अमेरिकाको बोस्टनस्थित लोगान अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा बिरालोका कारण यात्रुवाहक विमानको उडान प्रभावित भएको छ । उडान भर्ने तयारीमा रहेको विमानभित्र यात्रुले ल्याएको बिरालो पिँजडाबाट फुत्किएपछि विमान केही समय रोक्नुपरेको हो । डेल्टा एयरलाइन्सको उडान नम्बर २७०६ बोस्टनबाट फ्लोरिडाको टाम्पातर्फ जाँदै थियो । शुक्रबार बिहान करिब ७ बजे विमान उडानका लागि अघि बढिरहेका बेला क्याबिनभित्र बिरालो फुत्किएको थियो । त्यसपछि विमानका पाइलटले एयर ट्राफिक कन्ट्रोलसँग सम्पर्क गरी केही समय विमान रोक्न अनुमति मागेका थिए । उनले क्याबिनभित्...
विमानभित्र बिरालो फुत्किएपछि रोकियो उडान

Read Complete Original Article
Published originally on फरकधार






