असोज महिनामा छ अर्बको विद्युत् निर्यात

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८३/८४ को असोज महिनामा भारततर्फ झण्डै छ अर्ब अर्थात् पाँच अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत् निर्यात गरेको छ । बाढीका कारण केही जलविद्युत् आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालु आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत् निर्यातबाट प्राप्त कारोबार रकम बढेको प्राधिकरणले जनाएको छ । यसैबीच, भारतको प्रसारण प्रणाली प्रयोग गरी बंगलादेशतर्फ हुँदै आएको ४० मेगावाट विद्युत् निर्यात पनि पुनः सुरु भएको छ । भारतको प्रसारण प्रणाली प्रयोग गरी बंगलादेशतर्फ हुँदै आएको ४० मेगावाट विद्युत् निर्यात पनि पुनः सुरु भएको छ । प्राधिकरणको विद्युत् प्रणाली सञ्चालन विभाग, भारप्रेषण केन्द्रका अनुसार असोज महिनामा भारततर्फ कुल ६३ करोड ३९ लाख ८६ हजार आठ युनिट विद्युत् निर्यात भएको छ । उक्त विद्युत् बिक्रीबाट पाँच अर्ब ९२ करोड ५० लाख बराबरको कारोबार भएको हो । प्राधिकरणका अनुसार असोजमा भारततर्फ विद्युत् निर्यात दुर्ई माध्यमबाट गरिएको थियो । द्विपक्षीय विद्युत् बिक्री सम्झौताअनुसार भारतको हरियाणा तथा बिहार राज्यमा विद्युत् बिक्री गरिएको थियो भने बाँकी विद्युत् भारतीय ऊर्जा विनिमय बजार(आइएक्स) को डे-अहेड तथा रियलटाइम बजारमा प्रतिस्पर्धी दरमा बिक्री गरिएको थियो । प्राधिकरणले देशभित्रको माग पूरा गरी बचत भएको वर्षायामको विद्युत् प्रत्येक वर्ष भारत एवं बंगलादेशमा निर्यात गर्दै आएको छ । द्विपक्षीय मध्यकालीन विद्युत् बिक्री सम्झौताअनुसार हरियाणा तथा बिहार राज्यमा जुनदेखि अक्टोबरसम्म विद्युत् बिक्री गरिन्छ । गत वर्ष २०८२ को असोजमा भारततर्फ विद्युत् निर्यातबाट चार अर्ब ९६ करोड ३० लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । चालु आर्थिक वर्षको भदौमा यस्तो कारोबार रकम पाँच अर्ब नौ करोड २५ लाख थियो । जसअनुसार गत वर्षको असोजको तुलनामा यस वर्षको असोजमा निर्यात कारोबार रकम ९६ करोड २० लाख रुपैयाँले र भदौको तुलनामा ८३ करोड २५ लाख रुपैयाँले बढेको छ । चालु आर्थिक वर्षको पहिलो तीन महिना साउन, भदौ र असोजमा विद्युत् निर्यातबाट कुल १६ अर्ब १५ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले बाढीका कारण निर्यातका लागि स्वीकृति प्राप्त केही जलविद्युत् आयोजनाको उत्पादन बन्द भए पनि असोजमा विद्युत् निर्यातबाट प्राप्त कारोबार रकम बढेको बताउनुभयो । उहाँका अनुसार असोजमा भारततर्फ निर्यात कुल विद्युत् परिमाणमध्ये करिब दुर्ई तिहाइ द्विपक्षीय सम्झौताअनुसार र बाँकी आइएक्समार्फत् बिक्री गरिएको थियो । बंगलादेशतर्फ ४० मेगावाट निर्यात पुनः सुरुनेपालबाट भारतको प्रसारण संरचना प्रयोग गरी बंगलादेशतर्फ हुँदै आएको ४० मेगावाट विद्युत् निर्यात पुनः सुरु भएको छ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको हिमबाढीका कारण त्रिशूली नदीमा आएको बाढीले बंगलादेश निर्यातका लागि स्वीकृति प्राप्त त्रिशूली र चिलिमे जलविद्युत् केन्द्रमा क्षतिपछि निर्यात रोकिएको थियो । बाढीका कारण द्विपक्षीय सम्झौताबमोजिम स्वीकृति प्राप्त जलविद्युत् केन्द्रमा क्षति पुग्दा भारतको हरियाणा राज्यतर्फको विद्युत् निर्यात आंशिकरूपमा प्रभावित भएको थियो । भारतको केन्द्रीय विद्युत् प्राधिकरणबाट अन्य जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत् बंगलादेशतर्फ निर्यात गर्न स्वीकृति प्राप्त भएपछि निर्यात पुनः सुरु भएको प्राधिकरणका कार्यकारी निर्देशक श्रेष्ठले बताउनुभयो । श्रेष्ठले बाढीबाट प्रभावित जलविद्युत् आयोजनाको उत्पादन तथा प्रसारण संरचनामा परेको असरका बाबजुद अन्य आयोजनाबाट विद्युत् निर्यातलाई निरन्तरता दिन सकिनु र बंगलादेशतर्फको निर्यात पुनः सुरु हुनु नेपालको विद्युत् व्यापारका लागि महत्त्वपूर्ण उपलब्धि भएको उल्लेख गर्नुभयो । जसबाट वर्षायाममा