टेलिकमको सस्तो नेटमा आकर्षण

काठमाडौं । नेपाल टेलिकमले हालै एफटिटिएच अर्थात् फाइबर टु द होममा आधारित एनटी फाइबरमा ल्याएको विशेष अफरका कारण धेरै ग्राहक आकर्षित भएका छन् । जसका लागि आवश्यक जानकारी लिन र नयाँ लाइन जडान गर्न १९८ नम्बरमा कल गर्न सकिने व्यवस्था गरिएको र त्यसमा धेरै चाप परेका कारण हाल यसको क्षमतासमेत वृद्धि गरिएको कम्पनीले जनाएको छ । ग्राहकले उक्त नम्बरमा कल गरेर आफूलाई पायक पर्ने स्थानका लागि नयाँ लाइन जडान गर्न सकिने व्यवस्था छ । त्यसैगरी अब अनलाइनमार्फत् समेत एनटी फाइबर जडान गर्न आवश्यक विवरण उपलब्ध गराउन र अन्य गुनासोसमेत दर्ता गर्न सकिने व्यवस्था गरिएको छ । नेपाल टेलिकमले हालै चार हजार नौ सय ९९ रुपैयाँमा ३० एमबिपिएस प्याकेज उपलब्ध हुने व्यवस्था गरेको छ । त्यसैगरी अन्य विभिन्न प्याकेजसमेत उपलब्ध छन् ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

अस्ट्रेलियन डलर र युरोको मूल्य बढ्यो, पाउन्डको घट्यो
नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, कुवेती र बहराइन दिनारसहित केही विदेशी मुद्राको विनिमयदर स्थिर छ। तर अस्ट्रेलियन डलर, युरो लगायत कतिपय मुद्रा भने महँगिएका छन्। पाउन्डसहित केही मुद्राको भाउ भने घटेको राष्ट्र बैंकले जनाएको छ। आज अमेरकी डलर १ को खरिददर १५१ रुपैयाँ ६१ ... ...

आयातमुखी उपभोगको चक्रमा अर्थतन्त्र, विद्युत् निर्यातमा नयाँ अवसर
काठमाडौं । नेपाली अर्थतन्त्रमा चाडपर्व केवल धार्मिक तथा सांस्कृतिक पर्व होइन, बजारमा नगद प्रवाह बढाउने, उपभोग विस्तार गर्ने र व्यापारिक गतिविधि तीव्र बनाउने सबैभन्दा महत्त्वपूर्ण आर्थिक सिजनमध्ये एक हुन् । वर्षभरि कमाएको रकम चाडपर्वमा खर्च गर्ने नेपाली परम्पराले गाउँदेखि सहरसम्म आर्थिक गतिविधि बढाउँछ । तर, आयातमा आधारित उपभोग र कमजोर आन्तरिक उत्पादनका कारण चाडपर्वमा देखिने बजारको चमकलाई समग्र अर्थतन्त्रको दिगो ...

पशुमा बढ्दो बाँझोपन
काठमाडौँ, कात्तिक ९ गते । पाँच वर्षदेखि व्यावसायिक गाई पाल्दै आएका भीमसेन थापा गाउँपालिका गोरखाका भक्तप्रसाद श्रेष्ठले पछिल्लो समय निकै कष्ट बेहोर्दै आउनुभएको थियो । लामो समयसम्म ग... ...

आन्दोलनको चपेटामा युरोप : हामीले के शिक्षा लिने
केही दिनयता आन्दोलनका कारण युरोप आक्रान्त छ । फ्रान्सबाट सुरु भएको आन्दोलन इटाली, पोर्चुगल, अल्बानिया हुँदै सारा युरोपमा फैलिन सक्ने अन्दाज हुन थालेको छ । विकसित मुलुक भनिएका फ्रान्स जस्ता शहरहरूमा अकस्मात निम्तिएको आन्दोलनको संकटले विश्व राजनीति र विश्व समाजमा कैयौं प्रश्नहरू उब्जिन थालेका छन् । आन्दोलनको प्याटर्न हेर्दा अन्य मुलुकमा भएका पछिल्ला आन्दोलन जस्तै आन्दोलनको स्वरूप देखिन्छ । तर, ...


