प्रधानमन्त्री वालेन्द्र शाह भारतका प्रधानमन्त्रीको निमन्त्रणामा आज दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गर्ने भएका छन्। भ्रमणका क्रममा उनले भारतीय उच्च अधिकारीहरूसँग भेटघाट गर्ने कार्यक्रम छ। प्रधानमन्त्री शाह नेपाल एयरलाइन्सको उडानमार्फत दिउँसो ३:४५ बजे भारतको इन्दिरा गान्धी अन्ताराष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन्। विमानस्थलमा उनलाई भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने कार्यक्रम रहेको छ। विमानस्थलबाट प्रधानमन्त्री शाह सीधै होटल ताजमहल पुग्नेछन्। होटलमा साँझ ६ बजे भारतका विदेशमन्त्रीले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्ने कार्यक्रम तय भएको छ। प्रधानमन्त्री शाहको भारत भ्रमणसम्बन्धी कार्यक्रमबारे नेपाली दूतावासका प्रवक्ता अम्बिका जोशीले जानकारी दिएका छन्।
प्रधानमन्त्री बालेनलाई राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने

Read Complete Original Article
Published originally on पर्दाफास






