रेडक्रसले बाढी प्रभावित १ हजार परिवारका लागि अस्थायी आवास बनाउने

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले रसुवा–भोटेकोशी बाढीबाट प्रभावित तथा विस्थापित परिवारका लागि अस्थायी आवास निर्माण र व्यवस्थापनमा सहयोग गर्ने भएको छ । यससम्बन्धी नेपाल सरकार, सहरी विकास तथा भवन निर्माण विभाग र नेपाल रेडक्रस सोसाइटीबीच सम्झौता भएको छ । पूर्वाधार विकास मन्त्रालयमा आयोजित कार्यक्रममा सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक दिलीप भण्डारी र नेपाल रेडक्रस सोसाइटीका महामन्त्री ऋषिरमण खनालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा. विशालकुमार भण्डारी र रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आईएफआरसी) का नेपाल प्रमुख डेभिड फिसरलगायतको उपस्थिति थियो । सम्झौताअनुसार सुरक्षित जग्गा उपलब्ध भएका स्थानमा बाढी प्रभावित १ हजार लाभग्राही परिवारका लागि अस्थायी आवास निर्माण तथा आवश्यक व्यवस्थापनमा रेडक्रसले सहयोग गर्नेछ । आवास निर्माण गर्दा स्वीकृत डिजाइन, लागत, अनुगमन तथा निर्धारित मापदण्ड पालना गर्नुपर्ने सम्झौतामा उल्लेख छ । नेपाल सरकारले तोकेको सहायता मापदण्डभित्र रहेर लाभग्राही परिवारका लागि आवास निर्माण गरिनेछ । उपयुक्त भाडाको आवास वा व्यक्तिगत अस्थायी आवासको व्यवस्था तत्काल सम्भव नभएका परिवारलाई सुरक्षित स्थानमा सामूहिक अस्थायी बसोबासको व्यवस्था गर्न पनि रेडक्रसले सहयोग गर्नेछ । स्थानीय तहसँग समन्वय गरी स्वीकृत योजनाअनुसार आवास एकाइ निर्माण, खानेपानी, सरसफाइ, ढल निकास, विद्युत् व्यवस्था तथा निर्माणस्थल सुधारमा आवश्यक सहयोग गर्ने सम्झौतामा उल्लेख छ । त्यस्तै, नेपाल सरकारले स्वीकृत गरेको पुनर्निर्माण तथा पुनर्वास कार्ययोजनाअनुसार १ हजार लाभग्राहीका लागि स्थायी आवास निर्माण तथा आवश्यक व्यवस्थापनमा सहयोग गर्ने विषय पनि सम्झौतामा समेटिएको छ । स्थानीय सरकारबाट प्रमाणित २ हजार २०० लाभग्राही परिवारलाई एक वर्षसम्म घरभाडा सहायता उपलब्ध गराउने प्रस्तावका सम्बन्धमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल सरकारका विभिन्न मितिका निर्णयअनुसार सम्बन्धित निकायसँग सहजीकरण गर्ने सहमति भएको छ ।
Read Complete Original Article
Published originally on केन्द्रबिन्दु
Related News

नवप्रवर्तनको अभाव होइन, प्रयोग र विस्तारमा चुनौती छ : एफएओ महानिर्देशक डोङ्यु
काठमाडौं । संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) का महानिर्देशक चु डोङ्युले विश्वमा भोकमरी अन्त्य गर्न आवश्यक क्षमता, साधन, प्रविधि र ज्ञान उपलब्ध भए पनि तिनको व्यापक प्रयोग हुन नसक्दा खाद्य सुरक्षा सुनिश्चित गर्न चुनौती भइरहेको बताएका छन् । विश्व खाद्य दिवस २०२६ का अवसरमा वक्तव्य जारी गर्दै नवप्रवर्तनको अभावभन्दा पनि समाधानका उपयुक्त विकल्पलाई स्थानीय आवश्यकता अनुकूल बनाउँदै व्यापक रूपमा ...

प्रहरीको बर्दी डरको होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । शुक्रवार ७१ औं प्रहरी दिवसको अवसरमा अयोजित कार्यक्रममा बोल्दै उले यस्तो निर्देशन दिएका हुन । उनले प्रहरी कर्मचारीहरूले नागरिकमैत्री व्यवहार, निष्पक्ष अनुसन्धान र जवाफदेहितालाई आत्मसात गर्दै भ्रष्टाचार, शक्तिको दुरुपयोग र पक्षपातविरुद्ध शुन्य सहनशीलता अपनाउनुपर्ने बताए । उनले साइबर अपराध, वित्तीय अपराध र आधुनिक अनुसन्धान प्रविधिमा क्षमता ...

कोका-कोलाको ‘भरौँ खुसी’ अभियानले जोड्दैछ परिवारको खुसी
काठमाडौँ । अधिकांश नेपालीहरूका लागि दशैँ भनेको पुस्तौँदेखि चलिआएको परम्परा धान्न घर फर्कने र परिवारसँग भेटघाट गर्ने समय हो । तर, दशैँमा घर फर्किनका लागि टिकट पाउन भने धेरैलाई कठिन हुने गर्छ । यही समस्यालाई ध्यानमा राख्दै कोका–कोलाले ‘भरौँ खुसी’ दशैँ अभियान २०२६ सञ्चालनमा ल्याएको छ । यस अभियानले दशैँको खुसीलाई थप विशेष बनाउनुका साथै घर फर्किने यात्रालाई सहज ...

प्रहरीको बर्दी डरको होइन, भरोसा र सुरक्षाको प्रतीक बन्नुपर्छ : गृहमन्त्री
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । शुक्रवार ७१ औं प्रहरी दिवसको अवसरमा अयोजित कार्यक्रममा बोल्दै उले यस्तो निर्देशन दिएका हुन । उनले प्रहरी कर्मचारीहरूले नागरिकमैत्री व्यवहार, निष्पक्ष अनुसन्धान र जवाफदेहितालाई आत्मसात गर्दै भ्रष्टाचार, शक्तिको दुरुपयोग र पक्षपातविरुद्ध शुन्य सहनशीलता अपनाउनुपर्ने बताए । उनले साइबर अपराध, वित्तीय अपराध र आधुनिक अनुसन्धान प्रविधिमा क्षमता ...


