Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

अमेरिकी डलर र साढे ९ लाख नगदसहित २४ जना जुवाडे मैपीबाट पक्राउ

Share:WhatsAppFacebookX (Twitter)Telegram
अमेरिकी डलर र साढे ९ लाख नगदसहित २४ जना जुवाडे मैपीबाट पक्राउ
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । काठमाडौंको मैपीस्थित एक घरमा कौडा खेलिरहेको अवस्थामा प्रहरीले २४ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भद्रकालीबाट खटिएको प्रहरी टोलीले हारजित हुनेगरी कौडा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा निरज निरौला, वसन्त अधिकारी, सुजन श्रेष्ठ, नारायण श्रेष्ठ, राजेश केसी, विनोद घिमिरे, रामकृष्ण कार्की, जलेश पाण्डे, दिनेश भट्टराई, प्रदीप कँडेल, माधव विष्ट, शालिग्राम वाग्ले, जयराम पाण्डे, शिव भट्ट, सन्दीप पौडेल, सुनिल श्रेष्ठ, प्रेम श्रेष्ठ, महेश दाहाल, श्याम शर्मा, अरुण बस्नेत, सुमन रिजाल, प्रदीप गौतम, आनन्दराज त्रिपाठी र अनिल सिलवाल रहेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार पक्राउ परेकाहरूको साथबाट नेपाली नौ लाख ६० हजार ५००, अमेरिकी डलर ४६०, भारतीय रुपैयाँ ५०० र कौडा १६ थान बरामद गरिएको छ । पक्राउ परेकाहरूविरुद्ध जुवासम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । The post अमेरिकी डलर र साढे ९ लाख नगदसहित २४ जना जुवाडे मैपीबाट पक्राउ appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
खेलाडीको उपचारका लागि खेलस्थलमै मेडिकल सेन्टर, फिजियोथेरापिस्टसहित स्वास्थ्यकर्मी खटाइने
Latest NewsJust now

खेलाडीको उपचारका लागि खेलस्थलमै मेडिकल सेन्टर, फिजियोथेरापिस्टसहित स्वास्थ्यकर्मी खटाइने

उपसमितिहरुको बैठकमा प्रतियोगिताका क्रममा खेलाडीलाई चोटपटक लागे तत्काल उपचार सेवा उपलब्ध गराउने फिजियोथेरापिस्टसहित दक्ष स्वास्थ्यकर्मी परिचालन गर्ने तयारी गरिएको स्वास्थ्य उपसमितिका सचिव मधुसूदन बस्नेतले बताए । ...

कान्तिपुर
प्रहरीद्वारा अपराधका घटनामा संलग्नको ‘प्रोफाइल’ तयार
Latest NewsJust now

प्रहरीद्वारा अपराधका घटनामा संलग्नको ‘प्रोफाइल’ तयार

पर्सा । गत कात्तिक महिनामा पर्सा जिल्लामा ११८ वटा अपराधका घटनासम्बन्धी उजुरी दर्ता भएको पाइएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार यसै अवधिमा विभिन्न घटनासम्बन्धी मुद्दाका फरार तथा प्रतिवादीमध्ये १२२... ...

रातोपाटी
नेपालको मौसममा थपियो बिहारको ‘न्यूनचापीय क्षेत्र’को प्रभाव
Latest NewsJust now

नेपालको मौसममा थपियो बिहारको ‘न्यूनचापीय क्षेत्र’को प्रभाव

  हाल नेपालमा पश्चिमी वायुका साथै भारतको बिहारआसपास रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको नेपाल मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आज आइतबार बिहान ८ बजे अद्यावधिक (अपडेट) गरेको मौसम बुलेटिनअनुसार अहिले कोसी प्रदेशको तराई साथै देशको हिमाली क्षेत्रको आकाशमा आंशिक बादल लागेको छ। देशका बाँकी स्थानमा ... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play