Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

इन्टर मियामी एमएलएस प्लेअफको पहिलो खेलमा कोलम्बस क्रुसँग पराजित

Share:WhatsAppFacebookX (Twitter)Telegram
इन्टर मियामी एमएलएस प्लेअफको पहिलो खेलमा कोलम्बस क्रुसँग पराजित
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । अमेरिकी मेजर लिग सकर (एमएलएस) को प्लेअफअन्तर्गत पहिलो चरणको खेलमा लियोनल मेसीको टोली इन्टर मियामी कोलम्बस क्रुसँग ३–० गोल अन्तरले पराजित भएको छ । आइतबार बिहान भएको खेलमा कोलम्बस क्रुले इन्टर मियामीलाई उसकै घरेलु मैदानमा स्तब्ध बनाएको हो । जितसँगै कोलम्बसले प्लेअफको पहिलो खेलमा महत्त्वपूर्ण अग्रता बनाएको छ । खेलको नवौँ मिनेटमा गोन्जालो तापियाले पेनाल्टीमार्फत गोल गर्दै कोलम्बसलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० ले पछि परेको इन्टर मियामीलाई खेलको ३६औँ मिनेटमा अर्को ठूलो धक्का लाग्यो । उसका डिफेन्डर गोन्जालो लुहान दोहोरो पहेँलो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि टोली १० खेलाडीमा सीमित भएको थियो । दोस्रो हाफमा संख्यात्मक लाभ उठाएको कोलम्बसले लगातार दुई गोल थप्यो । खेलको ५२औँ मिनेटमा ताहा हाब्रोनले गोल गर्दै अग्रता दोब्बर बनाए । त्यसको छ मिनेटपछि नै तापियाले व्यक्तिगत दोस्रो गोल गर्दै कोलम्बसलाई ३–० को सहज अवस्थामा पुर्‍याए । खेलमा लियोनल मेसी र लुइस स्वारेजसहित मैदानमा उत्रिएको इन्टर मियामीले गोल फर्काउन सकेन । घरेलु मैदानमा पराजित भएपछि साविक विजेता इन्टर मियामीको उपाधि रक्षा अभियानमा दबाब बढेको छ । यस जितसँगै कोलम्बस क्रुले तीन खेलको प्लेअफ सिरिजको पहिलो खेल आफ्नो पक्षमा पारेको छ । अब अर्को खेल नोभेम्बर २७ मा कोलम्बसको घरेलु मैदानमा हुनेछ । उक्त खेलमा जित निकाल्दै कोलम्बसले अर्को चरणमा पुग्ने सम्भावना बलियो बनाउन सक्छ भने इन्टर मियामीका लागि सिरिजमा फर्कन जित्नैपर्ने दबाब हुनेछ । The post इन्टर मियामी एमएलएस प्लेअफको पहिलो खेलमा कोलम्बस क्रुसँग पराजित appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कालीमाटीमा महँगियो प्याज र साग, लोकल गोलभेँडा प्रतिकिलो १६ रुपैयाँ ५० पैसा
Latest NewsJust now

कालीमाटीमा महँगियो प्याज र साग, लोकल गोलभेँडा प्रतिकिलो १६ रुपैयाँ ५० पैसा

काठमाडौँ / कालीमाटी फलफूल तथा तरकारी बजारमा हरियो प्याज, विभिन्न सागसब्जी र केही तरकारीको मूल्य उच्च देखिएको छ । बजार विकास समितिले सार्वजनिक गरेको मङ्सिर ...

कृषि ज्ञान
चिसो बढेसँगै सगरमाथा क्षेत्रबाट बाहिरिने पर्यटकको सङ्ख्या बढ्दो
Latest NewsJust now

चिसो बढेसँगै सगरमाथा क्षेत्रबाट बाहिरिने पर्यटकको सङ्ख्या बढ्दो

नाम्चे क्षेत्रमा रातको तापक्रम माइनसमा झर्न थालेपछि शरद् पर्यटन सिजन अन्त्यतिर पुगेको र पर्यटक तल्लो क्षेत्रमा फर्किन थालेका छन्। ...

कान्तिपुर
दसौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा, ‘महाकुम्भ’को व्यग्र प्रतीक्षामा कर्णाली
Latest NewsJust now

दसौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा, ‘महाकुम्भ’को व्यग्र प्रतीक्षामा कर्णाली

सुर्खेत । बहुप्रतिक्षित दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरस्थित कर्णाली प्रदेश रङ्गशालामा ‘मुकाम’ राखेर तयारी समितिका बैठकहरू चलिरहेका छन् । दसौँ राष्ट्रिय... ...

रातोपाटी
प्रधानमन्त्रीको भारत भ्रमणका परम्परा तोड्दै दिल्ली उत्रिँदै बालेन, मोदीसँग के-के हुँदैछ सहमति ?
Latest NewsJust now

प्रधानमन्त्रीको भारत भ्रमणका परम्परा तोड्दै दिल्ली उत्रिँदै बालेन, मोदीसँग के-के हुँदैछ सहमति ?

भारतले विगतका परम्परा बदलेको छैन । बरु प्रधानमन्त्री बालेन भने विगतका केही परम्परा बदलेर आइतबार दिउँसो दिल्ली उत्रिँदैछन् । जेनजी आन्दोलपछिको चुनावबाट प्रचण्ड जनमतसहित सत्तामा उदाएका प्रधानमन्त्री बालेन्द्र शाहलाई स्वागत गर्न नयाँ दिल्लीका मुख्य सडकमा सिंगारपटार सकिएको छ । दुवै देशका झण्डा सडक किनारमा फहराइएका छन् । आफ्ना देशको राजकीय भ्रमणमा सरकार र राष्ट्रप्रमुखहरू आउँदा झण्डा फहराउने र स्वागत भव्यता देखाउने त ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play