इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले ग्राहकको गुनासो छिटो समाधान गर्ने र समयमा समाधान नभए क्षतिपूर्ति दिने गरी ‘ढुक्कको कनेक्सन’ सेवा सुरु गरेको छ। सेवा अन्तर्गत कम्पनीले ‘तुरुन्तै’, ‘फ्री वर्ल्डलिंक वाई-फाई’ र ‘टाइम ब्याक’ नामका तीन प्रतिबद्धता सार्वजनिक गरेको छ। कम्पनीका अनुसार इन्टरनेट अवरुद्ध हुँदा छिटो समाधान, घरबाहिर पनि निःशुल्क इन्टरनेट पहुँच र व्यापक सेवा अवरोध हुँदा क्षतिपूर्ति सुनिश्चित गर्न यी प्रतिबद्धता ल्याइएका हुन्। ‘तुरुन्तै’: दुई घण्टा ग्राहकले इन्टरनेट नचलेको गुनासो दर्ता गराएको समयदेखि दुई घण्टाभित्र समस्या समाधान गरिने कम्पनीले जनाएको छ। तोकिएको समयभित्र समाधान हुन नसके क्षतिपूर्तिस्वरूप दुई दिनको इन्टरनेट सेवा निःशुल्क दिइनेछ। यो सुविधा २०० एमबीपीएस वा सोभन्दा माथिका प्याकेज प्रयोग गर्ने ग्राहकका लागि मात्र लागू हुनेछ। वर्षाका कारण मर्मत कार्य रोकिनुपरेमा वर्षा रोकिएलगत्तै प्रक्रिया अघि बढाइनेछ। कार्यालय समय ४ बजेपछि दर्ता भएका गुनासोमा भने भोलिपल्ट बिहान ७ बजे कार्यालय समय सुरु भएदेखि दुई घण्टाको गणना सुरु हुनेछ। ‘फ्री वर्ल्डलिङ्क वाई-फाई’: एक ट्यापमा कम्पनीले ग्राहकलाई दिँदै आएको निःशुल्क वाइफाइ सेवालाई थप सहज बनाएको छ। अब ग्राहकले माइ वर्ल्डलिंक एपबाटै एक ट्यापमा वर्ल्डलिंक वाइफाइ हटस्पटमा जोडिन सक्नेछन्। कम्पनीका अनुसार यो सेवा असीमित छ र सबै ग्राहकले कुनै बन्देजविना प्रयोग गर्न सक्नेछन्। ‘टाइम ब्याक’: व्यापक अवरोधमा एक दिन एकैपटक धेरै ग्राहक प्रभावित हुने गरी सेवा अवरुद्ध भई अवधि तोकिएको सीमाभन्दा लामो भएमा ग्राहकलाई क्षतिपूर्तिस्वरूप एक दिनको इन्टरनेट सेवा थपिनेछ। क्षतिपूर्ति पाउन ग्राहकले माइवर्ल्डलिंक एपमार्फत ‘कम्पनसेसन रिक्वेस्ट’ दर्ता गर्न वा नजिकको वर्ल्डलिंक शाखामा सम्पर्क गर्न सक्नेछन्। यो सुविधा सबै ग्राहकका लागि लागू हुने कम्पनीले जनाएको छ। कम्पनीका प्रमुख प्रविधि अधिकृत (सीटीओ) रविन्द्र महर्जनका अनुसार यी तीन प्रतिबद्धताले घरभित्र र बाहिर दुवै ठाउँमा सहज इन्टरनेट पहुँच सुनिश्चित गर्नुका साथै ग्राहकलाई वर्ल्डलिंक रोजेकोमा ढुक्क बनाउनेछन्। कम्पनीले इन्टरनेटको गति र गुणस्तरसँगै ग्राहक सेवा तथा प्राविधिक सहयोगलाई पनि उत्तिकै प्राथमिकता दिएको बताएको छ। The post वर्ल्डलिंकको ‘ढुक्कको कनेक्सन’: दुई घण्टामा समस्या समाधान नभए दुई दिन निःशुल्क इन्टरनेट appeared first on Technology Khabar.
वर्ल्डलिंकको ‘ढुक्कको कनेक्सन’: दुई घण्टामा समस्या समाधान नभए दुई दिन निःशुल्क इन्टरनेट

Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर






