Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

काभ्रेका थप १० स्थानीय तहमा भूमि प्रशासन सेवा विस्तार हुँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
काभ्रेका थप १० स्थानीय तहमा भूमि प्रशासन सेवा विस्तार हुँदै
Photo / Coverage: नेपालन्युज

बनेपा। काभ्रेपलाञ्चोकका थप १० स्थानीय तहमा आगामी एक महिनाभित्र भूमि प्रशासनसम्बन्धी सेवा सुरु हुने भएको छ। यससँगै जिल्लाका १३ वटै स्थानीय तहबाट नागरिकले भूमिसम्बन्धी प्रशासनिक सेवा लिन पाउनेछन्। भूमि प्रशासन कार्यालयका प्रमुख हरिकृष्ण सुवेदीका अनुसार धुलिखेल, बनेपा, पनौती, पाँचखाल र मण्डनदेउपुर नगरपालिका तथा बेथानचोक, तेमाल, चौँरीदेउराली, खानीखोला र महाभारत गाउँपालिकामा सेवा विस्तार गर्न लागिएको हो। हाल जिल्लाको रोशी र भुम्लु गाउँपालिका तथा नमोबुद्ध नगरपालिकाबाट यस्तो सेवा सञ्चालन हुँदै आएको छ। सेवा विस्तारका लागि भूमि प्रशासन कार्यालयले सम्बन्धित स्थानीय तहमा आवश्यक समन्वय र सहजीकरण गर्न सम्पर्क व्यक्ति तोकेको छ। कार्यालय प्रमुख सुवेदीले सेवा सञ्चालनका लागि सम्बन्धित स्थानीय तहसँग समन्वय भइरहेको जानकारी दिए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
गण्डकीमा राइड सेयरिङ : कानुन बन्यो, कार्यान्वयनमा अलमल
Latest NewsJust now

गण्डकीमा राइड सेयरिङ : कानुन बन्यो, कार्यान्वयनमा अलमल

पोखरा । गण्डकी प्रदेश सरकारले देशमै पहिलोपटक राइड सेयरिङ र सेल्फ ड्राइभ सेवालाई वैधानिकता दिनेगरी ऐन र नियमावली बनायो । ऐन बनाएको चार महिना बितिसक्दा हालसम्म दुई वटा कम्पनीमात्र इजाजतको... ...

रातोपाटी
बाढी प्रभावित क्षेत्रको आर्थिक पुनरुत्थानका लागि नेपाल–भारत निजी क्षेत्रबीच समझदारी
Latest NewsJust now

बाढी प्रभावित क्षेत्रको आर्थिक पुनरुत्थानका लागि नेपाल–भारत निजी क्षेत्रबीच समझदारी

रोजगारी सिर्जना र स्थानीय आर्थिक गतिविधि पुनर्जीवित गर्न सहकार्य गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ। ...

हाम्राकुरा
‘पाँच पाण्डव’को आम्दानी जम्मा ४५ लाख !
Latest NewsJust now

‘पाँच पाण्डव’को आम्दानी जम्मा ४५ लाख !

काठमाडौँ । प्रदर्शनको समयमा विवादमा फसेको चलचित्र ‘पाँच पाण्डव’ ले बक्स अफिसमा राम्रो व्यवसाय गर्न सकेको छैन । चलचित्र विकास बोर्डले आइतबार (६ असोज) राति ११ः ५९ बजेसम्मको व्यवसायलाई समेटेर... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement