वर्षा र पहिरोका कारण विभिन्न जिल्लाका सडक अवरुद्ध, केहीमा एकतर्फी यातायात

लगातारको वर्षा र पहिरोका कारण देशका विभिन्न जिल्लामा मुख्य राजमार्ग तथा सडक अवरुद्ध भएका छन्। प्रहरीका अनुसार आइतबार बिहान ७ बजेसम्म ललितपुर, खोटाङ, काभ्रे, गोरखा, मुस्ताङ, पाल्पा र सुर्खेतका विभिन्न सडकखण्ड प्रभावित भएका छन्। ललितपुरको बागमती गाउँपालिका–३ स्थित पाँडुर र टार्कुचेमा पहिरो खस्दा कान्तिलोकपथ पूर्ण रूपमा अवरुद्ध भएको छ। त्यस्तै, ललितपुर महानगरपालिका–२ बल्खुको सुन्दरीघाटस्थित बागमती करिडोर पनि अविरल वर्षाका कारण पूर्ण रूपमा बन्द भएको छ। खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ लकुरीडाँडामा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ। काभ्रेको रोशी गाउँपालिका–१ पिन्थली र वडा नम्बर ८ गिम्दीबेशीमा पहिरोका कारण बीपी राजमार्गसमेत पूर्ण रूपमा बन्द रहेको छ। त्यस्तै, गोरखाको आरुघाट गाउँपालिका–२ र ३ स्थित सोतीदेखि मान्बु जाने पुल बाढीका कारण अवरुद्ध छ। मुस्ताङको जोमसोम–कोरोला सडकखण्डका दुई स्थानमा पहिरो र वर्षाका कारण यातायात प्रभावित भए पनि एकतर्फी सञ्चालनमा रहेको छ। पाल्पाको रामपुर नगरपालिका–१ स्थित कालीगण्डकी करिडोर र सुर्खेतको बराहताल गाउँपालिका–७ ओलिसेमा पहिरोका कारण प्रभावित कर्णाली राजमार्ग पनि एकतर्फी सञ्चालनमा रहेको प्रहरीले जनाएको छ। प्रभावित सडकखण्डमा यातायात सञ्चालन सहज बनाउन आवश्यक समन्वय भइरहेको छ। प्रहरीले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न आग्रह गरेको छ।
Read Complete Original Article
Published originally on पर्दाफास
Related News

फ्रान्सेली राष्ट्रपति पदका उम्मेदवार मेलँसों महँगीविरुद्धको प्रदर्शनमा सहभागी
फ्रान्समा बढ्दो महँगीको विरोधमा लगातार तेस्रो सप्ताहान्त पनि प्रदर्शन भएको छ । सन् २०२७ मा हुने राष्ट्रपति निर्वाचनका उम्मेदवार तथा वामपन्थी नेता जाँ–लुक मेलँसों शनिबार पेरिसमा आयोजित प्रदर्शनमा सहभागी भएका छन् । फ्रान्सेली समाचार संस्था फ्रान्स २४ का अनुसार शनिबारको प्रदर्शनमा करिब १५ हजार मानिस सहभागी भएका थिए । मेलँसों गत अक्टोबर २४ मा भएको प्रदर्शनमा पनि सहभागी भएका थिए । फ्रान्सको ...

आजदेखि नागढुंगा सुरुङ मार्ग प्रयोगमा शुल्क लाग्ने
१५ कात्तिक, काठमाडौं । आजदेखि नागढुंगा सुरुङ मार्ग प्रयोग गर्ने सवारीसाधनबाट सडक उपभोग दस्तुर (शुल्क) उठाइने भएको छ । नागढुंगा सुरुङ मार्ग निर्माण आयोजनाले सार्वजनिक सूचना जारी गर्दै सुरुङ मार्ग प्रयोग गरेबापत सवारीसाधनको वर्गअनुसार शुल्क लिने जानकारी गराएको हो । सडक बोर्ड नेपालको कार्यकारी समितिको १२ असोजको निर्णय तथा २०८२ चैत २६ गते नेपाल राजपत्रमा… ...

कांग्रेस देउवा समूहको सल्यान सभापतिमा दीपकजंग चन्द
१५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको सल्यान जिल्ला सभपातिमा दीपकजंग चन्द सर्वसम्मत चयन भएका छन् । सल्यानको श्रीनगरमा सम्पन्न १५औँ जिल्ला अधिवेशनबाट चन्द जिल्ला सभापतिमा सर्वसम्मत चयन भएका हुन् । अधिवेशनबाट उपसभापतिमा यज्ञविक्रम शाह, सचिवमा राजेशकुमार रेग्मी र सहसचिवमा गोपाल चन्द चयन भएका छन् । अधिवेशनले महाधिवेशन प्रतिनिधि, प्रदेश प्रतिनिधि तथा जिल्लाका… ...

कांग्रेस सभापति गगन थापाले आज विशेष सम्बोधन गर्ने
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको विशेष बैठक आह्वान गरेका छन् । दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा मुख्य पदाधिकारीहरुको बैठक बस्न लागेको हो । बैठकमा सरकारको पछिल्ला गतिविधि, पत्रकार र सञ्चारगृमाथिको धरपकडलगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ । कांग्रेसले समसायिक विषय र पछिल्ला घटनाक्रमबारे सरकारको ध्यानाकर्षण गराउने तयारी समेत गरेको छ । बैठकमा वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा, ...