उत्पादित अतिरिक्त विद्युत्को बजार व्यवस्थापन तथा क्षेत्रीय विद्युत् व्यापार विस्तारमा सहयोग पुर्याउने अपेक्षा गरिएको उहाँले बताउनुभयो । नयाँ व्यवस्थाअनुसार त्रिशूली, देवीघाट र चिलिमे जलविद्युत् केन्द्रको सट्टा सोलु, काबेली-१ र तल्लो मोदी जलविद्युत् केन्द्रबाट उत्पादित विद्युत् बंगलादेश तथा हरियाणातर्फ निर्यात गर्न स्वीकृति प्राप्त भएको हो । प्राधिकरण र बंगलादेश पावर डेभलपमेन्ट बोर्ड (बिपिडिबी) बीच २०८१ असोज १७ गते वर्षायामको विद्युत् निर्यातसम्बन्धी पाँचवर्षे सम्झौता भएको थियो । सम्झौताअनुसार प्रत्येक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्मको छ महिनाको अवधिमा दैनिक ४० मेगावाट विद्युत् बंगलादेशमा निर्यात हुँदै आएको छ । यसैबीच भारतको केन्द्रीय विद्युत् प्राधिकरणबाट थप ३१ मेगावाट विद्युत् निर्यात अनुमति प्राप्त भएको छ । नयाँ अनुमतिसँगै भारततर्फ निर्यात गर्न स्वीकृति प्राप्त कुल विद्युत् क्षमता करिब एक हजार एक सय ७९ मेगावाट पुगेको छ । कालीगण्डकी करिडोर प्रसारण लाइन सञ्चालनमागत असोज ११ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरो र कालीगण्डकी नदीको कटानका कारण क्षतिग्रस्त कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गतको म्याग्दीको दाना-राहुघाट खण्ड २१ दिनपछि पुनः सञ्चालनमा आएको छ । प्राधिकरणले आपत्कालीन पुनःस्थापना प्रणाली टावर प्रयोग गरी उक्त खण्डलाई अस्थायीरूपमा सञ्चालनमा ल्याएको हो । प्रसारण लाइनको २२० केभीको एउटा सर्किटलाई चार्ज गरी अस्थायीरूपमा सञ्चालनमा ल्याइएको छ । बाढीले म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६, पोखरेबगरस्थित प्रसारण लाइनका चारवटा टावरमा क्षति पुर्याएको थियो । तीमध्ये टावर नम्बर २१, २३ र २४ पूर्णरूपमा क्षतिग्रस्त भएका थिए भने टावर नम्बर २२ मा आंशिक क्षति पुगेको थियो । प्रसारण लाइन अवरुद्ध भएपछि दाना सबस्टेसनमार्फत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएका निजी क्षेत्रका पाँच जलविद्युत् आयोजनाबाट उत्पादित कुल एक सय ७० मेगावाट विद्युत्् राष्ट्रिय प्रणालीमा प्रवाह हुन सकेको थिएन । लाइन सञ्चालनसँगै उक्त आयोजनाहरूबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा पुनः जोडिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले प्राधिकरणका कर्मचारीको अहोरात्रको प्रयास र निजी क्षेत्रका जलविद्युत् आयोजनाहरूसँगको सहकार्यमा इआरएस टावर प्रयोग गरी प्रसारण लाइन अस्थायीरूपमा सञ्चालनमा ल्याउन सफलता मिलेको बताउनुभयो । भौगोलिकरूपमा अत्यन्त जटिल र दुर्गम स्थानमा इआरएस टावर जडान गर्नु चुनौतीपूर्ण भए पनि निरन्तरको प्रयासबाट काम सम्पन्न गर्न सकिएको उहाँले उल्लेख गर्नुभयो । प्राधिकरणको पोखरा ग्रिड महाशाखाका प्रमुख रोशन खड्काका अनुसार इआरएस टावरमार्फत् प्रसारण लाइन सञ्चालनपछि बाढीले क्षति पुर्याएका टावरको स्थायी पुनर्निर्माण प्रक्रिया अगाडि बढाइएको छ । स्थायी टावर निर्माणपछि प्रसारण लाइनको दाना-राहुघाट खण्ड नियमित अवस्थामा सञ्चालनमा आउनेछ । कालीगण्डकी र सहायक नदीमा निर्माण हुने जलविद्युत्् आयोजनाबाट उत्पादित विद्युत् एकीकृत गरी राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गर्ने उद्देश्यले कालीगण्डकी करिडोर २२० केभी डबल सर्किट प्रसारण लाइन निर्माण गरिएको हो । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ स्थित दाना सबस्टेसनबाट सुरु भई पर्वत, बागलुङ, स्याङ्जा, पाल्पा र रूपन्देही हुँदै नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सुनवल नगरपालिका-१३ स्थित नयाँ बुटवल सबस्टेसनसम्म पुग्ने उक्त प्रसारण लाइनको कुल लम्बाइ करिब एक सय ३० किलोमिटर छ । प्रसारण लाइनले करिब एक हजार दुर्ई सय मेगावाट विद्युत्् प्रवाह गर्न सक्ने क्षमता राख्छ ।
Read Complete Original Article
Published originally on हिमालय टाइम्स
Related News

