विश्वकप लिग–२ : ओमानविरुद्ध नेपाललाई जित्नैपर्ने दबाब

काठमाडौँ ।आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृङ्खलाको अन्तिम खेलमा नेपालले आज घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछ। शीर्ष ६ मा रहँदै ओडीआई मान्यता जोगाउने लक्ष्यमा रहेको नेपालका लागि यो खेल निकै महत्त्वपूर्ण बनेको छ। ओमानको अल अमेरतस्थित क्रिकेट ग्राउन्ड (मिनिस्ट्री टर्फ–१) मा हुने खेल नेपाली समयअनुसार बिहान ११:१५ बजे सुरु हुनेछ। त्रिदेशीय शृङ्खलाको सुरुआती दुई खेलमा नेपालले क्यानडा र ओमानलाई पराजित गर्दै उत्कृष्ट सुरुआत गरेको थियो। तर, शनिबार भएको तेस्रो खेलमा क्यानडासँग पराजित भएपछि नेपालको शीर्ष ६ मा रहने सम्भावनामा दबाब बढेको छ। नेपाललाई हराएसँगै क्यानडा ३६ खेलबाट २९ अङ्क जोड्दै अङ्कतालिकाको छैटौँ स्थानमा उक्लिएको छ। ३५ खेलबाट २८ अङ्क रहेको नेपाल भने सातौँ स्थानमा झरेको छ। आज ओमानलाई पराजित गर्न सके नेपालले क्यानडालाई पछि पार्दै पुनः छैटौँ स्थानमा उक्लिनेछ। त्यसैले ओमानविरुद्धको खेल नेपालका लागि अङ्क जोड्ने अवसर मात्र नभई ओडीआई मान्यता जोगाउने अभियानमा निर्णायक महत्त्वको बनेको छ। विश्वकप लिग–२ को अङ्कतालिकामा शीर्ष ६ स्थान हासिल गर्ने टोलीले ओडीआई मान्यता कायम राख्ने भएकाले नेपालका लागि आजको जित अत्यावश्यक देखिएको छ। घरेलु टोली ओमानलाई उसकै मैदानमा हराउँदै नेपाल प्रतियोगितामा आफ्नो स्थिति सुधार्ने लक्ष्यसहित मैदानमा उत्रनेछ।
Read Complete Original Article
Published originally on नेपालन्युज
Related News

ओमानविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल, टोलीमा एक परिवर्तन
काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले ओमानविरुद्ध पहिले ब्याटिङ गर्दै छ । ओमान क्रिकेट एकेडेमीमा कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन् । नेपालले आजको खेलमा एक परिवर्तन गरेको छ । अर्जुन कुमालको स्थानमा देव खनाल टोलीमा आएका छन्। अंकतालिकामा शीर्ष ६ मा अटाउनका लागि नेपाललाई यो खेल जित्नैपर्ने ...

अर्घाखाँचीमा यात्रुकाे चाप धान्न देउरालीले थप्यो ७ नयाँ बस
दसैं मनाउन राजधानीबाट घर फर्कने यात्रुको सहजताका लागि सन्धिखर्क–काठमाडौँ रुटमा तीनवटा र सन्धिखर्क–दिल्ली रुटमा चारवटा बस थपिएको हो । ...
![दशैँमा स्वास्थ्यमा ध्यान दिन जोड [भिडियो]](https://hamrakura.com/uploads/news/images/subarna-poudel-02-07.jpg)
दशैँमा स्वास्थ्यमा ध्यान दिन जोड [भिडियो]
आयुर्वेद चिकित्सक डा.सुवर्ण पौडेलले आग्रह गरेका छन्। ...

नेपाल, भुटान र भारतका याकपालकको क्षेत्रीय सञ्जाल स्थापना हुँदै
काठमाडौं । नेपाल, भुटान र भारतका याक तथा चौँरीपालक कृषकलाई एकै मञ्चमा जोड्ने उद्देश्यले हिमालय याक कृषक सञ्जाल स्थापना हुने भएको छ। भुटानमा आयोजना हुने नवौँ रोयल हाइल्यान्ड महोत्सवका अवसरमा सञ्जाल औपचारिक रूपमा सुरु गरिनेछ। अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड)का अनुसार याकपालक समुदायमा मात्र केन्द्रित यो पहिलो क्षेत्रीय मञ्च हुनेछ। जलवायु परिवर्तन, चरन क्षेत्रको क्षयीकरण र युवाको बसाइँसराइजस्ता चुनौती बढिरहेका ...


