लोकप्रिय आवरणमा विवादास्पद कार्य क्षम्य हुन सक्दैन : एमाले नेता सूर्य थापा

काठमाडौं, कात्तिक ५ । नेकपा एमालेका नेता सूर्य थापाले लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर प्रश्न उठाउनुभएको छ। उहाँले सार्वजनिक पदमा नियुक्ति, लुम्बिनीको गरिमा र आनीसँग जोडिएका विवादका विषयमा सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्नुभएको हो। थापाले आनी छोइङ डोल्माले गाउनुभएको चर्चित गीत ‘फूलको आँखामा फूलै संसार’ को लोकप्रियता उल्लेख गर्दै लोकप्रिय व्यक्तित्वसँग जोडिएका विवादलाई पनि गम्भीर रूपमा लिनुपर्ने धारणा राख्नुभएको छ। “लोकप्रिय आवरणमा विवादास्पद कार्य क्षम्य हुन सक्दैन,” थापाले लेख्नुभएको छ। उहाँले लुम्बिनी विकास कोषजस्तो महत्त्वपूर्ण संस्थाको नेतृत्वमा नियुक्ति गर्दा सम्बन्धित व्यक्तिको पृष्ठभूमि र सार्वजनिक भूमिकालाई ध्यान दिनुपर्ने बताउनुभएको छ। लुम्बिनीको पवित्रता र राष्ट्रिय हितमा प्रतिकूल असर पर्ने गतिविधिमा संस्थाको पद प्रयोग हुन नहुने उहाँको भनाइ छ। थापाले आनी छोइङ डोल्मासँग जोडेर सम्पत्ति शुद्धीकरण र नागरिकतासम्बन्धी विषयसमेत उठाउनुभएको छ। यस्ता विषयमा कानुनी प्रक्रिया र छानबिनको महत्त्व औँल्याउँदै उहाँले सम्बन्धित व्यक्तिले कानुनको सामना गर्नुपर्ने धारणा व्यक्त गर्नुभएको छ। उहाँले लुम्बिनी विकास कोषको पदलाई ‘फ्री तिब्बत’ अभियान वा नेपालको परराष्ट्र नीतिप्रतिकूल गतिविधिका लागि प्रयोग गर्न नहुने पनि उल्लेख गर्नुभएको छ। यस्ता गतिविधिबारे उठेका प्रश्नको निष्पक्ष छानबिन र तथ्यका आधारमा निरूपण आवश्यक हुने देखिन्छ। ‘यस पवित्र सम्पदाको पदलाई फ्रि तिब्बत वा अन्य नेपालको विदेश मामिला प्रतिकूल चलखेलमा प्रयोग गर्ने खराने कठपुतली सरकार त जान्छ नै, तर यसको कठोर मूल्य नेपाल राष्ट्र, लुम्बिनी र आनी स्वयंले चुकाउनुपर्ने हुन्छ’, उहाँले लेख्नु भएकाे छ । थापाले आनी छोइङ डोल्मालाई विदेशी स्वार्थसँग जोडिएको ‘टीओबी’ को स्वार्थमा प्रयोग हुन नहुने भन्दै विवादबाट टाढा रहन सुझावसमेत दिनुभएको छ। साथै, विवादित आर्थिक कारोबारले नेपालको अन्तर्राष्ट्रिय वित्तीय छविमा असर पार्न सक्ने चिन्ता व्यक्त गर्नुभएको छ। ‘आनीले कानुनको सामना त गर्नुपर्छ नै, अझ टिओबी को स्वार्थमा गोटी बनेर अनावश्यक विवादमा पर्ने काम गर्नुहुँदैन, उनका जस्तै विवादित आर्थिक कारोबारले देशलाई ग्रेबाट छिट्टै कालोसूचीमा पार्न चाहनेहरूलाई सजिलो बनाइदिनु हुँदैन’, थापाले भन्नुभएकाे छ ।
Read Complete Original Article
Published originally on जनताटाइम्स
Related News

को हुन् कर्णाली याक्सले अनुबन्ध गरेका पाकिस्तानका हुसैन तलात ?
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि कर्णाली याक्सले पाकिस्तानी अलराउन्डर हुसैन तलातलाई टोलीमा समावेश गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेटको अनुभव बोकेका तलातको आगमनले कर्णालीको ब्याटिङ र बलिङ दुवै पक्षलाई बलियो बनाउने अपेक्षा गरिएको छ । ३० वर्षीय तलात पाकिस्तानको लाहोरमा जन्मिएका हुन् । उनले सन् २०१८ मा पाकिस्तानी राष्ट्रिय टोलीमा स्थान बनाएका थिए । ब्याटिङ र बलिङ दुवैमा योगदान ...

मन-मुटुभरि रसुवा बाढीको विपत्तिले निम्त्याएको विनाश सम्झिँदै विजयादशमी मनाइयो : मुख्यमन्त्री किरण थपा
काठमाडौं, कात्तिक ५ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढीले निम्त्याएको विनाशको पीडा मनमा राख्दै यस वर्षको बडादशैँ मनाउनु परेकाे बताउनुभएकाे छ । विजयादशमीका अवसरमा उहाँले आफन्त तथा मान्यजनबाट टीका, जमरा र प्रसाद ग्रहण गरी आशीर्वाद लिनुभएको छ भने टीका थाप्न आउनुभएका व्यक्तिहरूलाई आशीर्वाद दिनुभएको छ। मुख्यमन्त्री थापा मगरले सामाजिक सञ्जालमार्फत आफ्नो भावना व्यक्त गर्दै भन्नुभएको छ, “मन-मुटुभरि रसुवा ...

बिर्तामोडमा बडी ग्यारेजमा आगलागीः एक जनाको जलेर मृत्यु
झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित बडी ग्यारेजको क्यान्टिनमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगञ्ज गाउँपालिका–२ निवासी ६५ वर्षीय रुद्रबहादुर तामाङ रहेका छन् । उनी ग्यारेजभित्र सञ्चालित क्यान्टिनमा काम गर्दै आएका थिए । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार बुधबार बिहान करिब ४ः१० बजे ध्रुव भट्टराईको जग्गामा रहेको टिनको छानो भएको घरमा सञ्चालित ...


