अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, सात घाइते

नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–६ माझटोलस्थित भित्री सडकखण्डमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने चालकसहित सात जना घाइते भएका छन् । आज दिउँसो विष्णुनगरबाट कावासोतीतर्फ आउँदै गरेको ग प्र ०४–००१ ह ०७०२ नम्बरको अटो अनियन्त्रित भई सडकको बायाँतर्फको नहरमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का सूचना अधिकारी प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार दुर्घटनामा परी गम्भीर घाइते भएकी कावासोती नगरपालिका–१ हात्तीखोरकी ४१ वर्षीया ईशा सुनारको उपचारका क्रममा भरतपुरस्थित सेन्ट्रल अस्पतालमा मृत्यु भएको हो । कावासोती–१ हात्तीखोरकी २३ वर्षीया निशा सुनार, ५० वर्षीया फूलमाया सुनार, १७ वर्षीया जमुना गाहामगर र २२ वर्षीय निर्मल गाहामगरको सेन्ट्रल अस्पताल र सामान्य घाइते भएका दुई जनाको भने कावासोतीस्थित नवलपुर अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पण्डितले जानकारी दिए । दुर्घटनामा संलग्न अटो चालक कावासोती–१ हात्तीखोरका ४४ वर्षीय मानसिंह थापालाई नियन्त्रणमा लिइ थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

झोलुङगे पुलले फेरि जोड्यो ढुङ्गे र त्रिशूली बजार (तस्वीरहरू)
पुल बगाएपछि आवतजावतमा समस्या भोग्दै आएका स्थानीयलाई झोलुङ्गे पुल बनेसँगै केही राहत मिलेको छ । यसअघि नदी वारपार गर्न कठिनाइ भोग्दै आएका स्थानीय तथा पैदल यात्रुका लागि पुल उपयोगी बनेको छ । ...

बदलिँदो समय, फेरिँदो दशैं : उस्तै छ सम्बन्धको महत्त्व
दसैँ नेपाली समाजमा धार्मिक आस्था र सांस्कृतिक परम्पराको निरन्तरतासँगै पारिवारिक सम्बन्ध नवीकरण गर्ने विशिष्ट पर्व हो । मान्यजनबाट टीका र जमरासहित आशीर्वाद ग्रहण गर्ने, आफन्तसँग भेटघाट गर्ने, मीठा परिकार खाने र सुखदुःख साटासाट गर्ने चलनले यसपर्वलाई पूजाआजामा मात्र सीमित राखेको छैन । विशेषगरी माइती र मावलीबीचको सम्बन्ध प्रगाढ बनाउने, टाढिएका आफन्तलाई नजिक ल्याउने र नयाँ पुस्तालाई पारिवारिक संस्कारसँग जोड्ने माध्यमका रूपमा ...

रोल्पामा अटो दुर्घटना हुँदा २ महिलाको मृत्यु
१ कात्तिक, रोल्पा । रोल्पामा अटो दुर्घटना हुँदा दुई महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी गाउँपालिका–१ घोर्नेटीकी ३२ वर्षीया खुमाकुमारी भण्डारी र सोही वडाको जवाङकी ५४ वर्षीया गौसरा घर्तीमगर छन् । तुलसीपुर–घर्तीगाउँ भित्री सडकखण्डअन्तर्गत माडी–१ चालाङमा आइतबार बिहान करिब १० बजे घर्तीगाउँबाट पेदीखोलातर्फ जाँदै गरेको लु.प्र. ०२–००१ ह ४९४७ नम्बरको अटो सडकबाट करिब… ...



