Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

कांग्रेसको कठिन समय सम्झाउँदै शशांकले भने– चुनौती चिर्दै अघि बढेको इतिहास छ, विचलित हुनुपर्दैन

Share:WhatsAppFacebookX (Twitter)Telegram
कांग्रेसको कठिन समय सम्झाउँदै शशांकले भने– चुनौती चिर्दै अघि बढेको इतिहास छ, विचलित हुनुपर्दैन
Photo / Coverage: पर्दाफास

नेपाली कांग्रेसको १५औं नियमित महाधिवेशन आयोजक समितिका संयोजक डा.शशांक कोइरालाले कांग्रेसले विगतमा अहिलेको भन्दा पनि कठिन राजनीतिक परिस्थितिको सामना गरेर अघि बढेको इतिहास रहेको बताएका छन् । पार्टी अहिले कठिन मोडमा रहे पनि विगतका चुनौती र संघर्षबाट पाठ सिकेर अघि बढ्नुपर्ने उनको भनाइ छ । कांग्रेसको १५औँ महाधिवेशन तयारी समितिका संयोजक कोइरालाले शनिबार पोखरामा आयोजित गण्डकी प्रदेशको तेस्रो अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै कांग्रेसले हरेक चुनौतीलाई चिर्दै लोकतन्त्रको रक्षा गर्दै आएको स्मरण गराए । ‘अहिले पार्टी कठिन परिस्थितिमा छ । तर कांग्रेसले विगतमा अहिलेभन्दा अझ कठिन परिस्थितिको सामना गर्दै आएको छ,’ उनले भने, ‘हरेक चुनौतीलाई चिर्दै कांग्रेस अघि बढेको इतिहास छ ।’ गण्डकी प्रदेशको अधिवेशनलाई कांग्रेसको ऐतिहासिक यात्राको निरन्तरताका रूपमा व्याख्या गर्दै उनले पार्टीको गौरवशाली इतिहास र लोकतान्त्रिक आन्दोलनमा पु¥याएको योगदानलाई स्मरण गरेका थिए । पार्टीभित्र विशेष महाधिवेशनको वैधानिकता र नेतृत्वको विषयलाई लिएर विवाद चर्किरहेका बेला कोइरालाको यो भनाइ आएको हो । उद्घाटन समारोहमा अधिकांश नेताहरूले विशेष महाधिवेशनको वैधानिकता, पार्टीको आधिकारिकता र पछिल्लो राजनीतिक घटनाक्रमबारे धारणा राखेका थिए । सभापति शेरबहादुर देउवाले विशेष महाधिवेशन गर्न पाइने भए पनि त्यसका लागि विधानले तोकेको निश्चित प्रक्रिया पूरा हुनुपर्ने बताए । आवश्यक हस्ताक्षरको सनाखत भएको थियो वा थिएन भन्ने विषय महत्वपूर्ण रहेको उनको भनाइ थियो । पछिल्लो हिंसात्मक घटनामा आफूलाई जेनजी युवाहरूले नभई नेपाली सेनाले उद्धार गरेको दाबीसमेत उनले गरे । नेता कृष्णप्रसाद सिटौलाले केन्द्रीय समितिको निर्णयबिना गरिएको विशेष महाधिवेशन अवैधानिक रहेको धारणा राखे। नेता प्रकाशमान सिंहले पार्टीलाई विधि, विधान र लोकतान्त्रिक प्रक्रियाबाट सञ्चालन गर्नुपर्नेमा जोड दिए । नेता विमलेन्द्र निधिले संविधानलाई समयानुकूल बनाउन आवश्यक संशोधन गर्नुपर्ने बताए । सहमहामन्त्री उमाकान्त चौधरीले कांग्रेस कमजोर हुँदा देशले प्राप्त गरेका राजनीतिक उपलब्धि गुम्ने जोखिम रहेको उल्लेख गर्दै पार्टी कब्जा गर्ने प्रयास भइरहेको आरोप लगाए । प्रवक्ता डा. प्रकाशशरण महतले शेरबहादुर देउवाले नेतृत्व गरेको कांग्रेस नै पार्टीको मूलधार भएको दाबी गरे । कांग्रेसलाई कमजोर बनाउने प्रयासले राष्ट्रियता र लोकतन्त्रलाई समेत कमजोर बनाउने उनको भनाइ थियो । केन्द्रीय सदस्य एनपी साउदले विध्वंसको आडमा बालेनहरूले सत्ता र गगनहरूले पार्टी कब्जा गरेको टिप्पणी गरे। अर्का केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले विशेष महाधिवेशनमार्फत पार्टी विभाजन गराउने प्रयास भएको आरोप लगाए । केन्द्रीय सदस्य गुरु बरालले राष्ट्रिय चुनौती सामना गर्न कांग्रेसका नेता तथा कार्यकर्ता इमानदार र जिम्मेवार हुनुपर्ने बताए । केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले कांग्रेसले कसैको निगाहमा नभई विधि, विधान, संविधान र कानुनी प्रक्रियाका आधारमा आधिकारिकता प्राप्त गर्ने विश्वास व्यक्त गरे । अधिवेशन उद्घाटन समारोहमा केन्द्रीय सदस्य पुष्प पराजुली, सीता देवकोटा, रणबहादुर रावल, भूपेन्द्र राई, कोशी प्रदेशका महामन्त्रीलगायत विभिन्न तहका नेता तथा कार्यकर्ताको उपस्थिति थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
प्रधानमन्त्री बालेनलाई राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने
OthersJust now

