नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणमा कमेन्ट्री गरेका एन्ड्रयु लियोनार्डले नेपाल छाड्दै गर्दा नेपाली समर्थकका नाममा भावुक सन्देश दिएका छन् । लियोनार्डले सामाजिक सञ्जाल फेसबुकमार्फत एनपिएलको तेस्रो संस्करण आफ्नो जीवनकै अविस्मरणीय समयमध्ये एक रहेको बताएका छन् । प्रतियोगिताका क्रममा प्राप्त अनुभव, माया र सम्झनाहरू जीवनभर आफूसँग रहने उनको भनाइ छ । ‘यो महिनामध्ये सबैभन्दा अविस्मरणीय महिना रह्यो । जीवनभर सम्झनलायक यादहरू बोकेर जाँदै छु । तपाईंहरू सबैलाई जति धन्यवाद दिए पनि कम हुन्छ । आशा छ, छिट्टै फेरि भेट हुनेछ...
नेपाल छाड्दै एन्ड्रयु, भन्छन्-‘नेपाल, तिमीमा मेरो मुटु छ’

Read Complete Original Article
Published originally on फरकधार






