Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

विवरण लुकाएपछि पशुपति आइरन एन्ड स्टिल‘असहयोगी कम्पनी’ घोषित,रेटिङ खारेजीको सूचीमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
विवरण लुकाएपछि पशुपति आइरन एन्ड स्टिल‘असहयोगी कम्पनी’ घोषित,रेटिङ खारेजीको सूचीमा
Photo / Coverage: टक्सार

काठमाडौँ । क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपाल लिमिटेडले पशुपति आइरन एन्ड स्टिल प्राइभेट लिमिटेडलाई ‘असहयोगी कम्पनी’ को सूचीमा राख्दै यसको रेटिङ खारेज गर्ने सूचना जारी गरेको छ । इक्रा नेपालले नोभेम्बर ५, २०२६ मा सार्वजनिक गरेको प्रतिवेदनअनुसार कम्पनीको २ अर्ब ४० करोड रुपैयाँ (२,४०० मिलियन) बराबरको अल्पकालीन कर्जा रेटिङलाई संशोधन गरी ृक्ष्ऋच्ब्ल्ऐ ब्४ ‘इस्युअर नट कोअपरेटिङ’ कायम गरिएको हो । कुनै पनि कम्पनीको ऋण तिर्न सक्ने क्षमता कस्तो छ भनेर रेटिङ एजेन्सीले नियमित निगरानी गरिरहनुपर्छ। तर, इक्रा नेपालले पटक–पटक ताकेता गर्दा पनि पशुपति आइरन व्यवस्थापनले आफ्नो आर्थिक तथा सञ्चालन विवरण उपलब्ध गराउन नमानेको इक्राले जनाएको छ । क्रेडिट रेटिङ नियमावली २०११ र इक्रा नेपालको नीतिअनुसार समयमै पर्याप्त सूचना नपाएपछि आर्थिक वर्ष २०२६ मा कम्पनीको वित्तीय अवस्था र ऋण तिर्ने क्षमतामा परेको प्रभाव यकिन गर्न नसकिएको एजेन्सीले जनाएको छ। कम्पनीले नयाँ विवरण नदिए पनि इक्रा नेपालसँग अघिल्लो मूल्याङ्कनका क्रममा उपलब्ध आर्थिक तथ्याङ्कले कम्पनीको व्यापारमा भारी गिरावट आएको देखाउँछ । आर्थिक वर्ष २०२१ मा २ अर्ब १९ करोड ९० लाख रुपैयाँ रहेको कम्पनीको कुल सञ्चालन आम्दानी (बिक्री) आर्थिक वर्ष २०२२ मा ९१.०९ प्रतिशतले बढेर ४ अर्ब २० करोड २० लाख र आर्थिक वर्ष २०२३ मा थप ११.४९ प्रतिशतले वृद्धि भई ४ अर्ब ६८ करोड ५० लाख रुपैयाँसम्म पुगेको थियो। तर, आर्थिक वर्ष २०२४ मा आइपुग्दा कम्पनीको व्यापार एकैपटक ४०.५१ प्रतिशतले घटेर २ अर्ब ७८ करोड ७० लाख रुपैयाँमा खुम्चिन पुग्यो। आर्थिक वर्ष २०२५ को पहिलो ९ महिनासम्ममा भने कम्पनीले २ अर्ब ३६ करोड २० लाख रुपैयाँको कारोबार गरेको अपरिष्कृत विवरण छ। व्यापार खस्किएसँगै कम्पनीको नाफा आर्जन गर्ने क्षमता र ऋण तिर्ने सामथ्र्य पनि कमजोर बन्दै गएको तथ्याङ्कले देखाएको इक्राले जनाएको छ । आर्थिक वर्ष २०२१ मा ७.२ प्रतिशत रहेको कम्पनीको सञ्चालन नाफा मार्जिन क्रमशः घट्दै आ.व. २०२२ मा ४.७ प्रतिशत, आ.व. २०२३ मा ३.७ प्रतिशत र आ.व. २०२४ तथा २०२५ को ९ महिनामा ३.३ प्रतिशतमा सीमित भएको छ। यही अवधिमा कम्पनीको खुद पुँजीको तुलनामा कुल ऋणको अनुपात आ.व. २०२१ मा ०.५ गुणा मात्र रहेकोमा आ.व. २०२५ को ९ महिनासम्म आइपुग्दा २.३ गुणा र कुल बाह्य दायित्वको अनुपात १.३ गुणाबाट बढेर २.७ गुणा पुगेको छ। सञ्चालन नाफाको तुलनामा कुल ऋणको अनुपात २.३ गुणाबाट बढेर आ.व. २०२४ मा ९.५ गुणा र आ.व. २०२५ को ९ महिनामा १७.६ गुणासम्म पुगेको देखिएको छ। बढ्दो ऋणको भारसँगै कम्पनीको ब्याज र किस्ता तिर्ने क्षमतामा पनि तीव्र ह्रास आएको छ। आर्थिक वर्ष २०२१ मा ११.६ गुणा रहेको ब्याज तिर्ने क्षमता आ.व. २०२४ मा १.० गुणा र आ.व. २०२५ को ९ महिनामा १.६ गुणामा झरेको छ भने ऋण सेवा कवरेज अनुपात पनि ११.७ गुणाबाट घटेर १.० देखि १.५ गुणाको हाराहारीमा सीमित भएको छ। यस्तै, कुल बिक्रीको तुलनामा खुद कार्यशील पुँजीको अनुपात आ.व. २०२१ मा २ प्रतिशत रहेकोमा आ.व. २०२५ को ९ महिनामा ६२ प्रतिशत पुग्नुले कम्पनीको ठूलो पुँजी उधारो वा मौज्दातमा अड्किएको देखाउँछ। यद्यपि चालु अनुपात भने १.२ गुणाको आसपास छ। कम्पनीले पछिल्लो वास्तविक अवस्था नदेखाएका कारण उपलब्ध सीमित जानकारीका आधारमा तय गरिएको यो रेटिङले कम्पनीको वास्तविक कर्जा जोखिमलाई पूर्ण रूपमा नसमेट्ने इक्रा नेपालको भनाइ छ। कम्पनीको जोखिमको स्तर रेटिङले देखाएभन्दा अझ बढी हुन सक्ने भएकाले यो रेटिङ प्रयोग गर्दा ऋणदाता बैंक, लगानीकर्ता र सरोकारवालाहरूलाई विशेष सतर्कता अपनाउन एजेन्सीले सचेत गराएको छ। सन् १९८३ मा स्थापना भई सुनसरीमा उद्योग सञ्चालन गरिरहेको यस कम्पनीले वार्षिक करिब १ लाख १० हजार मेट्रिक टन उत्पादन क्षमतासहित ‘पशुपति टिएमटी बार’ ब्रान्डमा फलामे डन्डी उत्पादन गर्दै आएको छ। ८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस उद्योगमा अशोक मुरारका, प्रदीप मुरारका, पशुपति मुरारका र महेश कुमार मुरारकाको बराबर सेयर स्वामित्व रहेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
अमेरिकी डलर र साढे ९ लाख नगदसहित २४ जना जुवाडे मैपीबाट पक्राउ
Latest NewsJust now