प्रधानमन्त्री बालेनलाई राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने

प्रधानमन्त्री वालेन्द्र शाह भारतका प्रधानमन्त्रीको निमन्त्रणामा आज दुईदिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गर्ने भएका छन्। भ्रमणका क्रममा उनले भारतीय उच्च अधिकारीहरूसँग भेटघाट गर्ने कार्यक्रम छ। प्रधानमन्त्री शाह नेपाल एयरलाइन्सको उडानमार्फत दिउँसो ३:४५ बजे भारतको इन्दिरा गान्धी अन्ताराष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन्। विमानस्थलमा उनलाई भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने कार्यक्रम रहेको छ। विमानस्थलबाट प्रधानमन्त्री शाह सीधै होटल ताजमहल पुग्नेछन्। होटलमा ...

पर्दाफास
प्रधानमन्त्री बालेनको स्वागतका लागि दिल्ली सजाइयो, ठाउँठाउँमा फहराइए नेपाल–भारतका झण्डा
OthersJust now

प्रधानमन्त्री बालेनको स्वागतका लागि दिल्ली सजाइयो, ठाउँठाउँमा फहराइए नेपाल–भारतका झण्डा

प्रधानमन्त्री बालेन्द्र साहको भारत भ्रमणलाई लक्षित गर्दै भारतीय राजधानी नयाँदिल्लीमा भव्य स्वागतको तयारी गरिएको छ । प्रधानमन्त्री साहको राजकीय भ्रमणको पूर्वसन्ध्यामा दिल्लीका विभिन्न स्थानमा नेपाल र भारतका राष्ट्रिय झण्डा राखेर स्वागतको वातावरण तयार पारिएको हो । प्रधानमन्त्री साह आइतबार दुईदिने राजकीय भ्रमणका लागि भारत जान लागेका हुन् । उनको स्वागतका लागि दिल्लीका सडक तथा विभिन्न स्थानमा दुवै देशका झण्डा पोलमा राखिएका छन् ...

पर्दाफास
मधेशमा दोस्रो पटक सरकारको नेतृत्व गर्दै यादव, विश्वासको मत लिने तयारी
OthersJust now

मधेशमा दोस्रो पटक सरकारको नेतृत्व गर्दै यादव, विश्वासको मत लिने तयारी

मधेश प्रदेशमा दोस्रो पटक सरकारको नेतृत्व सम्हाल्न लागेका सरोजकुमार यादवले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रदेश संसदीय दलका नेता यादवलाई प्रदेश प्रमुख डा. सुरेन्द्रलाभ कर्णले शपथ गराउने कार्यक्रम छ ।प्रदेशसभाको सबैभन्दा ठूलो दलको संसदीय दलका नेताको हैसियतमा यादव शनिबार संविधानको धारा १६८ को उपधारा (३) बमोजिम मुख्यमन्त्री नियुक्त भएका हुन् । शपथसँगै दोस्रो ...

पर्दाफास
काठमाडौं-दिल्ली कति दूर ?
OthersJust now

काठमाडौं-दिल्ली कति दूर ?

भारतमा नरेन्द्र मोदी १२ वर्षदेखि निरन्तर नेतृत्वमा छन् । नेपालमा भने ६ जना प्रधानमन्त्री बदलिइसके । मोदीकालमा नेपाल भारत सम्बन्धमा निकै अविश्वास र आशंकाहरू प्रकट भए । आजदेखि हुन लागेको प्रधानमन्त्री बालेन शाहको राजकीय भ्रमणले ती सबै आशंका र अविश्वास हटाएर काठमाडौं-दिल्लीको दूर घटाउला ? ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play