Sunday, October 18, 2026||
MultiKhabarMultiKhabar
Home/Others/विराटनगर किङ्सले बागमती प्लास्टिकलाई बनायो अफिसियल होम पार्टनर

विराटनगर किङ्सले बागमती प्लास्टिकलाई बनायो अफिसियल होम पार्टनर

10/18/2026, 6:05:35 PM
Share:WhatsAppFacebookX (Twitter)Telegram
विराटनगर किङ्सले बागमती प्लास्टिकलाई बनायो अफिसियल होम पार्टनर

नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी विराटनगर किङ्सले बागमती प्लास्टिकलाई आफ्नो अफिसियल होम पार्टनरका रूपमा आबद्ध गरेको छ । साझेदारीसम्बन्धी विराटनगरमा आइतबार भएको सम्झौतामा बागमती प्लास्टिकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अमित राठी र विराटनगर किङ्सका निर्देशक स्वागत प्याकुरेलले हस्ताक्षर गरेका छन् । सम्झौता हस्ताक्षर समारोहमा विराटनगर किङ्सका मालिक पारस लुनियाले खेलकुदले मानिसलाई जोड्ने काम गर्ने बताए । उनले नेपाललाई अन्तर्राष्ट्रिय क्रिकेटको न्युट्रल भेन्युका रूपमा विकास गर्न सकिने सम्भावना रहेको उल्लेख गर्दै त्यसका लागि राज्यले खेलकुद पूर्वाधारमा लगानी गर्नुपर्नेमा जोड दिए । क्रिकेटको विकासका लागि निजी क्षेत्रसहित सबै पक्षको लगानी र सहकार्य आवश्यक रहेको लुनियाको भनाइ थियो । उनले खेलकुद क्षेत्रको विकासमा सामूहिक प्रयासले महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे । विराटनगर किङ्सका निर्देशक स्वागत प्याकुरेलले आगामी प्रतियोगिताका लागि टिमको तयारी राम्रो रहेको बताए । उनका अनुसार टिमले भारतमा अभ्यास गरिरहेको छ। उहाँले नेपाल प्रिमियर लिगको तेस्रो संस्करणमा विराटनगर किङ्सलाई उपाधि दिलाउने लक्ष्यका साथ तयारी अघि बढाइएको जानकारी दिए । बागमती प्लास्टिकसँगको साझेदारीले विराटनगर किङ्सको व्यावसायिक सहकार्यलाई थप विस्तार गर्ने अपेक्षा गरिएको छ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण आगामी कार्तिक ९ गतेदेखि मङ्सिर ५ गतेसम्म कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सञ्चालन हुनेछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते
OthersJust now

अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालकसहित सात जना घाइते भएका छन् । आज दिउँसो विष्णुनगरबाट कावासोतीतर्फ आउँदै गरेको ग प्र ०४–००१ ह ०७०२ नम्बरको अटो अनियन्त्रित भई सडकको बायाँतर्फको नहरमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार दुर्घटनामा ...

पर्दाफास
म फिल्म बनाउने सोचले फर्किएकी हुँ : विपना थापा
OthersJust now

म फिल्म बनाउने सोचले फर्किएकी हुँ : विपना थापा

पछिल्लो दुई वर्ष यता विपना थापाको अभिनयमा सक्रियता बढेको छ । ‘वरमाला’ मा अभिनय गरेपछि आफ्नो श्रीमानसँग भारत पुगेकी अभिनेत्री थापाले केही समय पारिवारिक गृहस्थी जीवनमै आफूलाई समर्पित गरिन् । करिब एक सय भन्दा बढी फिल्ममा देखिएकी थापा नेपालको सर्वाधिक व्यस्त अभिनेत्रीको रुपमा परिचित थिइन् । यद्यपि, डिजिटल प्रविधिको प्रवेशसँगै नेपाली फिल्मको कथ्य शैलीमा आएको परिवर्तनसँगै बदलिँदो अवस्थालाई मध्यनजर गर्दै उनले ...

पर्दाफास
सुनसरीमा ९०० किलो गाँजासहित ४ जना पक्राउ
OthersJust now

सुनसरीमा ९०० किलो गाँजासहित ४ जना पक्राउ

१ असोज, सुनसरी । प्रहरीले सुनसरीको इनरुवा नगरपालिका-४ ज्ञानोदय टोलबाट आइतबार दिउँसो साढे १ बजे ९१५ किलो ६८० ग्राम गाँजासहित चार जनालाई पक्राउ गरेको छ । इनरुवाको हनुमान मन्दिर नजिकैका स्थानीय बुलबुल यादवको घरमा गाँजा बिक्री वितरण भइरहेको सूचना पाएपछि प्रहरीले घरको खानतलासी गर्दा गाँजा बरामद भएको हो । जिल्ला प्रहरी कार्यालय सुनसरीका सहायक सूचना… ...

अनलाइन खबर
लुम्बिनी विकास कोषकी नवनियुक्त उपाध्यक्ष आनी छोइङको नियुक्ति बदर गर्न माग
OthersJust now

लुम्बिनी विकास कोषकी नवनियुक्त उपाध्यक्ष आनी छोइङको नियुक्ति बदर गर्न माग

वित्तीय पारदर्शिता र नागरिकताको वैधानिकतामाथि प्रश्न उठाउँदै स्थानीय योग्य व्यक्तिलाई नियुक्त गर्न लुम्बिनी बचाउ महाअभियानले सरकारसंग माग गर्दै माग सम्बोधन नभए आन्दोलन गर्ने चेतावनी दिएको छ । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play