल खेल्न र टोलीको सफलतामा योगदान दिन उत्साहित छु । समर्थकहरूका अगाडि राम्रो प्रदर्शन गर्ने प्रयास गर्नेछु’, एलेनले भन्नुभयो ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

असोज महिनामा छ अर्बको विद्युत् निर्यात
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ झण्डै छ अर्ब अर्थात् पाँच अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत् निर्यात गरेको छ । बाढीका कारण केही जलविद्युत् आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालु आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत् निर्यातबाट प्राप्त कारोबार रकम बढेको ...

जडीबुटी उद्यान अवलोकन गर्न तनहुँको झाङ्गाझोली
तनहुँ । शान्त वातावरण, परिवारको साथ अनि रमाइलो वातावरण, यी सबै एकै ठाउँमा खोज्दै हुनुहुन्छ ? त्यसो हो भने तनहुँको शुक्लागण्डकी नगरपालिका–६ स्थित झाङ्गाझोली तपाईंको घुमफिरको सूचीमा पर्न सक्छ । प्राकृतिक... ...

टेलिकमको सस्तो नेटमा आकर्षण
काठमाडौं । नेपाल टेलिकमले हालै एफटिटिएच अर्थात् फाइबर टु द होममा आधारित एनटी फाइबरमा ल्याएको विशेष अफरका कारण धेरै ग्राहक आकर्षित भएका छन् । जसका लागि आवश्यक जानकारी लिन र नयाँ लाइन जडान गर्न १९८ नम्बरमा कल गर्न सकिने व्यवस्था गरिएको र त्यसमा धेरै चाप परेका कारण हाल यसको क्षमतासमेत वृद्धि गरिएको कम्पनीले जनाएको छ । ग्राहकले उक्त नम्बरमा कल गरेर ...

जनकपुर बोल्ट्सको बैंकिङ साझेदारमा मुक्तिनाथ
काठमाडौं । मुक्तिनाथ विकास बैंकले नेपाल प्रिमियर लिग (एनपिएल) सिजन-३ मा जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदारका रूपमा सहकार्यका लागि सम्झौता गरेको छ । एनपिएल क्रिकेटको व्यावसायिक विकास, प्रतिभाशाली खेलाडीहरूको क्षमता अभिवृद्धि तथा खेलकुदलाई आर्थिक गतिविधिसँग जोड्ने महत्त्वपूर्ण माध्यमका रूपमा स्थापित हुँदै गएको छ । एनपिएलको पहिलो संस्करणको उपाधि जित्न सफल जनकपुर बोल्ट्स नेपाली क्रिकेटमा आफ्नो विशिष्ट पहिचान स्थापित गर्ने सफल ...


