को हुन् कर्णाली याक्सले अनुबन्ध गरेका पाकिस्तानका हुसैन तलात ?

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि कर्णाली याक्सले पाकिस्तानी अलराउन्डर हुसैन तलातलाई टोलीमा समावेश गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेटको अनुभव बोकेका तलातको आगमनले कर्णालीको ब्याटिङ र बलिङ दुवै पक्षलाई बलियो बनाउने अपेक्षा गरिएको छ । ३० वर्षीय तलात पाकिस्तानको लाहोरमा जन्मिएका हुन् । उनले सन् २०१८ मा पाकिस्तानी राष्ट्रिय टोलीमा स्थान बनाएका थिए । ब्याटिङ र बलिङ दुवैमा योगदान दिन सक्ने भएकाले उनी टोलीका लागि उपयोगी खेलाडी मानिन्छन् । तलातले पाकिस्तानबाट २३ टी–२० अन्तर्राष्ट्रिय खेल खेलेका छन् । यस क्...
Read Complete Original Article
Published originally on फरकधार
Related News

मन-मुटुभरि रसुवा बाढीको विपत्तिले निम्त्याएको विनाश सम्झिँदै विजयादशमी मनाइयो : मुख्यमन्त्री किरण थपा
काठमाडौं, कात्तिक ५ । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवामा बाढीले निम्त्याएको विनाशको पीडा मनमा राख्दै यस वर्षको बडादशैँ मनाउनु परेकाे बताउनुभएकाे छ । विजयादशमीका अवसरमा उहाँले आफन्त तथा मान्यजनबाट टीका, जमरा र प्रसाद ग्रहण गरी आशीर्वाद लिनुभएको छ भने टीका थाप्न आउनुभएका व्यक्तिहरूलाई आशीर्वाद दिनुभएको छ। मुख्यमन्त्री थापा मगरले सामाजिक सञ्जालमार्फत आफ्नो भावना व्यक्त गर्दै भन्नुभएको छ, “मन-मुटुभरि रसुवा ...

बिर्तामोडमा बडी ग्यारेजमा आगलागीः एक जनाको जलेर मृत्यु
झापाको बिर्तामोड नगरपालिका–२ रामचोकस्थित बडी ग्यारेजको क्यान्टिनमा आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ । मृत्यु हुनेमा गौरीगञ्ज गाउँपालिका–२ निवासी ६५ वर्षीय रुद्रबहादुर तामाङ रहेका छन् । उनी ग्यारेजभित्र सञ्चालित क्यान्टिनमा काम गर्दै आएका थिए । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक रञ्जन अवाका अनुसार बुधबार बिहान करिब ४ः१० बजे ध्रुव भट्टराईको जग्गामा रहेको टिनको छानो भएको घरमा सञ्चालित ...

दसैँमा साढे तीन हजार यात्रुलाई प्रहरी र सशस्त्रको निःशुल्क बस सेवा
नेपाल प्रहरी र सशस्त्र प्रहरी बलद्वारा सञ्चालित निःशुल्क बस सेवाबाट दसैँ पर्वका अवसरमा काठमाडौँ उपत्यकामा तीन हजार ५८५ यात्रुले लाभ लिएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार तीनवटा सवारीसाधनमार्फत कात्तिक ३ गते ५१० र कात्तिक ४ गते ८९६ गरी एक हजार ४०६ यात्रुले निःशुल्क यात्रा सुविधा लिएका छन् । यस्तै सशस्त्र प्रहरीबाट सञ्चालित दुई वटा बसले अष्टमी, नवमी र दशमीका दिन गरी ...