अस्ट्रेलियन डलर र युरोको मूल्य बढ्यो, पाउन्डको घट्यो
नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, कुवेती र बहराइन दिनारसहित केही विदेशी मुद्राको विनिमयदर स्थिर छ। तर अस्ट्रेलियन डलर, युरो लगायत कतिपय मुद्रा भने महँगिएका छन्। पाउन्डसहित केही मुद्राको भाउ भने घटेको राष्ट्र बैंकले जनाएको छ। आज अमेरकी डलर १ को खरिददर १५१ रुपैयाँ ६१ ... ...

आयातमुखी उपभोगको चक्रमा अर्थतन्त्र, विद्युत् निर्यातमा नयाँ अवसर
काठमाडौं । नेपाली अर्थतन्त्रमा चाडपर्व केवल धार्मिक तथा सांस्कृतिक पर्व होइन, बजारमा नगद प्रवाह बढाउने, उपभोग विस्तार गर्ने र व्यापारिक गतिविधि तीव्र बनाउने सबैभन्दा महत्त्वपूर्ण आर्थिक सिजनमध्ये एक हुन् । वर्षभरि कमाएको रकम चाडपर्वमा खर्च गर्ने नेपाली परम्पराले गाउँदेखि सहरसम्म आर्थिक गतिविधि बढाउँछ । तर, आयातमा आधारित उपभोग र कमजोर आन्तरिक उत्पादनका कारण चाडपर्वमा देखिने बजारको चमकलाई समग्र अर्थतन्त्रको दिगो ...

पशुमा बढ्दो बाँझोपन
काठमाडौँ, कात्तिक ९ गते । पाँच वर्षदेखि व्यावसायिक गाई पाल्दै आएका भीमसेन थापा गाउँपालिका गोरखाका भक्तप्रसाद श्रेष्ठले पछिल्लो समय निकै कष्ट बेहोर्दै आउनुभएको थियो । लामो समयसम्म ग... ...

आन्दोलनको चपेटामा युरोप : हामीले के शिक्षा लिने
केही दिनयता आन्दोलनका कारण युरोप आक्रान्त छ । फ्रान्सबाट सुरु भएको आन्दोलन इटाली, पोर्चुगल, अल्बानिया हुँदै सारा युरोपमा फैलिन सक्ने अन्दाज हुन थालेको छ । विकसित मुलुक भनिएका फ्रान्स जस्ता शहरहरूमा अकस्मात निम्तिएको आन्दोलनको संकटले विश्व राजनीति र विश्व समाजमा कैयौं प्रश्नहरू उब्जिन थालेका छन् । आन्दोलनको प्याटर्न हेर्दा अन्य मुलुकमा भएका पछिल्ला आन्दोलन जस्तै आन्दोलनको स्वरूप देखिन्छ । तर, ...