अमेरिकी डलर र साढे ९ लाख नगदसहित २४ जना जुवाडे मैपीबाट पक्राउ

काठमाडौं । काठमाडौंको मैपीस्थित एक घरमा कौडा खेलिरहेको अवस्थामा प्रहरीले २४ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भद्रकालीबाट खटिएको प्रहरी टोलीले हारजित हुनेगरी कौडा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा निरज निरौला, वसन्त अधिकारी, सुजन श्रेष्ठ, नारायण श्रेष्ठ, राजेश केसी, विनोद घिमिरे, रामकृष्ण कार्की, जलेश पाण्डे, दिनेश भट्टराई, प्रदीप कँडेल, माधव विष्ट, शालिग्राम वाग्ले, जयराम पाण्डे, शिव ...

कर्पोरट खबर
ड्रोन आक्रमणपछि बाल्टिक सागरमा रुसी मालवाहक जहाजमा आगलागी, चालक दलको उद्धार
Latest NewsJust now

ड्रोन आक्रमणपछि बाल्टिक सागरमा रुसी मालवाहक जहाजमा आगलागी, चालक दलको उद्धार

फिनल्यान्ड । बाल्टिक सागरमा रुसी सैन्य सम्बन्ध रहेको मालवाहक जहाज स्पार्टा ड्रोन आक्रमणमा क्षतिग्रस्त भएपछि आगलागी भएको छ। जहाजमा रहेका १६ जना चालक दलका सदस्यलाई उद्धार गरी सुरक्षित स्थानमा लगिएको... ...

रातोपाटी
हिमालको चुचुरोबाट पर्यटन प्रवर्द्धनको सन्देश
Latest NewsJust now

हिमालको चुचुरोबाट पर्यटन प्रवर्द्धनको सन्देश

यामराज बिष्टदैलेख, मङ्सिर ६ गते । दैलेख जिल्लाका पर्यटनको विकास र प्रवर्द्धन गर्नका लागि पहिचान बोकेको ब्यानर ६ हजार ३८ मिटर अग्लो हिमालको चुचुरोमा पुर्‍याइएको छ । पर्यटनको विकास र... ...

गोरखापत्र
३५ दिने अल्टिमेटम सकिँदै, वैदेशिक रोजगार ठगीका फरार आरोपितको बैंक खाता रोक्का गरिने
Latest NewsJust now

३५ दिने अल्टिमेटम सकिँदै, वैदेशिक रोजगार ठगीका फरार आरोपितको बैंक खाता रोक्का गरिने

वैदेशिक रोजगार ठगीसम्बन्धी मुद्दामा पक्राउ पुर्जी जारी हुँदासमेत फरार रहेका व्यक्तिहरूको बैंक खाता रोक्का गर्ने प्रक्रिया अघि बढ्ने भएको छ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले यससम्बन्धी जानकारी दिए ।  वैदेशिक रोजगार विभागले ठगीसम्बन्धी मुद्दामा संलग्न भई फरार रहेका व्यक्तिहरूलाई ३५ दिनभित्र विभाग वा नेपाल प्रहरीको सम्पर्कमा आउन सार्वजनिक सूचनामार्फत आग्रह गरेको थियो । विभागले यहि कात्तिक ९ गते सूचना ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play