Sunday, November 1, 2026||
MultiKhabarMultiKhabar
Home/Others/फ्रान्सेली राष्ट्रपति पदका उम्मेदवार मेलँसों महँगीविरुद्धको प्रदर्शनमा सहभागी

फ्रान्सेली राष्ट्रपति पदका उम्मेदवार मेलँसों महँगीविरुद्धको प्रदर्शनमा सहभागी

11/1/2026, 8:59:09 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
फ्रान्सेली राष्ट्रपति पदका उम्मेदवार मेलँसों महँगीविरुद्धको प्रदर्शनमा सहभागी

फ्रान्समा बढ्दो महँगीको विरोधमा लगातार तेस्रो सप्ताहान्त पनि प्रदर्शन भएको छ । सन् २०२७ मा हुने राष्ट्रपति निर्वाचनका उम्मेदवार तथा वामपन्थी नेता जाँ–लुक मेलँसों शनिबार पेरिसमा आयोजित प्रदर्शनमा सहभागी भएका छन् । फ्रान्सेली समाचार संस्था फ्रान्स २४ का अनुसार शनिबारको प्रदर्शनमा करिब १५ हजार मानिस सहभागी भएका थिए । मेलँसों गत अक्टोबर २४ मा भएको प्रदर्शनमा पनि सहभागी भएका थिए । फ्रान्सको आन्तरिक मन्त्रालयका अनुसार शनिबार दिउँसो २ बजेसम्म प्रहरीले २७ जनालाई पक्राउ गरेको थियो । अघिल्लो सप्ताहान्तमा २१७ जना पक्राउ परेका थिए । मन्त्रालयले शनिबारका प्रदर्शनमा उल्लेखनीय अप्रिय घटना नभएको जनाएको छ । हेलोविन पर्वसँगै प्रदर्शन पनि हुन लागेकाले फ्रान्समा सुरक्षा व्यवस्था कडा पारिएको थियो । सम्भावित हिंसा तथा अव्यवस्थालाई ध्यानमा राख्दै सरकारले करिब ७० हजार सुरक्षाकर्मी परिचालन गरेको थियो । फ्रान्सका गृहमन्त्री लरेन नुनेजले हिंसात्मक गतिविधि भए कडा प्रतिक्रिया दिने चेतावनी दिएका थिए । प्रदर्शनका कारण पेरिस महानगरीय क्षेत्रमा ४० भन्दा बढी मेट्रो तथा उपनगरीय रेल स्टेसन बन्द गरिएको फ्रान्स २४ ले जनाएको छ । फ्रान्समा गत सेप्टेम्बरको अन्त्यदेखि महँगीविरुद्धको प्रदर्शन चर्किएको हो । राष्ट्रपति इमानुएल म्याक्रों नेतृत्वको अल्पमत सरकारले सन् २०२७ को बजेटमाथि छलफल सुरु गरेसँगै विरोध बढेको हो । सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादनको करिब १२० प्रतिशत पुग्न लागेको र सरकारी ऋणको लागत बढिरहेका बेला सरकारले खर्च कटौती गर्नुपर्ने दबाब सामना गरिरहेको छ । विद्यालयको कमजोर अवस्था, कक्षाकोठामा विद्यार्थीको चाप र भर्ना प्रणालीमा रहेको भनिएको असमानताविरुद्ध आन्दोलनरत विद्यार्थीलाई ट्रेड युनियन तथा ‘यल्लो भेस्ट’ आन्दोलनका सदस्यले साथ दिएका छन् । उनीहरूले बढ्दो जीवनयापन खर्च नियन्त्रण गर्न माग गरेका छन् । यसैबीच, जर्मनीमा पनि शनिबार ‘जेन्ज रेगेल्ट’ अभियानको नेतृत्वमा प्रदर्शन भएको छ । प्रदर्शनकारीले अनिवार्य सैन्य सेवाको विरोध गर्दै शिक्षा क्षेत्रमा लगानी बढाउन माग गरेका छन् । युरोपका विभिन्न देशमा पछिल्लो समय युवाको नेतृत्वमा प्रदर्शन भइरहेका छन् । बढ्दो जीवनयापन खर्च, शिक्षाको कमजोर अवस्था, सामाजिक असमानता र आर्थिक अवसरमा आएको संकुचनप्रति युवाहरूले असन्तुष्टि व्यक्त गरिरहेका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

विपद न्यूनीकरणको प्रयास : चार हिमतालको पानी घटाउने, पूर्वसूचना प्रणाली विस्तार गर्ने
OthersJust now

विपद न्यूनीकरणको प्रयास : चार हिमतालको पानी घटाउने, पूर्वसूचना प्रणाली विस्तार गर्ने

जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा हिमताल विस्फोट, हिमपहिरो र बाढीपहिरोको जोखिम बढ्दै गएपछि सरकारले मनाङ, संखुवासभा र सोलुखुम्बुका चार हिमतालको पानी घटाउने योजना अघि सारेको हो । ...

अनलाइन खबर
फ्रान्समा लगातार तेस्रो साता प्रदर्शन
OthersJust now

फ्रान्समा लगातार तेस्रो साता प्रदर्शन

महँगी, जीवनयापनको बढ्दो लागत र सार्वजनिक सेवाको अवस्थाप्रति असन्तुष्टि जनाउँदै फ्रान्समा शनिबार लगातार तेस्रो साता विशाल प्रदर्शन भएको छ। ...

अनलाइन खबर
स्थानीय तहको उम्मेदवार छनोट गर्न रास्वपामा ७ उपसमिति गठन, महानगर र उपमहानगरमा आवेदन खुला
OthersJust now

स्थानीय तहको उम्मेदवार छनोट गर्न रास्वपामा ७ उपसमिति गठन, महानगर र उपमहानगरमा आवेदन खुला

पार्टीले महानगरपालिका र उपमहानगरपालिकाका वडा तहका पदहरूमा उम्मेदवारी दिन चाहनेहरूका लागि आवेदनसमेत खुला गरेको छ। ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play