विपद् प्रभावित क्षेत्रमा २४ करोड ५० लाख मात्रै निकासा, कोषमा १८ अर्बभन्दा बढी मौज्दात

प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा पर्याप्त रकम मौज्दात रहे पनि भोटेकोशी एवं कालीगण्डकी करिडोरका विपद् प्रभावित क्षेत्रमा न्यून रकम मात्रै निकासा भएको छ । विपद् प्रभावित क्षेत्रका स्थानीय तहमा हालसम्म २४ करोड ५० लाख रुपैयाँ मात्रै उपलब्ध गराइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायणप्रसाद शर्मा दुवाडीले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा गरी १८ अर्ब २८ करोड रुपैयाँभन्दा बढी रकम जम्मा भएको जानकारी दिएका छन् । तर, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण (एनडीआरआरएमए) मार्फत प्रभावित जिल्लाका स्थानीय तहमा हालसम्म २४ करोड ५० लाख रुपैयाँ मात्रै उपलब्ध गराइएको उनले बताए । सो रकममध्ये १३ करोड ५० लाख रुपैयाँ स्थानीय तहमा पुगिसकेको उनले जानकारी दिए । राष्ट्रियसभा अन्तर्गतको भोटेकोशी एवम् कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा विपद् व्यवस्थापनका लागि उपलब्ध गराइएको रकम र कोषमा रहेको मौज्दातबारे जानकारी गराउँदै उनले जटिल कानुनी व्यवस्थाका कारण कोषको रकम निकासामा केही समस्या भएको बताए । उनले भने, ‘दुई कोषमा अहिलेसम्म १८ अर्ब २८ करोड ५ लाख ३२ हजार ५ सय ९३ रुपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १८ अर्ब र प्रधानमन्त्री राहत कोषमा २६ करोड गरेर १८ अर्ब रुपैयाँ मौज्दात छ । यसमा दुईटा कोषको रकम हो यो, दुईवटा कोषलाई एउटै बनाउने गरी नीतिगत रूपमा छलफल गर्नुपर्ने अवस्था पनि छ ।’ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोष सञ्चालन नियमावली, २०६३ को नियम ६ बमोजिम कोष सञ्चालन राष्ट्रिय योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा रहेको समितिले गर्ने उनले बताए । ‘विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ को दफा २२ अनुसार कोषको रकम एनडीआरआरएमएमार्फत खर्च गर्नुपर्ने हुन्छ । त्यसअनुसार हामीले एक अर्ब रुपैयाँ निकासा गरेका छौँ । उक्त रकम जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिसअनुसार सम्बन्धित स्थानीय तहहरूलाई प्रदान गरिएको छ,’ उनले भने । जिल्लाको विपद् व्यवस्थापन कोषदेखि प्रदेश हुँदै केन्द्रको कोषसम्म आइपुग्दा एउटै लिङ्केजबाट काम हुने व्यवस्था रहेको उल्लेख गर्दै उनले भने, ‘हालसम्म एनडीआरआरएमएले प्रभावित जिल्लाका स्थानीय तहहरूलाई २४ करोड ५० लाख रुपैयाँ मात्रै उपलब्ध गराएको अवस्था छ । अहिले हेर्दा १३ करोड ५० लाख रुपैयाँ चाहिँ पालिकाहरूमा पुगिसकेको अवस्था देखिन्छ ।’ उनका अनुसार विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ र प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोष सञ्चालन नियमावली, २०६३ अनुसार कोष सञ्चालन तथा रकम परिचालन हुँदै आएको छ । कोषको रकम प्रदेश, जिल्ला तथा स्थानीय विपद् व्यवस्थापन कोषमा हस्तान्तरण गर्ने व्यवस्था रहेको उनले जानकारी दिए । कानुनी प्रक्रियाअनुसार एक अर्ब रुपैयाँ सम्बन्धित विपद् व्यवस्थापन कोषमा हस्तान्तरण गरिएको र जिल्ला विपद् व्यवस्थापन समितिको सिफारिसका आधारमा स्थानीय तहहरूलाई रकम उपलब्ध गराइएको उनको भनाइ छ । कोषमा रकम जम्मा हुने र खर्च हुने विवरण अनलाइन प्रणालीमार्फत अभिलेख राखिने भएकाले वित्तीय कारोबारको विवरण हेर्न सकिने उनले बताए । कोषको रकम दुरुपयोग हुन नसक्ने उनको दाबी छ । कोषको दैनिक विवरण अद्यावधिक गर्ने गरिएको पनि उनले बताए ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

लोकप्रियता खस्केपछि तिलमिलाए नेतान्याहू
बहुमत नपाएपछि प्रधानमन्त्री नेतान्याहूले चुनावमा धाँधली भएको आरोप लगाएका छन् । नेतान्यहूको लिकुड पार्टीले प्रहरी र सिन बेटलाई चुनावको निष्पक्ष छानबिन गर्न माग गरेको छ। ...

कांग्रेसले अब सोफामा बसेर ताली बजाउने परम्परागत शुभकामना आदानप्रदान कार्यक्रम नगर्ने
१२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीले अब हलभित्र सोफामा बसेर ताली बजाउने परम्परागत शुभकामना आदानप्रदान कार्यक्रमहरू नगर्ने घोषणा गरेका छन् । तर, सरसफाइ, विपन्नलाई सहयोग वा अन्य समुदायसँग प्रत्यक्ष जोडिने रचनात्मक कार्यक्रमहरू आयोजना गरिएमा मात्र सहभागी हुन भने उनले कार्यकर्ता पंक्तिलाई निर्देशन दिएका छन् । नयाँ कार्यसमिति सदस्यहरूको शपथ ग्रहणपछि पार्टी… ...

डा. गोविन्द केसीले इलाममा सुरु गरे सत्याग्रह
१२ कात्तिक, इलाम । चिकित्सा शिक्षा सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसीले इलाममा २५औं सत्याग्रह सुरु गरेका छन्। सरकारले माग पूरा गर्न चासो नदिएपछि डा. केसीले बिहीबार इलामको नारायण मन्दिरमा सत्याग्रह सुरु गरेका हुन्। सरकारले माग सम्बोधन गर्न चासो नदिएपछि सत्याग्रहमा बस्नु परेको डा. केसीले बताएका छन्। ‘अल्टिमेटमको थप समयावधिभित्र पनि सरकारले हाम्रा मागहरूको सम्बोधन नगरेको… ...

सेवा क्षेत्रमा सुदूरपश्चिम प्रदेशका बैंकहरूको कर्जा ७३ प्रतिशत
नेपाल राष्ट्र बैंकका अनुसार सुदूरपश्चिम प्रदेशका बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कुल कर्जामा ७३.८२ प्रतिशत सेवा क्षेत्रमा रहेको पाइएको हो । ...


