ओमानविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल, टोलीमा एक परिवर्तन

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा जारी ओडीआई शृङ्खलाको अन्तिम खेलमा नेपालले ओमानविरुद्ध पहिले ब्याटिङ गर्दै छ । ओमान क्रिकेट एकेडेमीमा कप्तान सन्दीप लामिछानेले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेका हुन् । नेपालले आजको खेलमा एक परिवर्तन गरेको छ । अर्जुन कुमालको स्थानमा देव खनाल टोलीमा आएका छन्। अंकतालिकामा शीर्ष ६ मा अटाउनका लागि नेपाललाई यो खेल जित्नैपर्ने दबाब छ । आज ओमानसँगको खेलमा विजयी भए नेपाल ३० अंकसहित तालिकाको छैटौं स्थानमा उक्लनेछ । त्यसपछि नेपालले जारी लिग–२ प्रतियोगिता पनि छैटौं स्थानमै रहेर टुंग्याउने छ । तर, ओमानसँग पराजित भए नेपालको छैटौं बन्ने सपना समाप्त हुनेछ । क्यानडा २९ अंकसहित तालिकाको छैटौं स्थानमा छ । ३५ खेलबाट २८ अंक जोडेको नेपाल भने तालिकाको सातौं स्थानमा छ । यसअघि शीर्ष–४ को होडबाट बाहिरिसकेको नेपाल सन् २०२७ को एकदिवसीय विश्वकपको छनोटमा सिधै पुग्न असफल भएको थियो । अब नेपालले विश्वकप छनोटमा स्थान बनाउन प्लेअफ खेल्नुपर्नेछ । नेपालले एकदिवसीय मान्यता जोगाउन आज हुने अन्तिम खेलमा ओमानलाई हराउनुपर्ने The post ओमानविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल, टोलीमा एक परिवर्तन appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
Read Complete Original Article
Published originally on कर्पोरट खबर
Related News

बुबाबिनाको दसैं औपचारिकता जस्तै : रेखा थापा
म चार–पाँच वर्षकी थिएँ होला, स्कर्ट लगाएकी थिएँ । लिंगेपिङमा मेरो पालो आउँदा जामा उडेर लाज होला भन्ने डरले कुनामा गएर टोलाएर बसेँ । ...

सप्तकोशीमा डुबेर बेपत्ता युवा मृत फेला
सुनसरी। सप्तकोशीमा पौडी खेल्ने क्रममा आइतबार साँझ बेपत्ता भएका बराहक्षेत्रका एक युवक साेमबार बिहान मृत फेला परेका छन्। बराहक्षेत्र नगरपालिका–१० बकुल्लाचापका २३ वर्षीय ओसन कोइरालाको शव आज बिहान फेला परेको... ...

बढ्यो सुन र चाँदी दुवैको भाउ
नेपाली बजारमा सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (सोमबार) छापावाल सुनको भाउ प्रतितोला २ लाख ९० हजार २ सय रुपैयाँ कायम गरिएको हो। हिजो आइतबार सुनको मूल्य तोलाको २ लाख ८९ हजार ७ सय रुपैयाँ थियो। यस्तै अघिल्लो दिनको तुलनामा चाँदीको भाउ पनि बढेको छ। सुनचाँदी व्यवसा... ...

सप्तकोशीमा डुबेर बेपत्ता युवा मृत फेला
सुनसरी।सप्तकोशीमा पौडी खेल्ने क्रममा आइतबार साँझ बेपत्ता भएका बराहक्षेत्रका एक युवक आज बिहान मृत फेला परेका छन्। बराहक्षेत्र नगरपालिका–१० बकुल्लाचापका २३ वर्षीय ओसन कोइरालाको शव आज बिहान फेला परेको हो। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काका अनुसार निजको शव परीक्षणका लागि इनरुवास्थित जिल्ला अस्पताल पठाइएको इलाका प्रहरी कार्यालयले जनाएको छ। ...


