Monday, October 26, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/जनकपुर बोल्ट्सको बैंकिङ साझेदारमा मुक्तिनाथ

जनकपुर बोल्ट्सको बैंकिङ साझेदारमा मुक्तिनाथ

Share:WhatsAppFacebookX (Twitter)Telegram
जनकपुर बोल्ट्सको बैंकिङ साझेदारमा मुक्तिनाथ

काठमाडौं । मुक्तिनाथ विकास बैंकले नेपाल प्रिमियर लिग (एनपिएल) सिजन-३ मा जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदारका रूपमा सहकार्यका लागि सम्झौता गरेको छ । एनपिएल क्रिकेटको व्यावसायिक विकास, प्रतिभाशाली खेलाडीहरूको क्षमता अभिवृद्धि तथा खेलकुदलाई आर्थिक गतिविधिसँग जोड्ने महत्त्वपूर्ण माध्यमका रूपमा स्थापित हुँदै गएको छ । एनपिएलको पहिलो संस्करणको उपाधि जित्न सफल जनकपुर बोल्ट्स नेपाली क्रिकेटमा आफ्नो विशिष्ट पहिचान स्थापित गर्ने सफल टोली हो । पहिलो संस्करणको च्याम्पियनका रूपमा प्राप्त सफलताले टोलीलाई नेपाली क्रिकेटप्रेमीमाझ लोकप्रिय बनाउनुका साथै मधेस प्रदेशको खेलकुद पहिचानलाई समेत थप उजागर गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरका अनुसार सहकार्यमार्फत् मुक्तिनाथ विकास बैंकले जर्सीमा आफ्नो लोगोमात्र राखेको छैन, नेपालमा क्रिकेटमार्फत् समुदायसँग जोडिने, स्थानीय प्रतिभा प्रोत्साहन गर्ने तथा युवा सशक्तीकरणका लागि बैंकले पूर्ण सहयोगको प्रतिबद्घता व्यक्त गरेको छ । नेपाल प्रिमियर लिगको तेस्रो सिजनमा जनकपुर बोल्ट्सले उत्कृष्टता हासिल गर्ने लक्ष्य राख्दै गर्दा सहकार्य गर्न पाउँदा गर्व महसुस गरेको बैंकले जनाएको छ । त्यसैगरी, जनकपुर बोल्ट्सको सञ्चालक कम्पनी ड्रिम स्पोर्ट्स प्रालिका प्रमुख कार्यकारी अधिकृत निरोज खतिवडाले भन्नुभयो, ‘मुक्तिनाथ विकास बैंकजस्तो समुदायसँग गहिरो सम्बन्ध भएको संस्थालाई आधिकारिक बैंकिङ साझेदारका रूपमा पाउँदा हामी अत्यन्त खुसी छौं । जनता बैंकमा होइन, बैंक जनतामा जानुपर्छ’ भन्ने बैंकको सोच र मधेसका जनतासँग जोडिने जनकपुर बोल्ट्सको यात्रा एउटै दिशामा अघि बढेका छन्, एनपिएलको पहिलो संस्करणको विजेता टोलीका रूपमा यस सिजन फेरि उपाधि जनकपुर फर्काउने हाम्रो लक्ष्य छ ।’ नेपाली बैंकिङ क्षेत्रमा ग्राहक केन्द्रित सेवा, नवीनता तथा वित्तीय समावेशीकरणलाई प्राथमिकता दिँदै आएको मुक्तिनाथ विकास बैंकले उक्त साझेदारीलाई खेलकुदमार्फत् समुदायसँग जोडिने र नेपाली क्रिकेटको विकासमा सहयोग पुर्‍याउने अवसरका रूपमा लिएको छ । मुक्तिनाथ विकास बैंकले आगामी दिनमा पनि ग्राहक, समुदाय तथा सरोकारवालाहरूसँगको सम्बन्ध थप मजबुत बनाउँदै आर्थिक तथा सामाजिक विकासमा योगदान पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

अस्ट्रेलियन डलर र युरोको मूल्य बढ्यो, पाउन्डको घट्यो
ताजा खबरJust now

अस्ट्रेलियन डलर र युरोको मूल्य बढ्यो, पाउन्डको घट्यो

नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।  आज अमेरिकी डलर, कुवेती र बहराइन दिनारसहित केही विदेशी मुद्राको विनिमयदर स्थिर छ। तर अस्ट्रेलियन डलर, युरो लगायत कतिपय मुद्रा भने महँगिएका छन्।  पाउन्डसहित केही मुद्राको भाउ भने घटेको राष्ट्र बैंकले जनाएको छ।  आज अमेरकी डलर १ को खरिददर १५१ रुपैयाँ ६१ ... ...

नेपालखबर
आयातमुखी उपभोगको चक्रमा अर्थतन्त्र, विद्युत् निर्यातमा नयाँ अवसर
ताजा खबरJust now

आयातमुखी उपभोगको चक्रमा अर्थतन्त्र, विद्युत् निर्यातमा नयाँ अवसर

काठमाडौं । नेपाली अर्थतन्त्रमा चाडपर्व केवल धार्मिक तथा सांस्कृतिक पर्व होइन, बजारमा नगद प्रवाह बढाउने, उपभोग विस्तार गर्ने र व्यापारिक गतिविधि तीव्र बनाउने सबैभन्दा महत्त्वपूर्ण आर्थिक सिजनमध्ये एक हुन् । वर्षभरि कमाएको रकम चाडपर्वमा खर्च गर्ने नेपाली परम्पराले गाउँदेखि सहरसम्म आर्थिक गतिविधि बढाउँछ । तर, आयातमा आधारित उपभोग र कमजोर आन्तरिक उत्पादनका कारण चाडपर्वमा देखिने बजारको चमकलाई समग्र अर्थतन्त्रको दिगो ...

हिमालय टाइम्स
पशुमा बढ्दो बाँझोपन
ताजा खबरJust now

पशुमा बढ्दो बाँझोपन

काठमाडौँ, कात्तिक ९ गते । पाँच वर्षदेखि व्यावसायिक गाई पाल्दै आएका भीमसेन थापा गाउँपालिका गोरखाका भक्तप्रसाद श्रेष्ठले पछिल्लो समय निकै कष्ट बेहोर्दै आउनुभएको थियो । लामो समयसम्म ग... ...

गोरखापत्र
आन्दोलनको चपेटामा युरोप : हामीले के शिक्षा लिने
ताजा खबरJust now

आन्दोलनको चपेटामा युरोप : हामीले के शिक्षा लिने

केही दिनयता आन्दोलनका कारण युरोप आक्रान्त छ । फ्रान्सबाट सुरु भएको आन्दोलन इटाली, पोर्चुगल, अल्बानिया हुँदै सारा युरोपमा फैलिन सक्ने अन्दाज हुन थालेको छ । विकसित मुलुक भनिएका फ्रान्स जस्ता शहरहरूमा अकस्मात निम्तिएको आन्दोलनको संकटले विश्व राजनीति र विश्व समाजमा कैयौं प्रश्नहरू उब्जिन थालेका छन् । आन्दोलनको प्याटर्न हेर्दा अन्य मुलुकमा भएका पछिल्ला आन्दोलन जस्तै आन्दोलनको स्वरूप देखिन्छ । तर, ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play